अपडेट
टेलिकमको विन्टर अफर, अनलिमिटेड भ्वाइस र डेटाको सुविधा
नेपाल टेलिकमले माघ ३ गतेदेखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो ।
अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ ।
पहिले २८ दिनका लागि रु. ५९९ मा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध भइरहेकोमा अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध हुने भएको छ ।
यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको छ । डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता हो ।
सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ । यस अन्तर्गत रु. २९९ मा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन-नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ ।
यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने छ । पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन-नेट कलको सुविधा पाउने छन् । साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने छ ।
यी बाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।
कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको विन्टर अफर थप आकर्षक हुने विश्वास कम्पनीको रहेको छ ।
अपडेट
दुरसञ्चार प्राधिकरणले कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम स्थापना गर्ने, डीपीआर बनाउँदै
नेपाल दूरसञ्चार प्राधिकरणले आइसिटी तथा टेलिकम उद्योगका लागि कम्प्युटर इमर्जेन्सी रेस्…
आजदेखि अनलाइनबाट मात्र पुन: श्रम स्वीकृति लिन सकिने, यस्तो छ तरिका
सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभा…
खल्तीमा सिभिल बैंकको खातामा लिङ्क गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन जित्ने मौका
खल्तीले सिभिल बैंकको खातामा लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि १०० रुपैयाँ बोनस अफर…
भक्तपुरमा सिसिटिभी जडान गर्न मेगा बैंकको सहयोग
मेगा बैंकले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग ग…
अति जरूरी भएकालाई अब सात दिनमै स्मार्ट लाइसेन्स
विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीले ट्रायल दिएको ७ दिनपछि स्मार्ट लाइ…
खल्तीबाट यती एयरलाइन्सको फ्लाइट बुकिङ गर्दा ४५० रूपैयाँ क्यासब्याक
खल्तीबाट यती एयरलाइन्सको फ्लाइट बुकिङ गर्दा ४५० रूपैयाँ क्यासब्याक पाइने भएको छ । य…
डोल्मा इम्प्याक्ट फण्डले फुडमाण्डुमा ४६ करोड लगानी गर्ने
डोल्मा इम्प्याक्ट फण्डले नेपालको लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुमा ४६ करोडको लग…
अब नेपालमै स्टिकर छापिने, अर्थमन्त्री शर्माले दिए निर्देशन
अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क स्टिकरको सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिए…
शुक्रबार हुने भनेको एनसीआईटी कलेजको प्रोजेक्ट एक्जिबिसन कार्यक्रम कोरोनाका कारण स्थगित
कोरोना महामारीका कारण नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले आयोजना गरेको प्रोजेक्ट…
दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त
नेपालको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी दराजको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भए…
नेपाल आइडलको भोटिङ पार्टनरमा सेल पे
भुक्तानी सेवा प्रदायक सेल पे सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन–४ को आधिकारिक भोट…
एसिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्सको उपाध्यक्षमा बाबुराम अर्याल निर्वाचित
एसिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्सको उपाध्यक्षमा अत्याधिक बहुमतका साथ बाबुरा…
ओपो ईन्नो डे २०२१ को वेबसाइटले जित्यो एफओटीडी अवार्ड
ओपो ईन्नो डे २०२१ को वेबसाइटले एफडब्ल्यूए (फेभरेट वेबसाइट अवार्ड) मार्फत एफओटीडी (…
अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ सजिलो तरिका
महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्…
ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले जितिन् अप्रिला स्कुटर
लोकप्रिय नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन गरेको दशैं-तिहार महोत्सवको बम्…