कीवर्डहरू -

एन्ड्रोइड र आईफोनबाट कागजात कसरी स्क्यान गर्ने ? जान्नुहोस् सजिलो तरिका

एन्ड्रोइड र आईफोनबाट कागजात कसरी स्क्यान गर्ने ? जान्नुहोस् सजिलो तरिका

काठमाडौं । स्मार्टफोन अहिले दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ । फोनबाट कल गर्ने मात्र होइन, फोटो खिच्ने, भिडियो बनाउने, इन्टरनेट चलाउनेदेखि कार्यालयका विभिन्न कामसमेत गर्न सकिन्छ । प्रविधिको विकाससँगै स्मार्टफोनमा प्रयोग हुने क्यामेराको गुणस्तर पनि निरन्तर सुधार हुँदै गएको छ ।

यही सुविधाको प्रयोग गरेर आवश्यक कागजात स्मार्टफोनबाटै स्क्यान गर्न सकिन्छ । कागजात स्क्यान गर्न छुट्टै स्क्यानर राख्नुपर्ने वा नयाँ एप डाउनलोड गर्नुपर्ने आवश्यकता नपर्न सक्छ । फोनबाट स्क्यान गरिएको कागजातलाई डिजिटल रूपमा सुरक्षित राख्न, अरूलाई पठाउन वा आवश्यक पर्दा प्रयोग गर्न सकिन्छ ।

गुगल ड्राइभबाट कागजात स्क्यान गर्ने तरिका
एन्ड्रोइड र आईफोनमा गुगल ड्राइभ प्रयोग गरी कागजात स्क्यान गर्न सकिन्छ । त्यसका लागि निम्न प्रक्रिया अपनाउन सकिन्छ;

- सबैभन्दा पहिले फोनमा गुगल ड्राइभ खोल्नुहोस् ।
- क्यामेरा/स्क्यान विकल्पमा थिच्नुहोस् ।
- स्क्यान गर्नुपर्ने कागजातलाई क्यामेराको फ्रेममा मिलाएर फोटो खिच्नुहोस् ।
- आवश्यक परे Crop विकल्प प्रयोग गरी कागजातको भाग मिलाउनुहोस् ।
- कागजातका एकभन्दा बढी पृष्ठ छन् भने Add (+) विकल्पमा थिचेर थप पृष्ठ स्क्यान गर्नुहोस् ।
- सबै पृष्ठ स्क्यान गरिसकेपछि Done मा थिच्नुहोस् ।
- अन्तिममा फाइलको नाम राखेर Save गर्नुहोस् ।

यसरी स्मार्टफोनबाटै महत्वपूर्ण कागजातलाई डिजिटल फाइलका रूपमा सुरक्षित राख्न सकिन्छ । आवश्यक पर्दा त्यस्ता फाइल इमेल, मेसेजिङ एप वा अन्य माध्यमबाट सजिलै पठाउनसमेत सकिन्छ ।