कीवर्डहरू -

अपडेट

इसेवा मनि ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना, रेमिट्यान्स पठाउँदा दैनिक ५ हजार जित्ने मौका 

विश्वभरका दुईसय बढी मुलुबाट नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले नेपालीको नयाँ वर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव ‘रेमिटोत्सव’ सार्वजनिक गरेको छ ।

यो योजना वैशाख १ गतेदेखि सुरु भइ साउन ४ गतेसम्म १४ हप्ता सञ्चालन हुनेछ । रेमिटोत्सवमा दैनिक १ जनाले ५ हजार तथा योजनाको अन्त्यमा बम्पर उपहार विजेताले ५० हजारको उपहार प्राप्त गर्नेछन् ।

यस योजना आन्तरिक तथा बाह्य रेमिट्यान्स कारोबार दुवैमा लागु हुनेछ । जस अन्तर्गत विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा रेमिट्यान्स पठाउने तथा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउने व्यक्ति पनि विजेताको हकदार बन्न सक्नेछन् ।

यो योजना क्यास, बैंक र वालेट ३ वटै माध्यममा रेमिट्यान्स पठाउनेको लागि लागु हुनेछ । त्यस्तै, विजेता स्वयम् उपस्थित हुन् नसकेको खण्डमा रेमिट्यान्स पठाएको व्यक्ति अथवा मनोनीत व्यक्तिले उपहार दावी गर्न सकिनेछ ।

दैनिक विजेता हरेक हप्ताको अन्त्यमा इसेवा मनी ट्रान्सफरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने  इसेवा मनी ट्रान्सफरको फेसबुक, इन्स्टाग्राम पेज र भाइबर कम्युनिटि मार्फत समेत सार्वजनिक गरिनेछ ।

रेमिटोत्सव योजनाबारे इसेवा मनी ट्रान्सफरका जनरल म्यानेजर सागर खनालले इसेवा मनी ट्रान्सफरले नयाँ वर्षको अवसर पारि देश तथा विदेशमा रहेका नेपालीहरुबीच खुशी साटासाट गर्न रेमिटोत्सव लिएर आएको बताए ।

उनले भने, ‘यस योजना मार्फत, हामीले घट्दो क्रममा रहेको वैदेशिक मुद्राको भरपाई गर्न बैधानिक रुपमा रेमिट्यान्स भित्राउँदै, समग्र रेमिट्यान्स क्षेत्रमा टेवा पुर्याउने र यस माध्यमबाट देशको आर्थिक अवस्थालाई समेत सुधार उन्मुख बनाउन मद्दत पुर्याउने लक्ष्य लिएका छौँ ।’

इसेवा मनी ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई १८ हजार भन्दा बढी एजेण्ट/नेटवर्क मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त ईसेवा मनी ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


अपडेट

क्युआर कोड प्रयोगका लागि एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले नेपाल राष्ट्रिय नाई संघको …

फुडमाण्डुको नयाँ लोगो सार्वजनिक 

नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो नयाँ लोगो सार्वजनिक गरे…

अनलाइनबाट यति एयरलाइन्सको टिकट बुकिङ गर्दा १ लाख सम्मको बीमा सुविधा

नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यति एयरलाइन्ससँगको सहकार्यमा…

कनेक्ट आईपीएसमा अकाउन्ट बनाएर बैंक खाता भेरिफाई गर्नेलाई माउन्टेन फ्लाइटको टिकट जित्ने अवसर

कनेक्ट आईपीएसले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कनेक्ट आईपीएसले ‘न्यु एयर, न्यु य…

नबिल बैंकको नयाँ वर्ष अफर, क्यूआर कारोबारमा पाँचसयसम्म क्यासब्याक

नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा…

फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अ…

अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने

अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने भएको …

डिजिटाइजेसनमा नगई सरकारले काम देखाउन सक्दैनः मेयर सरावगी

डिजिटाइजेसनमा नगई सरकारले आफ्नो पर्फमेन्स (कार्यप्रगति) देखाउन नसक्ने वीरगन्ज महानगर…

अब फोनमा कुरा गर्न रूख चढ्नु पर्दैन

म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइ…

भारतमा आइफोन १३ को निर्माण सुरु

एप्पलले भारतमा आइफोन १३ को निर्माण सुरु गरेको छ । अहिलेका लागि कम्पनीले आइफोन १३…

माओवादी केन्द्रको वेबसाइट उद्घाटन, अब पार्टीका सबै विवरण वेबसाइटमा उपलब्ध हुने

नेकपा माओवादी केन्द्रको वेबसाइट उद्घाटन भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्…

मेटाले क्रियटरहरुलाई भर्चुअल रियालिटिमा डिजिटल सामग्री खरिद गर्ने दिने

मेटाले क्रियटरहरुलाई भर्चुअल रियालिटिमा डिजिटल सामाग्री खरिद गर्ने दिने भएको छ  ।…

साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

साओमीले आफ्नो फ्ल्याग्शिप फोन साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक गरेको छ । …

सफ्टवेरिका कलेजका ३५४ विद्यार्थी दिक्षित, अधिकांश विद्यार्थी रोजगारी र व्यवसायमा आवद्ध

१२ वर्षदेखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कले…

एनआईसी एशिया बैंकको नयाँ वर्ष अफर, डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिड तथा क्रेडिट…