कीवर्डहरू -

अपडेट

ओपोले सार्वजनिक गर्‍यो ६ एनएमको अत्याधुनिक ईमेजिङ एनपीयू मारिसिलिकन एक्स 

ओपोले ओपो ईन्नो डे २०२१ मार्फत आफ्नो पहिलो स्व-डिजाइन्ड अत्याधुनिक ईमेजिङ एनपीयू-मारिसिलिकन सार्वजनिक गरेको छ ।

६ एनएम प्रोशेस प्रविधि मार्फत निर्मित मारिसिलिकन एक्सले अत्याधुनिक एनपीयू, आईएसपी र मल्टि-टायर मेमोरी आर्किटेक्चरको समिकरण गरी अद्वितीय उर्जा बचतका साथै उत्कृष्ट कार्य दक्षता प्रदर्शित गर्दै रियल-टाइम आरएडब्ल्यू प्रशोधनका साथै उत्कृष्ट लाईभ प्रिभ्यू सहित फोरके एआई नाइट भिडियो कैद गर्न सघाउँने कम्पनीले जनाएको छ ।

‘ईमेज प्रविधिको सिमाना थप फराकिलो पार्दै अघि बढ्ने ओपोको एक दशक भन्दा लामो अनुभवले क्यामेरा मोड्युल्स, लेन्स र अल्गोरिदमका क्षेत्रमा ओपोलाई उद्योगकै केही ठूला नवप्रबर्तनको प्रबर्तकका रुपमा उभ्याएको छ,’ ओपोका वरिष्ठ निर्देशक जियांग बिओले भने, ‘हाम्रो नयाँ अत्याधुनिक ईमेजिङ एनपीयू हाम्रालागि अहिले सम्मकै ठूलो सफलता मध्य एक हो । यसले मोबाइल ईमेजिङ प्रणालीलाई थप शक्ति प्रदान गर्दै उपभोक्तालाई अद्वितीय अनुभव प्रदान गर्नेछ ।’

मारिसिलिकन एक्सको एनपीयूले १८ ट्रिलियन प्रति सेकेन्ड (टीओपीएस), हाम्रो एआई अल्गोरिदमका लागि आवश्यक कम्प्यूटिङ शक्ति भन्दा अधिक उत्सर्जन गर्ने क्षमता बोकेको जनाइएको छ । एनपीयूमा अत्याधुनिक डेडिकेटेड टेरा-बीपीएस मेमोरीको सह प्रणाली पनि छ ।

मारिसिलिकन एक्समा ८.५ जीबी/एसको अतिरिक्त ब्याण्डविथ सहितको डेडिकेटेड डीडीआर जडान गरिएको छ । यसको मल्टिटायर मेमोरी आर्किटेक्चरले ढिला सुस्तीमा ब्यापक कटौती गर्दै आवश्यक दोहोरो रिड साइकलका कारण हुने उर्जा खपतमा न्यूनिकरण ल्याउँने छ ।

ओपोको एआई न्वाइज रिडक्शन अल्गोरिदमको प्रयोग गर्दा मारिसिलिकन एक्सले ओपो फाइन्ड एक्सथ्री प्रोका तुलनामा २० गुणा उच्च गतिमा कार्य सम्पादन गर्छ ।

मारिसिलिकन एक्समा शक्तिशाली आईएसपी उपलब्ध गरिएको छ । यसले गर्दा २० बिट १२० डीबी डायनामिक रेन्जका तस्विर कैद गर्न सकिन्छ । यो भनेको फाइन्ड एक्सथ्रीका तुलनामा ४ गुणा बढी हो । यसले तस्विरमा सर्वाधिक उज्यालो र अध्यारो क्षेत्रको कन्ट्रास्ट रेसियो १०००००० ः १ प्रदान गर्दै जीवन्त दृष्य कैद गर्न सघाउँछ ।

यसमा रहेको डायनामिक रेञ्ज र सुदृढ कलर रिप्रडक्शनका कारण भिडियोका हरेक फ्रेम तस्विरकै तुलनामा स्पष्ट र सटिक हुन्छन् । एण्ड्रोइड फोन्समा फोरके एआई एचडीआर नाइट भिडियो सम्भव भएको यो नै पहिलो पटक भएको ओप्पोले बताएको छ ।

मारिसिलिकन एक्सले आफ्नो ब्यवसायिक डेब्यू सन् २०२२ को पहिलो त्रैमासमा फाइन्ड एक्स सिरिज मार्फत गर्नेछ । यसैका साथ स्मार्टफोन प्रयोगकर्ताहरुका लागि शक्तिशाली ईमेजिङ अनुभवको थालनी हुने कम्पनीले जानकारी दिएको छ ।

मारिसिलिकन एक्सले आफ्नो ब्यवसायिक डेब्यू सन् २०२२को पहिलो त्रैमासमा फाइन्ड एक्स सिरिज मार्फत गर्नेछ ।

अपडेट

वित्तीय परामर्श दिन नयाँ विकल्पसहित ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा

वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्…

अनलाइनबाटै बिओके स्मार्ट सेभिङ अकाउन्ट खोल्न सकिने, यस्ता छन् सुविधा

बैंक अफ काठमाण्डू लिमिटेडले उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्…

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत यी २ जनाले पाए स्पेन घुम्ने अवसर 

डिशहोमले यो बर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिल…

एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउँदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउने भएको छ । त्यसका ला…

एलजीले देश व्यापी रुपमा ‘रोड शो’ गर्दै

एलजीले नेपालले देशैभर रोड शो कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले…

स्मार्ट टेलिकमको ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ योजना

स्मार्ट टेलिकमले नयाँ वर्षमा आकर्षक योजना ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ लिएर आएको छ…

एलजीको ओएलइडी एक्स टेकले ब्राइटनेस ३० प्रतिशतसम्म बढाउने

एलजीले आफ्नो पछिल्लो ओएलइडी एक्स टेकले ब्राइटनेस ३० प्रतिशतसम्म बढाउने दावी गरेको छ…

सानिमा बैंकको मोबाइल एपबाट कारोबार गर्दा विदेश भ्रमणसँगै आईफोन १३ जित्ने अवसर

नयाँ वर्षको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘सानिमा सजिलो इ–बैंकिङ’ …

११ जनवरीमा एक्सिनोस २२०० प्रोसेसर सार्वजनिक गर्दै सामसङ 

सामसङले जनवरी ११ मा एक्सिनोस २२०० चिपसेट (प्रोसेसर) सार्वजनिक गर्ने भएको छ । कम्पन…

एक महिनासम्म ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध हुने

ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई कार्ड तथा डिजिट…

राजमार्ग विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा नेटवर्कमा समस्या

राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको…

हाई टेक क्लासरूम बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र

राष्ट्रिय आविष्कार केन्द्रले हाई टेक क्लासरूम बनाइरहेको छ । केन्द्रले उच्च प्रविधि युक्त…

सीटीसी मलमा रियलमीको आधिकारिक सर्भिस सेन्टर, ग्राहकलाई ३० प्रतिशतसम्म छुट

रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाडौंको सुन्धारा स्थित सिटिसि मलमा खोलेको…

एक दुई हप्ता भित्रमा भीओएलटिई सेवा व्यावसायिक सञ्चालनमा ल्याउँदै टेलिकम

अबको एक दुई हप्तामा नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा व्यावसायिक स…

क्यान इन्फोटेकको स्टल बुकिङ खुल्ला, यसरी गर्नुहोस् अनलाइन बुकिङ

बिहीबारदेखि आईएमई पे क्यान इन्फोटेक २०२२ को स्टल बुकिङ खुल्ला भएको छ । आउँदो माघ …