कीवर्डहरू -

अपडेट

सुर्खेतमा बिहीबार डिजिटल कर्णाली संवाद र स्टार्टअप फेस्ट आयोजना हुँदै

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल कर्णाली संवाद आयोजना हुने भएको छ । आईसिटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १२ गते बिहीबार ‘ह्वावे डिजिटल कर्णाली संवाद इन एशोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको हो ।

डिजिटल संवादमा कर्णाली प्रदेशका निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना हुनेछ । संवाद विरेन्द्रनगर सुर्खेतको सिद्धार्थ सन्नी रिसोर्टमा बिहीबार दिउँसो २ बजेदेखि सुरू हुनेछ ।

कर्णाली प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारेमा सम्वादमा वृहत छलफल हुने आयोजकले जनाएको छ ।

त्यस्तै बिहीबार नै सिद्धार्थ सन्नी रिसोर्टमा इबीमा स्टार्टअप एण्ड आईडिया फेस्ट पनि आयोजना हुने भएको छ ।

फेस्टमा कर्णाली प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा प्रोडक्टमा आधारित कम्पनीहरु सहभागी हुन सक्ने छन् । फेस्ट दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

फेस्टसँगसँगै ‍एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ समेत आयोजना हुनेछन् । एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्नेछन् ।

त्यस्तै आईडिया पिचिङ सेसनमा सहभाभी स्टार्टअपहरूको आफ्नो आईडिया प्रस्तुत गर्नेछन् । उक्त आईडियाहरुमध्येबाट उत्कृष्ट पाँच आईडियालाई इन्कुबेसनका लागि छनौट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग सम्पर्कमा समन्वय गरिनेछ ।

डिजिटल संवाद र फेस्टमा निःशुल्क सहभागी हुन सकिने छ । यसअघि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश नम्बर १, सुदूरपश्चिमम प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल प्रदेश संवाद आयोजना भइसकेको छ । यस कार्यक्रम बारे थप जानकारी लिन ९८०१२६३६०२ मा फोन गर्न सकिने छ ।

अपडेट

सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउइने

सरकारले सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने भएको छ ।

<…

सरकारले डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने

सरकारले डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने भएको छ ।

सरकारले आउँदो साउनदेखि सरकारका सबै निकायमा एकीकृत कार्यालय व्यवस्थापन लागु हुने …

अन्तर्राष्ट्रिय व्यापारमा भरपर्दो सूचना पाउन मार्केट एण्ड ट्रेड इन्टेलिजेन्स उपयोग गरिने

अन्तर्राष्ट्रिय व्यापारमा भरपर्दो सूचना पाउन सरकारले मार्केट एण्ड ट्रेड इन्टेलिजेन्स उपय…

उद्योग प्रशासनलाई प्रविधिमैत्री बनाइने

उद्योग प्रशासनलाई प्रविधिमैत्री बनाइने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९…

मालपोत र नापी सम्बन्धि आधारभूत सेवा अब स्थानीय तहबाटै अनलाइन प्राप्त गर्न सकिने 

मालपोत र नापी सम्बन्धि आधारभूत सेवा स्थानीय तहबाट अनलाइन प्राप्त गर्न सक्ने व्यवस्था म…

कृषिमा सूचना प्रविधिको प्रयोग बढाइने

सरकारले कृषिमा सूचना प्रविधिको प्रयोग बढाउने भएको छ ।

बीबीसी नेपाली सेवाको रेडियो प्रसारणमा परिवर्तन हुने भएको छ । आउँदो जेठ १६ गतेदे…

लाइसेन्स पाएर पनि सेवा सुरू नगर्ने आईएसपी मिथिला डिजिटल नेपाललाई सम्पर्कमा आउन निर्देशन

इन्टरनेट सेवा प्रदायक कम्पनी मिथिला डिजिटल नेपाल प्रालिलाई नेपाल दूरसञ्चार प्राधिकर…

जीवनसाथी खोजिदिने एप बिहे नेपाल बारे आईतबार वेबिनार हुँदै

टेक वेबिनार नेपालको ४३ औं श्रृंखलामा बिहे नेपाल एपको स्टार्टअप एण्ड टेक्नोलोजी बार…

सहकारीमा प्रविधि विकासका लागि सहकारी महासंघ र इन्फोडेभलपर्सबीच सहकार्य

सहकारी क्षेत्रमा प्रविधि (टेक्नोलोजी) को विकास र प्रयोगका लागि राष्ट्रिय सहकारी महास…

फोनपे आइएसओ २७००१ः२०१३ बाट प्रमाणीकरण 

नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड आइएसओ २७००१ः२०…

धनगढीमा सम्पन्न भयो इबीमा स्टार्टअप एण्ड आइडिया फेस्ट, २ हजार बढीले गरे अवलोकन  

सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न …

क्वालकमको अहिलेसम्मकै फास्ट प्रोसेसर सार्वजनिक

क्वालकमले अहिलेसम्मकै सबैभन्दा फास्ट एन्ड्रोइड चिप स्नापड्रागन एट प्लस जेन वान सार्वजनि…

मोबाइल नम्बर राखेर नेपाल पे इन्स्ट्यान्टबाट अब फन्ड ट्रान्सफर गर्न सकिने

नेपाल पे इन्स्ट्यान्टबाट अब मोबाइल नम्बर राखेर कनेक्ट आईपीएस, मोबाइल बैंकिङ र वालेट…