कीवर्डहरू -

अपडेट

एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याक, अनलिमिटेड यूट्युबको सुविधा

अत्यन्तै व्यग्रताका साथ प्रतिक्षा गरिएकोे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेल भोली देखि सुरु हुँदैछ । एनपीएलका खेलहरूलाई अझ रोमाञ्चक बनाउनका लागि, एनसेलले सधैं अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याकहरु संचालनमा ल्याएको छ । 

यी अफरहरू अन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन् । यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । यी प्याकहरु लिने ग्राहकले एनपीएलका खेलहरु प्रत्यक्ष मैदानमा नै हेर्न टिकट लगायत अन्य आकर्षक उपहार जित्नको लागि पनि योग्य हुनेछन् ।

सधै अन प्याक अन्तर्गत ग्राहकहरूले रु. ३९९ देखि रु. १४९९ सम्मको कुनै पनि प्याकको खरिदमा ग्राहकले यूट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउँछन् । यससँगै ग्राहकहरूले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेलहरू अनलाइन मार्फत कुनै पनि समयमा जहाँ भए पनि हेर्न सक्नेछन् ।

त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ ।  ग्राहकहरूले रु. ५० मा १ दिनको समयसिमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्छन् । रु. १२५ (३ दिन), रु. १९९ (७ दिन) र रु. ९९९ (२८ दिन) समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरूको मजा अनलाइन मार्फत लिन सकिन्छ । 

भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । ७ दिनको लागि रु. १४९ र २८ दिनको लागि रु. ४९९ मा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ । माथि उल्लेखित सधैं अन, अनलिमिटेड डेटा प्याकहरू, र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहकहरु एनपीएल खेलहरु मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुनेछन् । 

यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, रु. ५० क्यासब्याक (१ दिनको समयसिमा), रु. १०० क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउँन सक्छन् । 

त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री वितरण गर्नेछ । यस सामाजिक पहलको उद्देश्य विद्यार्थीहरूको जीवनमा शैक्षिक अवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु हो । 

नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलको  लागि सहकार्य गरेको छ । यस साझेदारी अन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पार्वड बाई पार्टनरको रुपमा एनसेल रहेको छ । यस साझेदारी अन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुर्‍याउने विश्वास लिईएको छ ।

यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । क्रिकेट भारतीय उपमहाद्वीपकै सबैभन्दा बढी लोकप्रिय खेलकुद मध्ये एक हो । 

समाजको माझ सधैं सँगै रहि एनसेल फाउन्डेसन प्रभावकारी परियोजानाहरूमार्फत समुदायको विकासमा योगदान पुर्याउन प्रतिबद्घ छ । 
 

अपडेट

रोमानियाबाट ईसेवामा रेमिट्यान्स पठाउने अन्जुलाले जितिन् दुईतले घर

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले २ त…

वर्ल्डलिंकका अध्यक्ष भन्छन्: नेपालमा स्टारलिंकको इन्टरनेट आवश्यक छ, आफै लबिङ गरिरहेको छु

वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले नेपालमा स्टारलिंकको इन्टरनेट भित्र्याउन २ वर्षदेखि लबिङ गरिरहेको बताएका छन् । बिहीबार का…

एनपीएलका प्रत्येक चौकामा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने एनसेलको घोषणा

एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिम…

टेलिकमको क्रिकेट धमाका प्याक: ४९९ रूपैयाँमा १५० जीबी र ६९९ रूपैयाँमा ३०० जीबी डेटा

नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै क्रिकेट प्रेमीहरूका लागि नेपाल टेलिकमले एनटी क्रिकेट धमाका प्याक ल्याएको छ । 

डिजिटल माध्यमबाट सम्पदा संरक्षण र प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

पाटन दरबार क्षेत्रमा डिजिटल माध्यामबाट सम्पदा संरक्षण र प्रवद्र्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिक…

वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको १ अर्ब ४२ कराेड लगानी

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनिश सरकारी कम्पनी फ…

सीजीले सार्वजनिक गर्‍यो हिटर, वासिङ मेसिन, एसी, थर्मस लगायतका विन्टर प्रडक्ट

सीजीले जाडो मौसमलाई लक्षित गर्दै आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ । सीजीले हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वा…

सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको छः सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसई चौथो वर्षमा, ११७ नयाँ उद्यम स्थापना

नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल…

इतिहासकै सबैभन्दा ठूलो पासवर्ड लीक, करोडौं मानिसहरूको सुरक्षा जोखिममा

यस डिजिटल युगमा आफ्नै सुरक्षा र गोपनीयतालाई सुरक्षित राख्न ठूलो चुनौती बनेको छ । एउटा सानो गल्तीले पनि ह्याकरहरूलाई ठगी गर्न प…

सामाजिक सञ्जालमा आउने अराजक र आधारहीन समाचारको पछि नलाग्न सञ्चारमन्त्री गुरुङको आग्रह

सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएकामा चिन्ता व्यक्त गर्दै…

एनपीएलका खेलहरू डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट लाइभ हेर्न सकिने

नेपाल प्रिमिर लिग (एनपीएल) का खेलहरू डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट लाइभ हेर्न सकिने भएको छ ।

आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक

आइसिटी क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवा…

इन्स्टाग्राममा लाइभ लोकेशन फिचर सार्वजनिक

मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप इन्स्टाग्रामले नयाँ फिचर सार्वजनिक गरेको छ । यस नयाँ अपडेटपछि तपाईँ आफ्ना साथीहरूसँग…

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा एनसेल फाउन्डेसनको सहकार्य

विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए, र युनिसेफ नेपालले बालविवा…