कीवर्डहरू -

अपडेट

टिकटकले २०२४ दोस्रो त्रैमासिकमा १७.८८ करोड भिडियो हटाएर सुरक्षित डिजिटल स्पेसमा जोड दिदै

 टिकटकले आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल स्पेस सिर्जना गर्ने निरन्तरको प्रतिबद्धता अनुरुप २०२४ को दोस्रो क्वाटरका लागि कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट जारी गरेको छ । अप्रिलदेखि जुन २०२४ सम्मको तथ्याङ्कलाई समेट्ने रिपोर्टमा टिकटकले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गर्न र हटाउनका लागि उठाएका सक्रिय कदमहरूको विवरण समावेश छ । यस रिपोर्टले टिकटकको विश्वव्यापी कम्युनिटीको लागि सकारात्मक अनुभवको समेत सुनिश्चितता प्रदान गर्दछ ।

टिकटकले यस त्रैमासिकमा विश्वव्यापी रूपमा १७,८८,२७,४६५ ओटा भिडियोहरू हटाएको थियो जुन सङ्ख्याले यस प्लेटफर्ममा अपलोड गरिएका सबै कन्टेन्टको लगभग १.० प्रतिशतको प्रतिनिधित्व गर्दछ । हटाइएका भिडियोहरू मध्ये १४,४४,३०,१३३ ओटा भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर पत्ता लगाई हटाइएको थियो जबकि ५३,९४,३१८ ओटा भिडियोहरू थप समीक्षापछि पुनर्स्थापित गरिएको थियो । सक्रिय हटाउने दर ९८.२ प्रतिशत मा रह्यो भने ९३.५ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट गरेको २४ घण्टाभित्र हटाइएको थियो ।

यस प्राविधिक विकासले टिकटकलाई आफ्ना मोडेरेसन प्रयासहरू मापन गर्न र बढ्दो विश्वव्यापी कम्युनिटीको लागि सुरक्षित वातावरण कायम गर्न सक्षम बनाउँछ । ९८.२ प्रतिशतको सक्रिय डिटेक्सन दरसँगै प्रयोगकर्ताहरूसम्म पुग्नु अघि नै हानिकारक सामग्रीलाई सम्बोधन गर्ने सवालमा टिकटक पहिलेभन्दा अझ बढी कुशल बनेको छ ।

रिपोर्टले टिकटकको कन्टेन्ट मोडेरेसन प्रणालीहरूको शुद्धता र प्रभावकारितालाई सुदृढ गर्दै पुनर्स्थापित भिडियोहरूमा आएको ५० प्रतिशत  कमीलाई पनि हाइलाइट गर्दछ।

रिपोर्टले हटाइएका भिडियोहरूको महत्त्वपूर्ण भाग—३१ प्रतिशत —मा टिकटकको कन्टेन्ट नीतिहरूसँग नमिल्ने संवेदनशील वा परिपक्व विषयवस्तुहरू रहेको कुरा पनि संकेत गर्छ। थप १५.१ प्रतिशत  भिडियोहरूले भने यस अवधिमा प्लेटफर्मको सुरक्षा र सभ्यता मापदण्डहरू उल्लङ्घन गरेका र ४.७ प्रतिशत  ले भने गोपनीयता र सुरक्षा दिशानिर्देशहरू उल्लङ्घन गरेको पाइएको छ ।

पछिल्लो त्रैमासिक जस्तै टिकटकले हटाइएका कभर्ट इन्फ्लुएन्स अपरेसन (सीआईओ) नेटवर्कहरूको सारांश दिन जारी राख्नेछ । साथै, रोकिएका व्यक्तिगत अपरेशनहरूको विस्तृत जानकारी नयाँ स्ट्यान्डअलोन रिपोर्टमा उपलब्ध रहेको छ ।

कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टको आवधिक प्रकाशनले कन्टेन्ट र अकाउन्ट एक्सनहरूको मापन र प्रकृतिमा अन्तर्दृष्टि प्रदान गर्दछ जसले पूर्ण पारदर्शिताको लागि टिकटकको प्रतिबद्धतालाई जोड दिन्छ । 

 

अपडेट

एकीकृत डाटा व्यवस्थापन केन्द्रमा स्थायी दरबन्दी थप हुने

एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) मा स्थायी दरबन्दी थप हुने भएको छ । सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा …

सरकारी कार्यालयमा अब क्युआर कोडबाटै फाइल ट्रयाकिङ हुने

अब सरकारी कार्यालयमा क्युआर कोडबाट फाइल ट्रयाकिङ हुने भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकल…

चीन र दक्षिण एशियाका विश्वविद्यालयबीच सहकार्य, प्राविधिक आविष्कारमा जोड दिइने

मध्यपश्चिम विश्वविद्यालयले चीनमा आयोजित ‘हुबेई (चीन) र दक्षिण एशियाका विश्वविद्यालय अध्यक्षहरूको फोरम’ (Forum of University Presidents from Hub…

आईसीपी २ नीति: संशोधनसहित सुरक्षा, सुशासन र सामुदायिक सहभागिताको आवश्यकता

केही समय अगाडि न्युजिल्यान्डमा भएको एपीएनआईसी ५८ कन्फेरेन्स  इन्टरनेट को–अर्डिनेसन पोलिसी २ (आईसीपी&ndash…

पठाओ कार रेन्टल सेवा सुरु, ट्याक्सी बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने

नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा 'पठाओ कार रेन्टल' सुरू गरेको छ ।  यस सेवा…

ट्राफिक प्रहरीले सञ्चालनमा ल्यायो डिजिटल चिट, जरिवाना पनि नागरिक एपबाटै तिर्न सकिने

ट्राफिक प्रहरीले डिजिटल चिट सञ्चालनमा ल्याएको छ । आईतबार गृहमन्त्री रमेश लेखकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ…

दूरसञ्चार प्राधिकरणलाई ३ अर्ब रूपैयाँ उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

नेपाल दूरसञ्चार प्राधिकरणलाई आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब रूपैयाँ उपलब्ध हुने भएको छ ।

राष्ट्रिय परिचयपत्र र नागरिक एपबीच अन्तरआवद्धता कायम हुने

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तरआवद्धता हुने भएको छ ।

कात्…

कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक, यस्तो छ थाहा पाउने तरिका

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । भदौ २५ र २६ गते सञ्चालन भएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा राष्ट्रिय पर…

स्पेनमा हुने एफआइए मोटर स्पोर्टस् खेलमा तीन नेपाली खेलाडी सहभागी हुने

अक्टोबर २३ देखि २७ मा स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआइए मोटर स्पोर्टस् गेम्स २०२४ मा तीन नेपाली खेलाडी सहभागी हुने निश्चि…

ड्राइभिङ लाइसेन्सको ट्रायल पास गरेपछि अब नागरिक एपमै लाइसेन्स उपलब्ध हुने

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को ट्रायल पास गरेपछि अब नागरिक एपमै लाइसेन्स उपलब्ध हुने भएको छ । यो व्यवस्था आईतबारद…

ट्राफिक प्रहरीले अब कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्न सकिने

ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँका ठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ।

टेलिकमको टावरमा अज्ञात समूहले तोडफोड गरेपछि बझाङको खप्तडछान्ना सञ्चारविहीन

गत हप्तादेखि बझाङको खप्तडछान्ना गाउँपालिका सञ्चार सम्पर्कविहीन बनेको छ। गत असोज २३ गते खप्तडछान्ना गाउँपालिकामा रहेको नेपाल टेल…

प्रिमियम लाइट सब्सक्रिप्शन पुन: परीक्षण गर्दै युट्युब

युट्युबले प्रिमियम लाइट सब्सक्रिप्शनको पुन: परीक्षण गरिरहेको छ । युट्युबको प्रिमियम लाइट सब्सक्रिप्सन सेवा अष्ट्रेलिया, जर्मनी र थाइल्…

कम शो पाएपछि निश्चलले हलबाट उतारे ‘बेहुली फ्रम मेघौली’, अब ओटीटीमा उपलब्ध हुने

स्वस्तिमा खड्का र निश्चल बस्नेतको चलचित्र ‘बेहुली फ्रम मेघौली’ अब ओटीटी प्लेटफर्ममा आउने भएको छ ।