अपडेट
इन्स्टाग्राममा एआई जनरेटेड कमेन्टको फिचर परीक्षण हुँदै, पोष्टमा कमेन्ट गर्दा दिनेछ सुझाव
मेटा अहिले इन्स्टाग्राममा नयाँ एआई–जनरेटेड कमेन्ट फिचरको परीक्षण गरिरहेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूलाई पोस्टमा कमेन्ट गर्न एआई–सुझावहरू प्रदान गरिनेछ ।
सोसल मिडिया फिचर टेस्ट गर्ने जोना मान्जानोले हालै इन्स्टाग्राममा “राईट विथ मेटा एआई“ नामक प्रम्प्ट देखेका थिए । यसबाट अब प्रयोगकर्ताहरूले एआई–जनरेटेड कमेन्टहरू सजिलै पोस्ट गर्न सक्ने सम्भावना देखिएको छ ।
यद्यपि, यस फिचरले केही प्रयोगकर्ताहरूबीच एआईको बढ्दो प्रभावप्रति चिन्ता पनि उत्पन्न गराएको छ । जोना मान्जानोले सेयर गरेको भिडियोअनुसार, यो फिचरको प्रयोगकर्ताहरूलाई कमेन्ट बक्स नजिकै एउटा पेन्सिल र सानो तारा आइकन देखिनेछ ।
जब प्रयोगकर्ताले यसमा ट्याप गर्छन्, मेटा एआई सक्रिय हुनेछ । एआईले पोस्टको इमेज एनालाइज गरेर तीन वटा कमेन्ट सुझाव दिनेछ ।
उदाहरणका लागि, यदि कुनै व्यक्ति आफ्नो लिभिङ रुममा मुस्कुराउँदै थम्ब्स अप दिँदैछ भने एआईले सुझाव दिन सक्छ—
- राम्रो लिभिङ रुम सेटअप ।
- माया लाग्दो कोजी वातावरण ।
- शानदार फोटोसुट लोकेसन ।
यदि प्रयोगकर्तालाई यी सुझावहरू मन परेन भने रिफ्रेस गरेर नयाँ सुझावहरू लिन सक्नेछन् । मेटाका प्रवक्ताले टेकक्रन्चलाई दिएको जानकारीअनुसार, यो एक प्रयोगात्मक फिचर हो, जसलाई कम्पनीले विभिन्न स्थानमा परीक्षण गरिरहेको छ ।
यसअघि डीएममा परीक्षण गरिएको मेटा एआई अब कमेण्ट, फिड, ग्रुप्स, सर्च लगायतका ठाउँहरूमा पनि उपलब्ध हुनेछ । मेटाले कति प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाएका छन् भन्ने खुलाएको छैन् । यो परीक्षण फेसबुकमा गरिएको एआई–जनरेटेड कमेन्ट परीक्षण सँग मेल खान्छ ।
यो एआई–आधारित नयाँ फिचरले प्रयोगकर्ताहरूबीच अन्तरक्रिया बढाउने अपेक्षा गरिएको छ । तर, धेरै प्रयोगकर्ताहरू यसप्रति द्विविधामा छन् । कतिपयले एआईको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गरेका छन् ।
इन्स्टाग्रामले यसअघि एआई–जनरेटेड तस्वीरहरू फिडमा देखाउन थालेपछि प्रयोगकर्ताहरूबीच असन्तुष्टि बढेको छ । प्रसिद्ध फोटोग्राफर पीट म्याककिननले त इंस्टाग्रामबाट लेट गो (छोड्ने) समय आइसकेको समेत बताएका छन् ।
अपडेट
भिन्टेज एप्पल १ कम्प्युटर ३ लाख ७५ हजार डलरमा लिलाम, स्टिभ जब्सका अन्य दुर्लभ सामग्रीहरू पनि बिक्री
विश्वकै चर्चित प्रविधि कम्पनीमध्ये एक एप्पलको सुरुवात भएका कम्प्युटरमध्ये एक भिन्टेज एप्पल–१ कम्प्युटर हालै ३७५,००० अमेरिकी डल…
सन् २०२६ मा फोल्डेबल आइफोन लन्च हुने, आइफोन १७ एअरबाट लिनेछ प्रेरणा
एप्पलले धेरै समयदेखि आफ्नो ४–मोडल आइफोन श्रृंखला जारी राख्दै आएको छ, तर २०२५ देखि यसमा परिवर्तन देख्न सकिन्छ । रिपोर्टहरू…
बनेपामा थर्ड पार्टी लजिस्टिक वेयरहाउस बनाउँदै उपाय, लागत १२० करोड
लजिस्टिक कम्पनी उपायले आफ्नो थर्ड पार्टी लजिस्टिक्स (थ्रीपीएल) वेयरहाउस व्यवसाय विस्तार गर्ने घोषणा गरेको छ । उपायको नयाँ वेयरहाउस…
इटालियन पत्रिकाले विश्वमै पहिलो पटक प्रकाशन गर्यो पूर्ण रूपमा एआईले तयार गरेको संस्करण
इटालियन पत्रिका इल फोलियोले पूर्ण रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा तयार गरिएको संस्करण प्रकाशित गरेको छ । पूर्ण रूपमा एआईब…
फोटोनले बिक्री गर्यो १ करोड युनिट सवारी साधन
विश्वव्यापी व्यावसायिक सवारी साधन निर्माता फोटोनले १ करोड युनिट बिक्री गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस उपलब्धिले फोटोन…
टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजनको अफिसियल इन्टरटेनमेन्ट पार्टनर
टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ ।…
ट्विटरको चर्चित ब्लू बर्ड लोगो ३४ हजार डलरमा बिक्री
ट्विटरको चर्चित ब्लू बर्ड लोगो आरआर अक्सनमा ३४ हजार ३७५ डलरमा बिक्री भएको छ । एलन मस्क ट्विटर (अहिलेको एक्स) को मालिक बनेर …
ईसेवा मनी ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता
नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनी ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै आप्रवासी नेपालीहरू…
जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै, शंकर ग्रुपसँग सहकार्य
ग्लोबल टेक जायन्ट जेडटीई नेपालमा पुनः प्रवेश गर्ने तयारी गर्दैछ । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्स भए…
नेपालमा ग्रीन हाइड्रोजनको सफल परीक्षण गर्ने थापालाई प्रधानमन्त्री प्रतिभा पुरस्कार प्रदान
ग्रीन हाइड्रोजनको अनुसन्धान र उत्पादनमा क्रियाशिल काठमाडौंको विश्वविद्यालयका एशोशिएट प्राध्यापक डा. विराज सिंह थापाले प्रधानमन्त्री…
एआईको इकोसिस्टम विकासमा सहकार्य गर्ने विषयमा एक्सेस वर्ल्ड र एआई एसोसिएसनबीच छलफल
एक्सेस वर्ल्ड टेक (एडब्लुटी) र एआई एसोसिएसन अफ नेपालबीच एआईको इकोसिस्टम विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
…२१ शिक्षक तथा शिक्षिकाहरूलाई नासोद्वारा गतिशील मानव सौर्य मण्डल सम्बन्धि तालिम प्रदान
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले गतिशील मानव सौर्य मण्डल शिक्षक तालिम काठमाडौंको नासा कलेजमा सम्पन्न गरेको छ । नेपाल तथा …
एनसेल नेपाल सुपर लिगको लाइभ हिमालय टिभीबाट हेर्न पाइने
देशव्यापी फुटबल प्रशंसकहरूका लागि बहुप्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ ले फुटबलको आधिकारिक प्रसारण साझेदारको र…
फेसबुक, इन्टाग्राम, एक्स लगायतलाई सूचीकरण हुन सञ्चार मन्त्रालयको ३० दिने अल्टिमेटम
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, इन्टाग्राम, एक्स लगायत सामाजिक सञ्जाललाई ३० दिनभित्र नेपालमा सूचीकरण हुन अनुरोध गरे…
गुगलको इतिहासकै सबैभन्दा ठूलो डिल: ३२ अर्ब डलरमा इजरायली साइबर सुरक्षा कम्पनी विजको अधिग्रहण
गुगलले आफ्नो इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता गरेको छ । कम्पनीले साइबर सुरक्षा सेवा प्रदान गर्ने इजरायली स्टार्टअप विजल…