अपडेट
प्रतिस्पर्धा गर्न नसक्दा बन्द हुँदै ‘इन्टरनेट एक्सप्लोरर’, कुनै बेला थियो ९५% बजार हिस्सा
आगामी जुन १५ अर्थात बुधबारदेखि माइक्रोसफ्टको ब्राउजर इन्टरनेट एक्सप्लोरर बन्द हुने भएको छ । सार्वजनिक भएको २७ वर्षपछि इन्टरनेट एक्सप्लोरर बन्द हुने भएको हो ।
माइक्रोसफ्टले एक वर्षअघि नै सन् २०२२ जुन १५ बाट सपोर्ट बन्द गर्ने घोषणा गरेको थियो । जुन १५ देखि इन्टरनेट एक्सप्लोरर प्रयोग गर्न सकिने छैन् भने चरणबद्ध रूपमा विन्डोजबाट हटाइने छ ।
इन्टरनेट एक्सप्लोरर सन् १९९५ मा विन्डोज ९५ का लागि एड अन प्याकेजको रूपमा सार्वजनिक भएको थियो । त्यसपछि भने माइक्रोसफ्टले निःशुल्क उक्त एप उपलब्ध गराउन थालेको थियो ।
झण्डै ३ दशक पूरानो ब्राउजर इन्टरनेट एक्सप्लोररको कुनै बेला बजारमा आफ्नो वर्चस्व थियो । सन् २००३ मा यसले वेब ब्राउजरको ९५ प्रतिशत हिस्सा ओगटेको थियो ।
यद्यपी माइक्रोसफ्टले उक्त स्थान लामोसमयसम्म कायम राख्न सकेन र त्यसको ठाउँ अन्य वेब ब्राउजरले लिन थाले । अन्य ब्राउजरले राम्रो सेवा, पर्फर्मेन्स दिन थालेपछि एक्सप्लोररका प्रयोग गर्दा क्रमशः घट्दै गएका थिए । र अन्ततः करिब ३ दशक इतिहास बोकेको एक ब्राउजरको दुखद अन्त्य भएको छ ।
अब कम्प्युटरबाट इन्टरनेट एक्सप्लोरर डिसेबल हुनेछ । एक्सप्लोररको ठाउँ अब क्रोमियममा आधारित माइक्रोसफ्ट एजले लिनेछ । इन्टरनेट एक्सप्लोरर प्रयोग गर्न खोल्दा एजमा रिडाइरेक्ट हुनेछ ।
सन् २०१६ देखि नै इन्टरनेट एक्सप्लोररमा कुनै मुख्य अपडेट आएको छैन् । माइक्रोसफ्टले सन् २०१३ मा अन्तिम संस्करण इन्टरनेट एक्सप्लोरर ११ सार्वजनिक गरेको थियो ।
अपडेट
सीजी डिजिटलको नयाँ शोरूम जोरपाटीमा
सीजी डिजिटलको नयाँ शोरूम काठमाडौँको जोरपाटीमा संचालनमा ल्याइएको छ । <…
रोबोट, ड्रोन र थ्रिडी प्रिन्ट सम्बन्धी पाँच दिने तालिम आयोजना हुँदै
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, रोबोटिक्स एसोसिएसन अफ नेपालको संयुक्त सहक…
काठमाडौँ महानगरपालिकाले १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएक…
मसुर डटएआईले जित्यो हल्ट प्राइज रिजनल्स-काठमाडौं समिट
नेपालका ३ इन्जिनियरिङ स्नातक विद्यार्थीहरूको टोली मसुर डटएआईले हल्ट प्राइज रिजनल्स-क…
अबको १ वर्षमा इन्फोडेभलपर्स एक अर्ब रूपैयाँको कम्पनी बन्ने
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको …
बैंक अफ काठमाण्डूका ग्राहकले क्युआर स्क्यान गरेर अन्नपूर्ण केबलकारको टिकट काट्दा १० प्रतिशत छुट
बैंक अफ काठमाण्डू र अन्नपूर्ण केबलकारबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वाइप तथ…
ग्यापुमा वर्ल्डलिंकको प्याकेज खरिद गर्न पाइने
लोकप्रिय नेपाली इ–कमर्स ग्यापु मार्केट प्लेसमा अब वर्डलिंकका विभिन्न प्याकेजहरु उपलब्ध…
डिजिटल कारोबार प्रवर्द्धन गर्न एनआईसी एशिया बैंकले थाल्यो प्रदेश एकमा क्युआर कोड वितरण
एनआइसी एशिया बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्न प्रदेश १ स्थित सुनसरी जिल्लाको झु…
रेड्मी नोट ११ नेपालको नम्बर वान स्मार्टफोनमा भएको दावी
इन्टरनेशनल डाटा कर्पोरेशनको वर्ल्डवाइडले रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोनमा …
नाबालिकाको अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने २ जना पक्राउ
सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेक…
अमेजनको एआर ट्राई अनले खुट्टामा जुत्ता कस्तो देखिन्छ भनेर हेर्न दिने
अमेजनको एआर ट्राई अनले खुट्टामा जुत्ता कस्तो देखिन्छ भनेर हेर्न दिने भएको छ । जुत्ता…
हाम्रो पात्रोमै अब भिडियो कन्फेरेन्सिङ सुविधा, फेसबुक र युट्युबमा लाइभ स्ट्रिमिङ गर्न सकिने
अब हाम्रो पात्रोबाटै भिडियो कन्फेरेन्सिङ गर्न सकिने भएको छ । त्यसका लागि हाम्रो पात्र…
सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’ सेवा, अब एटिएमबाटै कार्डको पिन परिवर्तन गर्न सकिने
सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि ब…
धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना हुने
राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना हुने भएको छ । धरान उपमहानगरपाल…
एनटीटिभी एपको परीक्षण सुरू, उपलब्ध च्यानल निःशुल्क हेर्न सकिने
नेपाल टेलिकमले ‘एनटीटिभी’ एपको परीक्षण सुरू गरेको छ । २४ सै घण्टा विभिन्न प्रकारक…