अपडेट
१५ औं वर्षमा स्पारो एसएमएस, इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै
नेपालको अग्रणी एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्प्यारो एसएमएस १५ औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा एउटा सानो परियोजनाको सोचबाट सुरु भई आफूलाई समयअनुसार विकसित र प्रविधिमैत्री बनाउँदै स्प्यारो एसएमएसले आफूलाई अब्बल र भरपर्दो एसएमएस सेवा प्रदायकको रुपमा स्थापना गरेको छ ।
आफ्नो विकसित र उच्च प्रविधिको एसएमएस सेवाले व्यवसाय समाज तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्न सफल स्प्यारो एसएमएसको सुरुवात भने चुनौतीपूर्व रहेको थियो । देशमा १८ घण्टासम्म लोडसेडिङ, उच्च गुणस्तरीय पूर्वाधारको अभाव को बाबजुद त्यसै अभावलाई अवसरमा परिणत गर्न स्प्यारो एसएमएसले लोडसेडिङको तालिका एसएमएस मार्फत नै जानकारी पाउने सेवा सुचारू गरेको थियो ।
यो सेवा निकै लोकप्रिय र उपयोगी साबित भयो । त्यसै समय आफ्नो एसएलसी (अहिले एसईई)को नतिजा हेर्न देशको राजधानी काठमाडौँमा घन्टौं पत्रपत्रिका कुर्नुपर्ने तथा दूरदराजमा आफ्नो नतिजा दुई तीन दिन पछि मात्र थाहा पाउने समस्या को समयमा एसएमएस मार्फत आफ्नो नतिजा एक एसएमएस मा नै हेर्ने सेवा सुरू गरेको थियो । यो सेवाले एसईई दिने विद्यार्थी तथा अभिभावकहरूमा स्प्यारोएसएमएस एक विश्वसनीय नाम साबित रह्यो । यो सेवा अहिले पनि एसईई दिने विद्यार्थी तथा अभिभावक माझ एकदमै लोकप्रिय छ ।
त्यस्तै वैदेशिक रोजगारमा जानेहरूका लागि उनीहरू ठगीमा नपरुन् भनेर आफ्नो श्रम स्वीकृति एसएमएस मार्फत जाँच्ने तथा २०७२ को भूकम्पको समयमा राहत वितरण सहजीकरणमा पनि एसएमएसको प्रयोग त्यस्तै मानव बेचबिखन जोखिम रिपोर्टिङ सेवा दिवा खाजा रिपोर्टिङ सेवा जस्ता परियोजनाहरू सुचारु गरी समाजलाई जोड्ने र सहयोग पुर्याउने काममा स्प्यारो एसएमएस लागि परेको छ ।
यस साथै स्प्यारोएसएमएसले ७००० भन्दा बढी व्यवसायहरूलाई आफ्ना ग्राहकसँग प्रत्यक्ष जोड्नको लागि बल्क एसएमएस सेवा, एसएमएस एपीआई सेवा प्रदान गरी सस्तो र भरपर्दो माध्यमबाट व्यवसाय र ग्राहकलाई जोड्ने काम गरेको छ ।
कम्पनीले आफ्नो सेवा विस्तार गर्दै नवीन प्रविधि प्रयोग गरी आज वार्षिक २५० मिलियन भन्दा बढी एसएमएस पठाउने गर्दछ। विश्वमा बढ्दो मोबाइल प्रयोग सँगै स्प्यारोएसएमएसले आफ्नो सेवालाई पनि विस्तार गर्दै भाइबर बिजनेस मेसेजिंग ह्वासट्सएप बिजनेस मेसेजिंग, आर्टिफिसिअल इन्टेलिजेन्स जडित भ्वाइस ब्रोडकास्टिङ र मिस्ड कल मार्केटिङ जस्ता आधुनिक सेवाहरु समेटेको छ यी पहल र सेवाहरू मार्फत कम्पनीले व्यवसायको वृद्धिलाई मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै सकारात्मक प्रभाव पार्न सफल भएको छ ।
जसरी प्रविधि अगाडि बढिरहेको छ, व्यवसायहरूले आफ्ना ग्राहकहरुसँग पनि डिजिटल प्रणाली बाट प्रभावकारी तरिकामा सञ्चार तथा संवाद गर्न आवश्यकता पनि बढेको छ यसरी तीव्र गतिमा विकसित भइरहेको प्रविधि मा संचार केवल सन्देश पठाउने मात्र नभएर सान्दर्भिक र व्यक्तिगत अनुभव प्रधान गर्नु पनि हो भन्ने कम्पनीको बुझाइ रहेको छ।
आजको दिनसम्म सहयोग र सहकार्य गर्ने सबैलाई धन्यवाद दिदै कम्पनीका सीइओ मनोज थापाले ग्राहक केन्द्रित रहेर नविनतम प्रविधिहरूलाई प्रयोग गरी सेवा विस्तार गर्दै लैजाने बताए ।
१५ औं वार्षिक उत्सवको उपलक्ष्यमा सेवामा जोडिनु हुने ग्राहकहरूले स्प्यारोएसएमएस प्ल्याटफर्म जीवनभर निःशुल्क प्रयोग गर्न पाउनुहुनेछ । साथै यस अवसरमा कम्पनीले विभिन्न अफरहरू पनि ग्राहकहरूको लागि ल्याएको छ। थप जानकारीको लागि, www.स्प्यारोएसएमएस.com भ्रमण गर्नुहोस् वा ९८०२००५००७ मा फोन गर्नुहोस्।
अपडेट
मलेसियाका ५०० स्कूलहरुमा साईबर सुरक्षाबारे तालिम दिदै चाईल्डसेफनेट
अनलाईन बाल सुरक्षाको लागि कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले मलेसियाली संस्था टेक्निज्मसंगको सहकार्यमा मलेसियामा अनलाईन बाल सु…
बोलेरै नेपाली टाइपिङ गर्न मन छ ? त्यसो भए उपयोगी हुन सक्छ लेख्नुस् डटकम
धेरैलाई नेपालीमा टाइपिङ गर्न अल्छी लाग्छ । यस्तो अवस्थामा बोलेरै नेपाली टाइप गर्न पाए सहज हुन्थ्यो भन्ने धेर…
फाइण्ड माई डिभाइस एपमा गूगलले ल्यायो ठूलो अपडेट, अब प्रियजनहरूको लोकेशन पनि ट्र्याक गर्न सकिने
गूगलले आफ्नो ‘फाइण्ड माई डिभाइस’ एपमा ठूलो र महत्वपूर्ण अपडेट जारी गरेको छ । यससँगै अब हराएको डिभाइस खोज्न सक्ने …
राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ एपबाट टपअप र फोनपे डाइरेक्ट गर्दा आईफोन जित्ने अवसर
राष्ट्रिय वाणिज्य बैंकद्वारा 'टपअप र फोनपे डाइरेक्ट' गर्दा आइफोन १६ उपहार पाइने भएको छ । बैंकले एक अफर घोषणामार्फत यसब…
वैदेशिक रोजगारीमा रहेकाले हिमालयन बैंकबाट सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्न सक्ने
अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षा कोषमा योगदान गर्न अझ सजिलो हुने भएको छ । हिमालयन बैंक लिमिटेड र श्र…
टिकटकमा आयो सेक्युरिटी चेकअप सुविधा, अकाउन्टलाई सुरक्षित राख्न सघाउने
टिकटकले सेक्युरिटी चेकअप सुविधा थप गरेको छ । टिकटक अकाउन्टलाई सुरक्षित राख्न मद्दत गर्न उद्देश्यले सेक्युरिटी चेकअप सुविधा ल्याइए…
सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपबाट कारोबार गर्दा आईफोन जित्ने मौका
सिद्धार्थ बैंक लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप/फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ भन्न…
माईक्रोसफ्टद्वारा एक्सबक्सका लागि ‘कोपाईलट फर गेमिंग’ एआई असिस्टेन्ट सार्वजनिक
माईक्रोसफ्टले एक्सबक्स गेमरहरूलाई स्मार्ट अनुभव प्रदान गर्न डिजाइन गरिएको नयाँ एआई–असिस्टेन्ट कोपाईलट फर गेमिंग सार्वजनिक गर…
आईफोन १७ एयर पोर्ट-फ्री बन्ने सम्भावना, म्यागसेफ चार्जिङ भने रहने
एप्पलको आउँदै गरेको आईफोन १७ एयर सम्बन्धी नयाँ जानकारीहरू लगातार बाहिर आइरहेका छन् । रिपोर्टहरूका अनुसार, यो फोन आफ्नो अल्ट्रा&…
स्मार्ट टेलिकमको मूल्य निर्धारण गर्न समिति गठन गर्दै दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरण स्मार्ट टेलिकमको मूल्य निर्धारण समिति गठन गर्नका लागि पुनः आशयपत्र दर्ता गराउन अनुरोध गरेको छ ।
…नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेशन्स
नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशन्सले इन्टरनेट साझेदारकोरुपमा साझेदारी गर्ने भएको छ ।
…जगदम्बा मोटर्सको नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक, भ्वाइस असिस्टको सुविधा
स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्कको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि…
एन्ड्रोइड १६ बेटा ३ सार्वजनिक, गूगल पिक्सेल प्रयोगकर्ताहरूका लागि नयाँ अपडेट उपलब्ध
गूगल आफ्नो एन्ड्रोइड १६ लाई लिएर तीव्र रूपमा काम गरिरहेको छ र अब उसले केही गूगल पिक्सेल स्मार्टफोनहरूका लागि एन्ड्रोइड १६ बेटा ३…
अनलाइन ठगीबाट जोगिन गूगलले दिएका ५ टिप्स
देशमा अनलाइन ठगीका घटना लगातार बढ्दै छन् । हरेक दिन साइबर अपराधीहरूले मानिसहरूको बैंक खाताबाट पैसा निकाल्ने नयाँ–नया…
एनसेल नेपाल सुपर लिग: खेल तालिका सार्वजनिक, पहिलो दिन भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने
प्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएनसल) २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेस्रो सिजनको खेलता…