कीवर्डहरू -

अपडेट

एपिगा नेपाल २०२४ आयोजना गर्दै क्यान महासंघ, भदौ ४ सम्म अनलाइन आवेदन खुला रहने

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा एशिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ हुने भएको छ  । आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुने उक्त क्षमता विकास कार्यशालामा सहभागी हुन इच्छुकका लागि अनलाइन आवेदन खुलेको छ ।

एपिगा नेपाल २०२४ ले स्नातक र स्नातकोत्तर विद्यार्थीहरूका साथै युवा पेशेवरहरूलाई इन्टरनेट गभर्नेन्स, आईक्यान नीति, बहु-साझेदारी मोडेलमा गहन अध्ययन गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताइएको छ । 

आईक्यान र कोरिया इन्टरनेट एण्ड सेक्युरिटी एजेन्सीद्वारा सञ्चालित बृहत् एपिगा कार्यक्रमको स्थानीय संस्करणको रूपमा यो कार्यशाला हुन लागेको हो, जसमार्फत भविष्यका डिजिटल नीतिका अभियन्ताहरूलाई प्रशिक्षित गर्ने लक्ष्य राखिएको छ ।

कार्यशालाका सहभागीहरूले सेमिनार, राउन्ड टेबल डिस्कसन, सिमुलेसन गेमहरू र मक आईक्यान कन्फ्रेन्स  लगायतका विभिन्न अन्तरक्रियात्मक सत्रहरू सञ्चालन हुनेछन् । यसले उनीहरूलाई इन्टरनेट गभर्नेन्सका मुद्दाहरूको व्यवहारिक अनुभव र बृहत् जानकारी प्रदान गर्ने आयोजक क्यान महासंघका प्रबन्धक उदिप बरालले बताए ।

उनले इन्टरनेट गभर्नेन्सको भविष्यलाई आकार दिने प्रमुख खेलाडी बन्ने यस अवसरलाई सदुपयोग गरी डिजिटल विश्वमा महत्वपूर्ण प्रभाव पार्न युवा तथा विद्यार्थीलाई आह्वान गरिएको छ ।

कसले आवेदन दिन सक्छन् ?

यो कार्यशालामा १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक र स्नातकोत्तर विद्यार्थीहरूका साथै इन्टरनेट सेवा प्रदायक, बैंक तथा कर्पोरेट कार्यालयहरूका युवा पेशेवरहरूले आवेदन दिन सक्नेछन्  । इन्टरनेट गभर्नेन्स तथा भविष्यको इन्टरनेटमा प्रभाव पार्न इच्छुक व्यक्ति यस कार्यशालामा सहभागी हुन सक्ने एपिगा नेपाल २०२४ का टिम लिड विवेक सिलवालले बताए ।

इच्छुक व्यक्तिले २० अगस्ट २०२४ (भदौ ४) सम्म क्यान महासंघको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्छन् । एपिगा नेपाल २०२४ का सहभागीहरूले स्थानीय, क्षेत्रीय तथा विश्वव्यापी संगठनका विशेषज्ञ वक्तासँग इन्टरनेट गभर्नेन्स सम्बन्धी विविध विषयमा अन्तरक्रियात्मक सिकाइको अवसर पाउनेछन् ।

त्यस्तै कार्यक्रममार्फत इन्टरनेट गभर्नेन्स समुदायमा क्रियाशील व्यक्तित्वहरूसँग नजिकिने अवसर प्राप्त हुनेछ । यसबाहेक कार्यक्रमका शीर्ष दुई सहभागीले कोरियामा आयोजना हुने एपिगा २०२५ मा पूर्ण प्रायोजनसहित सहभागी हुने अवसर पाउनेछन् ।

थप जानकारीका तथा आवेदन दिनको लागि https://apiga.org.np/ मा जानुहोस् । यस कार्यक्रमका लागि सम्पर्क व्यक्तिका रूपमा क्यान महासंघका प्रबन्धक तथा संयोजक उदिप बराल तथा एपिगा नेपाल टिम लिडका रुपमा विवेक सिलवाल रहेका छन् ।  

अपडेट

बेलायतमा रहेका नेपालीहरूले अब एपबाटै नेपालमा रेमिट्यान्स पठाउन सक्ने

निओ मनि ट्रान्सफर र बेलायतको मनिटु लिमिटेडबीच रेमिट्यान्स् भुक्तानीका लागि सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि बेलायतमा बसिरहेक…

राष्ट्र बैंकमा आईटी पढेकालाई रोजगारीको अवसर, कसरी दिने आवेदन ?

नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर खुलेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सूचना प्रविधि सहायक पदमा आवेदन माग गरेको हो ।&nb…

सार्वजनिक यातायातमा जीपीएस र गति सीमित गर्ने उपकरण जडान गर्न सरकारको निर्देशन

गृह मन्त्रालयले सार्वजनिक यातायातमा जीपीएस ट्रयाकिङ प्रणाली र गति सीमित गर्ने उपकरण जडान गर्न व्यवसायीलाई निर्देशन दिएको छ ।

राष्ट्रिय यातायात व्यवस…

गोरखाको अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकामा टेलिकमको मोबाइल सेवा विस्तार

नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रुपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्के…

सीटीसी मलमा युएनभीको अत्याधुनिक शोरूम सञ्चालनमा

चिनियाँ टेक जाइन्ट कम्पनी युएनभीले नेपालमा आफ्नो नयाँ अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । काठमाडौंको सुन्धारामा रहेको सीटीस…

एप्पलको लोगोमा आधा स्याउ हुनु पछाडिको कथा

विश्वको शीर्ष सूचना प्रविधि कम्पनी एप्पलको लोगाको रूपमा काटिएको स्याउलाई प्रयोग गरिएको छ । तर तपाई हाम्रो दिमागमा बेला बेला लोग…

नेपालको भैरव टेकलाई पेरिस २०२४ ओलम्पिकमा साइबर सुरक्षा प्रदान गर्ने अवसर

पेरिस २०२४ ओलम्पिक खेलकुदको आधिकारिक भर्चुअल अनुवाद सफ्टवेयर कूडो प्लेटफर्मको साइबर सुरक्षामा नेपाली साइबर सुरक्षा कम्पनी भैरव …

अब टेलिकमको प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने

नेपाल टेलिकमले साउन ३० गतेदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यबस्था मिलाए…

ओपरा वान ब्राउजर आईओएसमा उपलब्ध

ब्राउजिङ कम्पनी ओपराले ओपरा वान आईओएस प्लेटफर्ममा समेत उपलब्ध गराएको छ । केही हप्ताको परीक्षण पश्चात ओपरा वान आईओएसमा आधिकारिक …

अब टिकटकमा ३२ जनासम्मले ग्रुप च्याट गर्न सकिने

अब टिकटकमा ३२ जनासम्मले ग्रुप च्याट गर्न सकिने छ । ३२ जनासम्मले ग्रुप च्याट मिल्ने फिचर टिकटकले रोलआउट गर्न सुरू गरेको हो । यो फ…

परामर्श सेवा उपलब्ध गराउन चाहनेलाई सूचिकृत हुन दूरसञ्चार प्राधिकरणको अनुरोध

नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ मा आवश्यक पर्ने परामर्श सेवा उपलब्ध गराउन चाहने इच्छुक व्यक्ति, फर्म वा संस्थाल…

हुम्लाको राया गाउँमा एक महिनादेखि टेलिफोन सेवा अवरूद्ध

हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका–३ राया गाउँमा करिब एक महिनादेखि टेलिफोन सेवा अवरूछ छ।

आईटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र सूचना प्रविधिमा लेख्ने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रका…

निओ मनि ट्रान्सफरको सेवा कुवेतबाट पनि सुरु, कुवेतको अल–‍एक्तसाद एक्सचेन्जसँग सहकार्य

निओ मनि ट्रान्सफर र कुवेतको अल–‍एक्तसाद युनाइटेड एक्सचेन्ज बीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहनुभए…

जगदम्बा मोटर्स र पोस्टामको कन्टेन्ट प्रतियोगिता, विजेता १०० कन्टेन्ट क्रिएटरलाई स्कुटर

नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्…