अपडेट
सनवे कलेजमा निःशुल्क डिजिटल मार्केटिङ एण्ड डाटा साइन्स तालिम
काठमाडौं स्थित आइटी र व्यवस्थापन सम्बन्धि अध्यापन गराउँदै आएको सनवे कलेजले निःशुल्क डिजिटल मार्केटिङ एण्ड डाटा साइन्सको तालिम दिने भएको छ । जुन १५ देखि २२ तारिखसम्म कलेजले उक्त तालिम दिन लागेको हो ।
गत जुन १ तारिखदेखि ७ दिने ‘बुट क्याम्प’ सञ्चालनमा रहेको छ । ८ तारिखमा यो सम्पन्न भए लगत्तै तेस्रो ब्याचको तालिम जुन १५ देखि २२ तारिखसम्म सञ्चालनमा ल्याउने सनवेले जनाएको छ ।
यस वर्कसपमा जो कोहीले पनि सहजै आवेदन दिन सक्नेछन् । भने सहभागी भएबापत कुनै पनि शुल्क नलाग्ने कलेजले जनाएको छ । सोही क्षेत्रका विज्ञहरूले दिने उक्त वर्कसपको पहिलो दिनमा डिजिटल बजारको बारेमा विस्तृत विवरण दिइनेछ ।
यस्तै, दोस्रो दिन सामाग्री लेखन (कन्टेन्ट राइटिङ), तेस्रो दिन डिजाइनिङ विथ क्यानभा, चौथो दिन पर्सनल ब्रान्डिङको सिप सिकाइनेछ ।
यसैगरी पाचौँ दिन पिन्ट्रेस्ट मास्टरक्लास, छैठौँ दिन इन्ट्रोडक्सन एण्ड स्कोप अफ डाटा साइन्स र सातौँ दिन इन्ट्रोडक्सन टु एसईओ एण्ड एसईएमको तालिम दिइने कलेजले जनाएको छ ।
अन्य ठाउँबाट सो सरहको तालिम लिँदा ३० हजार भन्दा बढी रकम खर्च लाग्ने तर सनवे कलेजले बुट क्याम्प मार्फत सहजै उक्त तालिम दिनुका साथै सहभागी भएकामध्ये दुई जना उत्कृष्टलाई प्रति व्यक्ति १० हजार रुपैयाँ समेत दिने व्यवस्था रहेको सनवे कलेजका निर्देशक अमृत थापाले जानकारी दिए ।
जस अन्तर्गत पहिलो बुट क्याम्पमा एसियन स्कुल अफम्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा बिबिएम अध्ययन गरिरहेका विद्यार्थी सुनिल कार्की र अपोलो इन्टरनेसलन कलेजमा बिबिए विषय अध्ययन गरिरहेको रविन्द्र यादव विजयी भएका छन् । उनीहरूले पुरस्कार स्वरूप प्रति व्यक्ति १० हजार रुपैयाँ पाइसकेको थापाले जानकारी दिए ।
डिजिटल बजारको क्षेत्र र यसको प्रयोगबारे विस्तृत ज्ञान दिनु नै यस वर्कसपको मुख्य उद्देश्य रहेको छ । यस वर्कसपमा सहभागी हुन इच्छुकहरूले सजिलै सनवे कलेजको फेसबुक पेजमा गएर आवेदन दिन पाउने व्यवस्था रहेको छ । भने आगामी दिनमा हरेक महिना यो वर्कसप सञ्चालनमा ल्याउने योजना रहेको थापाके भनाइ छ ।
यस्तै, बजारमा डिजिटल मार्केटिङ र डाटा साइन्समा जनशक्तिको माग बढिरहेको सन्दर्भमा सो कुरालाई सम्बोधन गर्दै बुट क्याम्प आयोजना गरिएको थापाले बताए ।
अपडेट
ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ …
थ्रिडी प्रिन्टबाट प्रिन्ट भयो कार्यात्मक मुटुको टुक्रा, हृदयघात भएपछि प्रयोग गर्न सकिने
वैज्ञानिकहरुले थ्रिडी प्रिन्ट प्रयोग गरेर कार्यात्मक मुटुको टुक्रा प्रिन्ट गरेका छन् । प…
काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली स्वचालित बनाइदै
विद्युत् वितरण सेवा प्रभावकारी बनाउन अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण के…
विद्युतीय मतदानको प्रतिवेदन दिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा विद्युतीय मतदान मसिन प्रयोग गर्नेबारे गरि…
यूएसबी सी डिभाइसले म्याकओएसमा डेटा पठाउन अनुमति माग्नुपर्ने
यूएसबी सी डिभाइसले म्याकओएसमा डेटा पठाउन अनुमति माग्नुपर्ने भएको छ । यसमा सजिलै …
लक्ष्मी बैंकको ग्रीन सेभिङ बचत खाता खोल्दा मोबाइल र इन्टरनेट बैंकिङ निःशुल्क
५०औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत …
१० करोड बढीको कारोबार गर्ने कम्पनीले अब अनिवार्य ईबिलिङ जारी गर्नुपर्ने
दश करोडभन्दा बढी कारोबार गर्ने कम्पनीले अब अनिवार्य विद्युतीय बिजक अर्थात ईबिलिङ जा…
सुदूरपश्चिम प्रदेशका सात जिल्लामा मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द
बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडे…
आइएमई पेबाट फुडमान्डुको भुक्तानीमा १५ प्रतिशत क्यासब्याक
‘आइएमई पे’ र ‘फुडमान्डु’ बीच एक सम्झौता भएको छ । सम्झौता अनुरुप जेठ २३ गते देखि …
डिशहोमको रिचार्ज गर्दा एक जना ग्राहकले जिते एक लाख
१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्…
मोबाइल एप र वेबसाइटबाटै कोरियन भाषा परीक्षाको तयारी गर्न सकिने
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहनेहरुको भाषा परीक्षा यस वर्षदेखि सीब…
इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य नहुने, आफ्नो निर्णयबाट पछि हट्यो विभाग
असार मसान्तसम्म अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णयबाट यातायात व्यवस्था …
एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने
नेपालगन्ज, चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ । एचसीआरसी अस्प…
एप्पल डेभलपर कन्फेरेन्सको पहिलो दिनः आईओएस १६ देखि म्याकबुक एयरसम्म सार्वजनिक
एप्पलको वार्षिक कार्यक्रम विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२२ सोमबारदेखि सुरु भएको छ ।…
विभागको गल्ती, नागरिकलाई सास्ती
यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार एक लाखको हाराहारीमा सवारी चालक अनुमतिपत्र …