कीवर्डहरू -

अपडेट

एप्पलको हेल्थ एपमा ठुलो सुधार आउँदै, चिकित्सक र हेल्थ कोचको जस्तै काम अब एआई एजेन्टले गर्ने

एप्पलको हेल्थ एपमा एआईमा ठुलो सुधार आउने भएको छ । ब्लूमबर्गका मार्क गुर्मनको पावर अन न्यूजलेटर अनुसार, एप्पल प्रोजेक्ट मलबेरी कोडनेमअन्तर्गत हेल्थ एपको अझ विस्तृत संस्करणमा काम गरिरहेको छ । 

यसमा एक एआई एजेन्ट समावेश गरिनेछ, जसले केही हदसम्म चिकित्सकको जस्तै काम गर्नेछ र व्यक्तिगत हेल्थ कोचको रूपमा कार्य गर्नेछ ।

गुर्मनका अनुसार, यो एआईले प्रयोगकर्ताको स्वास्थ्य डेटाको आधारमा जीवनशैली सुधार्ने सल्लाह दिनेछ। साथै, एपमा वास्तविक चिकित्सकहरूद्वारा तयार पारिएको स्वास्थ्य सम्बन्धी शिक्षामूलक भिडियो पनि समावेश गरिनेछ।

नयाँ हेल्थ एपले खानपान ट्र्याकिङमा बढी ध्यान दिनेछ । यसबाहेक, मोबाइलको क्यामेरा प्रयोग गरेर वर्कआउटका लागि सही ‘फर्म करेक्शन’ टिप्स दिने सुविधा पनि रहन सक्छ । यो नयाँ सेवा अनौपचारिक रूपमा हेल्थ प्लस भनेर चिनिने छ । गुर्मनका अनुसार, आईओएस १९.४ को साथ अर्को वसन्त वा ग्रीष्म ऋतुमा आउन सक्ने छ ।

हाल, एप्पलसँग चिकित्सकहरूको एक टिम छ, जसको डेटा एआई एजेन्टलाई तालिम दिन प्रयोग गरिँदैछ । साथै, एप्पलले ओकल्याण्ड, क्यालिफोर्निया नजिकै एउटा स्टुडियो खोल्ने योजना बनाएको छ, जहाँ स्वास्थ्य सम्बन्धी कन्टेन्ट फिल्मिङ हुनेछ ।

गुर्मनका अनुसार, एप्पल ‘प्रसिद्ध डाक्टर’ खोज्दैछ, जो हेल्थ प्लसको मुख्य अनुहार बन्न सक्छ । त्यसैले, हेल्थ प्लस कुनै चर्चित चिकित्सकसँगै लन्च भएमा आश्चर्य मान्नु पर्ने छैन् । 
 

अपडेट

एनसेल एनएसएल सिजन ३ सुरू

नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल ‘एनसेल नेपाल सुपर लिग ९एनएसएल० सिजन ३’ भव्य उद्घाटन समारो…

दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा उजुरी

दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ । 

मायाको पहिचान नेपालका कार्य…

जेनरेटिभ एआई सर्चको उदय: के पारम्परिक सर्च इन्जिनको युग समाप्त हुँदैछ ?

हामी यात्रा सुझावदेखि तौल कम गर्ने तरिकासम्म जान्न गुगलको सहायता लिन्छौं । कुनै वेबसाइट, फेसबुक वा युट्युबमा लग–इन…

काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेशन

दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री-स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौँ उपत्यकाभरि पूर्ण रूपमा …

ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

यही शनिबारदेखि सुरु हुन गईरहेको बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा सहभागी रहेको ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई&rsq…

एसईई दिएपछि सवारी साधन नपाएर घर फर्किन समस्या भएमा काठमाडौं महानगरले पुर्‍याइदिने

सवारी साधन नपाएर एसईई दिएपछि घर फर्किन समस्या भएमा काठमाडौं महानगरपालिकाले घरसम्म पुर्‍याइदिने भएको छ ।

सिटिटेकको गेट पे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य

सिटिटेक ग्रुप प्रालिले नेपालको पहिलो एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर गेटेपेलाई नेपाल क्लियरिङ हा…

राष्ट्र बैंकले स्थापना गर्‍यो डिजिटल फाइनान्स इन्नोभेसन हब

नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इन्नोभेसन हब स्थापना गरेको छ । राष्ट्र बैंकले वित्तीय नवप्रवर्तनलाई उत्प्रेरित गर्ने उद्देश्यले ह…

ग्लोबल कोडिङ प्रतिस्पर्धामा नेपाली विद्यार्थीलाई ऐतिहासिक सफलता

दुरशिक्षा एजुकेशन नेटवर्कको आयोजना तथा डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेक इन्डियाको सहकार्यमा भएको ‘इन्टरनेसनल कोडिङ…

नेपाल टेलिकमको एसईई अफर, २० रुपैयाँमा भ्वाइस र डेटासहितको सिमकार्ड दिइने

नेपाल टेलिकमले २०८१ सालको एसईईमा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर उपलब्ध गराउने घोषणा गरेको छ । यस अन्तर्गत कम्पनीले एसई…

सिग्नल एप विवादमा, ट्रम्प प्रशासनको त्रुटिका कारण उठ्यो विवाद

म्यासेजिङ एप सिग्नल फेरि एक पटक चर्चामा आएको छ । यसपटक यो एप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको एक गल्तीका कारण चर्चामा छ…

स्थापनाको दोस्रो वर्षमै उत्कृष्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

वि. सं. २०७९ साउन १८ गते संघिय संसदबाट पारित भएको ऐनमार्फत स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आफ्नो स्…

अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई नास्टले दियो १२ लाखसम्म अनुदान, क-कसले पाए ?

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्न (नास्ट) ले ‘युवा वैज्ञानिकहरुको लागि अनुसन्धान सहयोग’ कार्यक्रम अन्तर्गत १२ ल…

नेपाल भित्रियो सनलङले इलेक्ट्रिक कार्गो पिकअप, के के छन् सुविधा ?

सनलङले इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्र्याएको छ । ब्लु कर्पोरेसन प्रालिले सनलङको कार्गो भ्यान नेपाल ल्याएको छ । जसअनुसार कम्पनील…

डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक, कार्यान्वयनका लागि काउन्सिलको प्रस्ताव

डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राय तथा सुझावका लागि मस्यौदा सार्वज…