कीवर्डहरू -

अपडेट

के स्मार्टफोनबाट ब्रेन क्यान्सर हुन्छ ? यस्तो भन्छ डब्लुएचओको पछिल्लो प्रतिवेदन

मोबाइल फोनको बारेमा तपाईंले धेरै किसिमका कुराहरू सुन्नु भएको होला । धेरैले दाबी गर्छन् कि यसको प्रयोगले ब्रेन क्यान्सर हुन सक्छ । यस विषयमा अहिलेसम्म धेरै रिपोर्टहरू आइसकेका छन् ।

डब्लुएचओ अर्थात् विश्व स्वास्थ्य संगठनले हालै एक समिक्षा रिपोर्ट जारी गरेको छ । मोबाइल फोनको प्रयोगले मस्तिष्क क्यान्सर नहुने  उक्त रिपोर्टमा उल्लेख गरिएको छ । 

डब्लुएचओले विगत दुई दशकभन्दा पुरानो रिपोर्टहरूलाई पुनः जाँच गरेको छ र त्यसको आधारमा आफ्नो समीक्षा तयार पारेको हो । पछिल्ला केही वर्षहरूमा संसारभरि स्मार्टफोनको प्रयोग बढेको छ । तर, यसको प्रयोग बढे पनि स्मार्टफोनको कारण मस्तिष्क क्यान्सरको कुनै सम्बन्ध फेला परेको छै ।

यस अनुसन्धानमा ती व्यक्तिहरूलाई समावेश गरिएको छ, जसले स्मार्टफोनको अत्यधिक प्रयोग गर्छन् । केही यस्ता व्यक्तिहरू पनि सहभागी भएका छन्, जसले वर्षौंदेखि फोनको अत्यधिक प्रयोग गर्दै आएका छन् । सन् १९९४ देखि २०२२ सम्म गरिएका ६३ अनुसन्धानको समीक्षा गरेपछि अनुसन्धानकर्ताहरूले यो जानकारी जारी गरेका हुन् ।

यस अनुसन्धानमा १० देशका ११ अनुसन्धानकर्ता सहभागी थिए, जसमा अस्ट्रेलिया सरकारको रेडिएसन प्रोटेक्सन अथोरिटीका विशेषज्ञहरू पनि सामेल थिए । 

यो अध्ययन बालबालिकादेखि ती सबै व्यक्तिहरूका लागि राहतको कुरा हो, जसले लामो समयसम्म स्मार्टफोन प्रयोग गर्छन् । यद्यपि, यसको मतलब यो होइन कि धेरै स्मार्टफोन प्रयोग गर्ने कुनै नकारात्मक प्रभाव छैन् । यस समीक्षामा रेडियोफ्रिक्वेन्सी रेडिएसनका प्रभावहरूमा बताइएको छ, जुन मोबाइल फोनसँगै टिभी, बेबी मोनिटर र अन्य उपकरणहरूमा पनि प्रयोग गरिन्छ ।

यस अनुसन्धानका सहलेखक र क्यान्सर विशेषज्ञ प्राध्यापक मार्क एलवुडले कुनै पनि अनुसन्धानमा जोखिम बढेको कुरा नदेखिएको बताए ।’ अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (आईएआरसी) ले मोबाइल फोनबाट निस्किने तरंगहरूलाई ’संभवतः क्यान्सरजन्य’ अर्थात् श्रेणी टूबीमा राखेको छ ।

यसको मतलब, अहिलेसम्म यसको क्यान्सरसँग सिधा सम्बन्ध प्रमाणित गर्न पर्याप्त प्रमाण छैन, तर यसलाई पूर्ण रूपमा अस्वीकार पनि गर्न सकिँदैन् । यो डेटा सन् २०११ मा गरिएको अनुसन्धानको हो । पुरानो डेटा हेरेर एजेन्सीका सल्लाहकार समूहले यस श्रेणीलाई चाँडै पुनः जाँच गर्न सिफारिस गरेका छन् । 

 

अपडेट

स्मार्टदाइ एप सार्वजनिक, इलेक्ट्रिसियनदेखि क्लिनरसम्म घरमै बोलाउन सकिने

विभिन्न घरायसी तथा कर्पोरेट सेवाहरू प्रदान गर्नका लागि स्मार्टदाइ एप सार्वजनिक भएको छ । इलेक्ट्रिसियनदेखि क्लिनिङसम्मको सेवा प्रदान…

डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२४ मा सोमबारसम्म आवेदन दिन सकिने, यस्तो छ तरिका

डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२४ का लागि सोमबारसम्म आवेदन दिन सकिने …

क्लासिक टेकको इन्टरनेट रिफर गर्नेलाई ४ महिना र रिफर लिनेलाई २ महिना बोनस

देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तरगत ‘तिमिलाई पनि मलाइ पनि अफर’ सार्वजनिक गरेक…

गुरुङ जातिको खेमा लिपि अब युनिकोडमा पनि लेख्न मिल्ने

तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् गुरूङ जातिको आधिकारिक लिपि ‘खेमा लिपि’लाई प्रविधिमैत्री बनाउन सफल भएको …

भोलि र पर्सी केईका ईभी गाडी टेस्ट ड्राइभ गर्न सकिने, सहभागीहरूलाई हात खाली नहुने उपहार

नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले भदौ २९ र ३० गते ‘एक्सपेरियन्स केई’ टेष्ट ड्रा…

गूगल सर्च रिजल्टमा अब लिंकको आर्काइभ पनि समावेश हुने

गूगल सर्च रिजल्टमा अब लिंकको आर्काइभ पनि समावेश हुने भएको छ । बुधबार गूगलले इन्टरनेट आर्काइभसँगको सहकार्यमा नयाँ अप…

डोल्मा इम्प्याक्ट फण्डले घोषणा गर्‍यो जलवायु कोष

आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा डोल्मा इम्प्याक्ट फण्ड जलवायु कोषको घोषणा गरेको छ । मंगलबार ह्यात रिजेन्सीमा आफ्नो १० औं वार्षिको…

इन्द्रजात्राको रथ कहाँ आईपुग्यो ? गल्ली म्याप्सबाटै लाइभ लोकेसन थाहा पाइने

गल्ली म्याप्सले इन्द्रजात्राको लाइभ लोकेसन देखाउने भएको छ । काठमाडौं उपत्यकाको ठूलो जात्राको रूपमा परिचित इन्द्रजात्राका लागि गल्ली…

कोशी प्रदेशबाट पहिलो पटक अस्थायी स्मार्ट लाइसेन्स वितरण

कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी अनुमतिपत्र पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक अस्थायी अनुमतिपत्र वितरण सुरु गरिए…

एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

एनसेलले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा…

सरकारी कर्मचारीले कार्यालय समयमा शेयर कारोबारका लागि टीएमएस चलाउन नपाउने

कार्यालय समयमा सरकारी कर्मचारीले शेयर कारोबार गर्नका लागि ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) चलाउन नपाउने भएका छन् । 

लाइसेन्सको ट्रायल पास गर्नेलाई अब फोटो र क्युआर कोडसहितको रसिद दिइने

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को ट्रायल पास गर्नेलाई अब सरकारले लाइसेन्स छपाइ नहुँदासम्म कर रसिदै फोटो र क्युआर कोड…

एप्पल वाच सिरिज १० को मूल्य कति पर्नेछ?

एप्पलको 'इट्स ग्लोटाइम’ इभेन्टमा गए राति नयाँ आइफोनसँगै एप्पल वाच सिरिज १० लञ्च गरिएको छ । कम्पनीले आफ्नो यस लेट…

हिरो बाईक तथा स्कुटर किन्दा नेटा भि इभी कार जित्ने अवसर

 सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ । 

आईफोन १६ मा भिजुअल इन्टेलिजेन्स सुविधा, गूगल लेन्स जस्तै काम गर्ने

एप्पलले आईफोन १६ मा भिजुअल इन्टेलिजेन्स सुविधा ल्याएको छ । यसले गूगल लेन्स जस्तै काम गर्नेछ ।