काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न विभागहरूको सूचना प्रविधि तथा डिजिटल प्रणाली विकास, खरिद, सञ्चालन र व्यवस्थापनका लागि Software Development and Operation Center (SDOC) गठन गर्ने तयारी गरेको छ ।
महानगर अन्तर्गतका विभिन्न कार्यालय तथा निकायहरूमा निर्माण हुने सफ्टवेयर, वेब एप्लिकेसन र मोबाइल एप्लिकेसनहरूको एकीकृत, सुरक्षित र प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यसहित यस्तो संरचना आवश्यक देखिएको महानगरले जनाएको छ ।
महानगरले जारी गरेको सूचनाअनुसार सूचना प्रविधि प्रणालीलाई अझ व्यवस्थित, सुरक्षित र मापदण्डअनुसार सञ्चालन गर्न SDOC मार्फत सबै डिजिटल प्रणाली निर्माण तथा सञ्चालन सम्बन्धी कार्य अघि बढाइनेछ । यसले महानगरभित्रका सेवा प्रवाहलाई प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

आईसीटी समाचार