अपडेट
नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ मोनाल टेकलाई प्रदान
मोनाल टेकले नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ प्राप्त गरेको छ ।
नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोनाल टेकलाई स्टार्टअप अवार्ड प्रदान गरेको हो ।
देश तथा विदेशमा साईबर सुरक्षा सेवा प्रदान गरिरहेको मोनाल टेकलाई स्टार्टअप नेशनल आईसीटी अवार्ड प्रदान गरिएको छ ।
सन् २०२० मा स्थापना भएको मोनाल टेक नेपालको उदाउदो साइबर सुरक्षा स्टार्टअप कम्पनी हो । साइबर सुरक्षा र सफ्टवेयर क्षेत्रमा एक दशक बढी काम गरेका अनुभवी समूहले स्थापना गरेको मोनाल टेकले स्वदेश तथा विदेशका विभिन्न संघ संस्थालाई २४ सै घण्टा नेटवर्क, पूर्वाधार र डेटा सुरक्षामा काम गरिरहेको छ ।
कम्पनीले मोनाल मेलको रुपमा सुरक्षित इमेल सुविधा नेपाल र अमेरिकामा उपलब्ध गराइरहेको छ । यसैगरी मोनाल एलएमएस, मेक माइ स्क्यान प्रडक्टहरुसँगै साइबर सुरक्षा अडिट एण्ड भिएपिटी, डिजिटल फरेन्सिकका सेवाहरु पनि उपलब्ध गराइरहेको छ ।
कम्पनीले २४ सै घण्टा साइबर सुरक्षाको निगरानी गर्न सेक्युरिटी अपरेसन सेन्टर समेत सञ्चालनमा ल्याएको छ । सेक्युरिटी इन्फरमेशन एण्ड इभेन्ट म्यानेज्मेन्ट(सिम) को विकास पनि गरिरहेको कम्पनीले सरकारी, नीजि र कर्पोेरेट क्षेत्रमा २५ बढि सस्थाहरुसँग काम गरिहेको छ ।
नेपालसहित अमेरिका, अफ्रिका, यूरोप र एशियन देशमा साइबर सुरक्षा सेवा उपलब्ध गराउँदै आएको मोनाल टेक प्रा.लिले पहिलो आर्थिक वर्षदेखि नै नाफा आर्जन गरिरहेको छ ।
अपडेट
वान पोइन्ट फाइनान्सियल सर्भिसेसले पायो नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४
नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४ वान पोइन्ट फाइनान्सियल सर्भिसेसले पाएको छ ।
नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय…
नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ डा. शैलेन्द्र गिरीलाई
नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ डा. शैलेन्द्र गिरीले प्राप्त गरेका छन् ।
ने…
नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन) २०२४ लेना केशरी कंसाकारलाई
नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन) २०२४ लेना केशरी कंसाकारले प्राप्त गरेकी छन् । नेशनल आईसीटी दिवसकाे अवसरमा सञ्चार तथा सूच…
नाष्टको प्राज्ञमा प्रा.डा. मनिष पोखरेल र प्रा.डा. सुवर्ण शाक्य नियुक्त
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्राज्ञमा प्रा.डा. मनिष पोखरेल र प्रा.डा. सुवर्ण शाक्य नियुक्त भएका छन् । …
चीनमा रोबोट ट्याक्सी सार्वजनिक गर्दै टेस्ला
चीनमा टेस्ला रोबोट ट्याक्सी सार्वजनिक हुने भएको छ । आगामी अगस्ट ८ मा टेस्ला रोबोट ट्याक्सी चीनमा सार्वजनिक हुनेछ ।
टेलिकमको आईसीटी डे अफर, ३९९ रूपैयाँमा ३० जीबी डाटा पाइने
‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचन…
टेलिग्राममा एकैसाथ थपिए विभिन्न फिचर, अब लुकेर स्टोरी पनि हेर्न सकिने
मेसेजिङ एप टेलिग्रामले एकैसाथ धेरै नयाँ फिचरहरू ल्याएको छ । नयाँ अपडेट पछि, तपाई गोप्य रूपमा कुनै पनि टेलिग्राम प्रयोगक…
मिडियाटेक डाइमेन्सिटी ९३०० प्लस चिपसेट चाँडै सार्वजनिक हुने
मिडियाटेकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ चिपसेट ल्याउने भएको छ । डाइमेन्सिटी ९३०० प्लस चिपसेट ल्याएको कम्पनीले जानकारी दिएको छ…
अब गूगल प्ले स्टोरबाट एकैपल्ट दुईओटा एप डाउनलोड गर्न सकिने
गुगलले आफ्ना प्रयोगकर्ताहरूलाई धेरै एआई संचालित सुविधाहरू उपलब्ध गराउँदै आएको छ । हाल गुगलको नयाँ अपडेट अन्तर्गत प्रयोगकर्ताले …
च्याटजीपीटीसँग सहकार्य गर्दै एप्पल
आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईले हरेक क्षेत्रमा प्रभाव पारिरहेको छ । यसैबीच, एआई कम्पनी ओपनएआईले एप्पलसँग सहकार्य गर्न ल…
लगानीकर्तालाई मन्त्री शर्माको आह्वानः आईटीमा लगानी गर्न नेपाल उपयुक्त छ, लगानी गर्नुस्
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विदेशी लगानीकर्ताहरूलाई नेपालको आईटी क्षेत्रमा लगानी गर्न आग्रह गरेकी छन् ।
<…रेमिट्यान्स ल्याउन योगदान पुर्याएको भन्दै इसेवा मनी ट्रान्सफरलाई सम्मान
नेपाल राष्ट्र बैंक ले आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०२२/२३ मा रेमिट्यान्स कम्पनीहरूबीचको कुल रेमिटेन्सको १२.१ प्रति…
सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरक…
स्वास्थ्य मन्त्रालयले सुरू गर्यो स्वास्थ्य सूचना अभियान, भाइबरबाटै टेलिमेडिसिन सेवा समेत दिने योजना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राकुटेन भाइबरसँगको सहकार्यमा स्वास्थ्य सूचना अभियान सुरू गरेको छ । यो सहकार्यसँगै भाइबरबाटै स्वा…
नेपालमा विश्वस्तरीय डेटा सेन्टर बन्ने, बीएलसी ग्रुप र योट्टा डाटा सर्भिसबीच सम्झौता
नेपालमा डेटा सेन्टर स्थापना गर्न बीएलसी ग्रुप र योट्टा डाटा सर्भिस इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।