कीवर्डहरू -

अपडेट

आइसिटी अवार्ड २०२३ मा पब्लिक भोटिङ सुरु, ४ विधामा हाम्रो पे मार्फत भोट गर्न सकिने

आइसिटी अवार्ड २०२३ को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटी अवार्डका ३ विधामा विभिन्न ४ चरणको छनौट पश्चात पब्लिक भोटिङ सञ्चालन भएको हो । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा उत्कृष्ट ५ को छनौटपछि हाम्रो पात्रो अन्तर्गतको हाम्रो पे एपमार्फत पब्लिक भोटिङ सुरु गरिएको आयोजकले जनाएको छ । भोटिङ मंगसिर २४ गतेसम्म संचालन हुनेछ । 

प्रिजेन्टेसन तथा स्पिड डेटिङ सेसनबाट छनौट भएका उत्कृष्ट ५ ले क्याटेगोरी अवार्ड विजेताको लागि र उत्कृष्ट १३ मा पर्न सफल ३९ प्रतिस्प्रधीले 'हाम्रो पे  ब्लिक च्वाइस आइसिटी अवार्ड'को लागि पब्लिक भोटिङ सञ्चालन गरिएको हो ।

क्याटेगोरी अवार्ड भोटिङको लागि एउटा आइडीले एकदिनमा एउटा विधामा एउटामात्र भोट गर्न सकिनेछ भने पब्लिक च्वाइसमा इच्छाअनुसारको भोट गर्न सकिनेछ । सर्वोत्कृष्ट छनौटको लागि जुरी समितीको फिल्ड भिजिट पनि सञ्चालन हुनेछ ।

लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्ने प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा १३ विधामा नोमिनेसन खुल्ला गरिएको थियो । प्राप्त ६०० बढिको अनलाइन नोमिनेसनबाट सम्पुर्ण विधामा सर्वोत्कृष्ट छनौट १४ जना जुरी सदस्यहरुले विभिन्न चरणको छनौट प्रकृया सञ्चालनमा रहेको छ ।

दक्षिण एसियाली दे्शका स्टार्टअपहरुलाई लक्षित गरेर साउथ स्टार्टअप अवार्ड पनि सञ्चालनमा छ । यसको लागि भारत, बंगलादेश, पाकिस्तान र श्रिलंकाका विज्ञहरुलाई जुरी समितीमा समावेश गरिएको छ ।

उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा भोजमाण्डु फुड प्रा.लि, दियो एआई टेक्नोलोजी प्रा.लि, जीजी कर्पोरेसन प्रा.लि, रासन टेक्नोलोजिज प्रा.लि र यार्सा टेक प्रा.लि रहेका छन ।

यसैगरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा डिजी बज, फास्ट बैंकिङ, मनि मित्र, क्युकआरपिए र यात्री पी १ रहेका छन । राइजिङ स्टार इन्नोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा ब्लाङ्सेर, ड्रेसन, द्रिश्य, इन्टर्नसाथी र प्रष्ट नेपाली रहेका छन ।

यि उत्कृष्ट ५ सँगै अन्य १३ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको बारेमा तयार पारिएको विशेष टेलिभिजन कार्यक्रम पनि  प्रशारणको तयारीमा रहेको छ । ग्राण्ड फिनाले अघि कान्तिपुर टेलिभिजनबाट ५ वटा एपिसोडहरु प्रशारण हुनेछ ।

यसैगरी आइसिटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यत्तिगत र सस्थागत अवार्ड विधाहरुमा पनि छनौट प्रकृया जारी रहेको छ । प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्डका विधाहरुमा तेस्रो चरणको छनौट प्रकृया सञ्चालनमा छ । त्यसैगरी, डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा दोस्रो चरणको छनौट प्रकृया सञ्चालन भइरहेको छ ।

आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ६ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । कार्यक्रम सहभागी हुन इच्छुकले मसिंर १५ गतेदेखी खुल्ला हुने टिकट खरिद गर्न सकिनेछ । भोटिङ र फाइनलिस्टहरुको बारेमा थप जानकारी लिन वेबसाइट www.ictaward.org हेर्न सक्नुहुनेछ ।

 

अपडेट

लक्ष्मीको रुपमा महिला सदस्यलाई अपनाएको देखाएर भिडियो बनाइ लक्ष्मी बैंकबाट ५० हजार रुपैयाँसम्म जित्न सकिने

नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभिय…

ट्याङ्गोपे मार्फत इसेवामा पैसा पठाउँदा आइफोन १५ जित्ने मौका

ईसेवा मनी ट्रान्सफरले युकेस्थित ट्याङ्गोपेको साझेदारीमा आईफोन योजना ल्याएको छ। यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागु हुनेछ । जस अन्तर्गत  …

एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक अफर

एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ …

नेपालमा टिकटक तत्काल बन्द हुने मन्त्रिपरिषदको निर्णय

सरकारले सामाजिक सञ्जाल टिकटक तत्काल बन्द गर्ने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद बै…

नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट चलाउँदा यस्ता छन् फाइदा

नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर…

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्…

इंग्ल्याण्डको स्कूलमा एआइ बन्यो प्रिन्सिपल, विद्यार्थीहरूको जवाफ दिने देखि शिक्षकलाई पढाउन सिकाउँदै 'अबिगेल बेली'

इङ्गल्याण्डको एउटा विद्यालयले एआईलाई प्रिन्सिपलको रूपमा नियुक्त गरेको छ । अब एआई प्रिन्सिपलले विद्यालयका मानव प्रधानाध्यापकसँग मिलेर काम गर्नेछन् ।  

नास्टको ४६ करोड बजेट स्वीकृत, विभिन्न विद्यामा २ दर्जन भन्दा बढि पुरस्कृत हुने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४६ औं प्राज्ञसभा बैठकले ४६ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्…

डा.बालकृष्ण बललाई १ लाख राशीको प्रविधि पुरस्कार

काठमाडौँ विश्वविद्यालयका कम्प्युटर विज्ञान र ईन्जिनियरिङ् विभागका विभागीय प्रमुख तथा आइसिटी अवार्डका जुरी डा. बालकृष्ण बल (भोजपुर…

अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण नागरिक एपबाटै हेर्न सकिने

 नागरिक एपमा अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने भएको छ । नागरिक एपको नयाँ अपडेटमा सो सुविधा आ…

नमस्ते पे मार्फत श्री एयरलाइन्सको प्रत्येक टिकट खरिदमा ३०० रुपैयाँको  उच्चतम क्यासब्याक

 नमस्ते पे ले यस तिहार र छठको अवसर पारी आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर सुरु गरेको छ। जस अन्तर्गत नमस्ते पे का ग्राहकहरु…

'आइएमई पे’ नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरको रूपमा रहने

 नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे' र नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)  बिच भएको रणनीति…

नबिल बैंकद्वारा आफ्नो क्रेडिट कार्ड लिएका ग्राहकका लागि बिना शुल्क इएमआई अभियान

नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ । यो साझेदारीसँगै, नबिल क्…

हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाउन सकिने

 डिजिटल वालेट हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्न सकिने भएको छ । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोभित्र रहेको डि…

एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई सुर्खेतमा ५० लाख रुपैयाँको चेक हस्तान्तरण

एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई…