कीवर्डहरू -

अपडेट

चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइनबाटै यसरी दिनुहोस् आवेदन 

आजदेखि चिकित्सा शिक्षा स्नातक (ब्याचलर्स) तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरूका लागि अनलाइनबाटै एकीकृत प्रवेश परीक्षाको आवेदन दिन सकिने भएको छ । बिहीबार बिहान १० बजेदेखि अनलाइन आवेदन खुल्ला भएको हो ।

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातह तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन पुस १४ गतेदेखि माघ २० गतेसम्म दिन सकिने छ ।

आयोगले सन् २०२२ का लागि एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी परफ्युजन टेक्नोलोजी, बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बी फार्म, बी अप्टोमेट्री, बीपीट र बीपीएचको एकीकृत प्रवेश परीक्षा लिन थालेको हो ।

आयोगले नेपाली आवेदकका लागि आवेदन शुल्क ४ हजार रूपैयाँ तोकेको छ भने विदेशीका लागि ८ हजार रूपैयाँ तोकेको छ ।

शुल्क हिमालयन बैंक, सेल पे, कनेक्ट आईपीएस, ई-सेवा, खल्ती, प्रभु पे, आईएमई पे, क्यु पे नेपाल, मोरू। डिपैसा, इढेवा, भिसा मास्टर कार्ड, अमेरिकन एक्सप्रेस र युनियन इन्टरनेसनलबाट अनलाइन तिर्न सकिने छ ।

हिमालयन बैंक लिमिटेडमा रहेको चिकित्सा शिक्षा आयोगको खाता नम्बर ०४३०८९३१६७००१७ मा पनि रकम जम्मा गर्न सकिने छ ।

कसरी दिने अनलाइनबाटै आवेदन ?

चिकित्सा शिक्षा स्नातह तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरूका लागि अनलाइनबाटै एकीकृत प्रवेश परीक्षाको आवेदन दिन तपाईलाई बैंक भौचर वा डिपोजिट सिलिप, पासपोर्ट साइज फोटो, एकेडेमीक ट्रान्सक्रिप्ट, सम्बन्धि परिषदको प्रमाणपत्र, नागरिकता, समकक्षता (विदेशी बोर्डबाट प्लस टु पास गरेका नेपालीको हकमा), प्रमाणपत्र र स्क्यान गरिएको हस्ताक्षर आवश्यक पर्छ ।

माथिका यी डकुमेन्ट तयार पारेपछि शुरूमा यहाँ क्लिक गर्नुहोस् (नोटः तपाईले यहाँ क्लिक गरेर अनलाइन आवेदनका लागि निर्देशन समेत पाउन सक्नु हुनेछ)  ।

त्यसपछि तपाईको राष्ट्रियता कुन हो त्यो छनोट गर्नुहोस् । त्यसपछि भौचर नम्बर वा ट्रान्ज्याकसन नम्बर (अनलाइन पेमेन्ट गर्दा ट्रान्ज्याक्स नम्बर देखाउँछ) राख्नुहोस् । अनि कन्ट्याक्ट नम्बर तथा इमेल राख्नुहोस् र अगाडि बढ्नुहोस् ।

यति गरेपछि आफ्नो नाम, जन्ममिति, ठेगाना, नागरिकता नम्बर, सबै डकुमेन्ट (प्रष्ट बुझिने गरी) लगायतका विवरण राखेर अनलाइन फाराम भर्न सकिने छ ।

आवेदकले एकभन्दा बढी कार्यक्रममा आवेदन दिन सक्ने छन् तर यसका लागि छुट्टै भौचरको साथ आवेदन फाराम भर्नुपर्ने हुन्छ । आवेदन सबमिट गरेपछि आवेदकले कन्फर्मेसन पेज प्राप्त गर्नेछन् ।

उक्त पेजलाई प्रिन्ट गरेर राख्नुपर्ने आयोगले जनाएको छ । आवेदन भर्दा केही समस्या भए विभागमा सम्पर्क गर्न सकिने छ ।


अपडेट

स्मार्ट लाइसेन्सको छपाइ पुनः सुरु, तीन सिफ्टमा दैनिक सातदेखि १० हजार प्रति कार्ड छापिने

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ…

दूरसञ्चार सेवाप्रदायकले तोकिएभन्दा बढी शुल्क लिए नलिएको अनुगमन गर्दै प्राधिकरण

दूरसञ्चार सेवाप्रदायकले तोकिएभन्दा बढी शुल्क लिएको गुनासोलाई सम्बोधन गर्न नेपाल दूर…

एटीएम मेसिन तोडफोड गर्ने पक्राउ

मोरङको विराटनगर महानगरपालिका-३ कंचनबारी स्थितमा रहेको माछापुच्छ्रे बैंकको एटीएम …

मुलुकको दीगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी छः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दीगो शान्ति, सुशासन…

अश्लीलता फैलाउने भिडियो राख्ने युट्युबर पक्राउ

सामाजिक सञ्जाल युट्युवमा अश्लील भिडियो राख्ने एक युट्युबर पक्राउ परेका छन् । पक्राउ प…

गूगल म्यापको लोकेसन सेयरिङ फिचरमा समस्या

केही गूगल म्याप प्रयोगकर्ताहरुले आफ्नो लोकेसन सेयर गर्न नपाएको समस्या भोगिरहेका छन् …

एन्ड्रोइड एपमा जोकर मालवेयर आतंक

एन्ड्रोइड एपहरुमा जोकर मालवेयरले वर्षाैँ देखि दुःख दिदै आएको छ । यस पटक पनि ५ ला…

डिजिटल इकोसिस्टम विस्तारको लागि नेपाल पेमेन्ट सोलुसन्स र समृद्धि फाइनान्सको सहकार्य

नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै समृद्धि फाइनान्ससँग सहक…

१ रूपैयाँमै क्यान इन्फोटेकको टिकट, अनलाइनबाट पनि अवलोकन गर्न सकिने

१ रूपैयाँमै २७ औं संस्करणको क्यान इन्फोटेक अवलोकन गर्न सकिने भएको छ । नेपालमा सूच…

२७ औं संस्करणको क्यान इन्फोटेकको शीर्ष प्रायोजकमा आईएमई पे, सह-प्रायोजकमा एससीटी

क्यान इन्फोटेक २०२२ को शीर्ष प्रायोजन आईएमई पेले गरेको छ । आईतबार पत्रकार सम्मेलन ग…

प्रतिबन्धित कन्टेन्ट राखेको भन्दै गूगललाई ११ अर्ब जरिवाना

रुसले गूगललाई प्रतिबन्धित कन्टेन्ट राखेको भन्दै ११ अर्ब रुपैयाँ जरिवाना तिराउने भएक…

कुमारी बैंकको मोबाईल एप्स् मार्फत फोनपे नेटवर्कमा किस्ताबन्दीमा रकम भुक्तानी गर्न  सकिने

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोब…

कृषि प्रोत्साहनका लागि खल्ती तथा तिलाठी कोईलाडी गाउँपालिकाद्वारा आर्थिक अनुदानको सुरुवात

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र तिलाठी कोईलाडी गाउँपालिकाको साझेद…

भायानेटको मिनी प्याक अफरः मासिक ८०० रूपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र एनसेलको ४८ जीबी डेटा

अंग्रेजी नयाँ वर्ष २०२२ उपलक्ष्यमा इन्टरनेट सेवाप्रदायक भायानेटले ‘मिनी इन्टरनेट प्ला…

मेगा बैंकले सुरु गर्यो ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवा

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग से…