बागमती
बागमती प्रदेशको ६६ अर्बको बजेट सार्वजनिक, पूर्वाधार र उद्यमशीलतामा जोड
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा पूर्वाधार, सामाजिक विकास र उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
कुल बजेटमध्ये ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ, जुन कुल विनियोजनको करिब ६५.६९ प्रतिशत हो । त्यस्तै, चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ (३४.३१ प्रतिशत) विनियोजन गरिएको छ ।
प्रदेश सरकारले प्रशासनिक संरचनामा पनि पुनर्संरचना गर्दै आगामी आर्थिक वर्षदेखि मन्त्रालयको संख्या घटाएर आठ वटा कायम गर्ने निर्णय गरेको छ । सोही अनुसार बजेट विनियोजन गरिएको मन्त्री तामाङले जानकारी दिए ।
पूर्वाधार क्षेत्रमा सबैभन्दा ठूलो लगानी
बजेटमा सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार विकास मन्त्रालयले पाएको छ । यस मन्त्रालयका लागि मात्र २५ अर्ब ६० करोडभन्दा बढी रकम छुट्याइएको छ । सडक, सुरुङमार्ग, शहरी पूर्वाधार तथा सम्भाव्यता अध्ययनका परियोजनाहरूलाई यसले प्राथमिकता दिएको छ ।
यसअन्तर्गत भीमफेदी–कुलेखानी सुरुङमार्गको अध्ययन, काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको सम्भाव्यता विश्लेषण तथा नमुना वडा विकास कार्यक्रमलाई समेटिएको छ ।
संरचनागत सुधार र योजना व्यवस्थापन
प्रदेश सरकारले आयोजना छनोट प्रणालीलाई सुधार गर्ने उद्देश्यले कानुनी तथा संस्थागत सुधारका कार्यक्रमलाई पनि बजेटमा समेटेको छ । आयोजना बैंक, बहुवर्षीय आयोजना व्यवस्थापन प्रणाली तथा एकीकृत कानुन निर्माणलाई अघि बढाइने उल्लेख छ । साथै, आयोजना व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गर्ने योजना पनि छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि भने सबैभन्दा कम, १८ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ ।
सहकारी, उद्योग र श्रम क्षेत्र
आन्तरिक मामिला तथा सहकारी मन्त्रालयका लागि करिब ७२ करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन, बचतकर्ताको रकम सुरक्षा तथा सहकारी संस्थामार्फत उद्यमशीलता प्रवर्द्धन कार्यक्रमलाई बजेटले समेटेको छ ।
उद्योग, पर्यटन तथा श्रम मन्त्रालयका लागि ५ अर्ब ३७ करोडभन्दा बढी बजेट छुट्याइएको छ । यो मन्त्रालयमार्फत उद्यम विकास, पर्यटन प्रवर्द्धन, श्रम तथा रोजगार कार्यक्रमलाई अघि बढाइनेछ ।
कृषि, वन र वातावरणमा जोड
कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रका लागि ६ अर्ब ७१ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ । “एक वडा, एक उद्यम” अवधारणासहित कृषि उत्पादन वृद्धि, बाँदर नियन्त्रण, कृषि अनुदान तथा वनमा आधारित उद्यम विकासलाई प्राथमिकता दिइएको छ ।
वन तथा वातावरण क्षेत्रमा हरित रोजगारी, जडीबुटी उत्पादन, काष्ठ उद्योग तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने नीति बजेटमा समेटिएको छ ।
स्वास्थ्य र सामाजिक विकास
स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि ९ अर्ब ६ करोडभन्दा बढी बजेट छुट्याइएको छ । बाल संरक्षण, जोखिममा परेका बालबालिकाको पुन:स्थापना, चेपाङ समुदाय लक्षित कार्यक्रम, सडक मानवमुक्त अभियान तथा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणलाई बजेटले समेटेको छ । त्यसैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि ५१ करोडभन्दा बढी रकम विनियोजन गरिएको छ ।
खानेपानी, ऊर्जा र सिँचाइ
खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ । सिँचाइ प्रणालीको विस्तार, लिफ्ट सिँचाइ, टार सिँचाइ तथा खानेपानी आयोजनाको अध्ययन र विस्तारलाई प्राथमिकतामा राखिएको छ ।
मुख्यमन्त्री कार्यालय र समावेशी कार्यक्रम
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि ६१ करोडभन्दा बढी बजेट छुट्याइएको छ । संघीयता सुदृढीकरण, स्थानीय शासन क्षमता विकास र समावेशी आर्थिक रूपान्तरणलाई मुख्य उद्देश्य बनाइएको छ ।
त्यसअन्तर्गत मानव विकास सूचकांकमा पछाडि परेका स्थानीय तहका लागि विशेष कार्यक्रम, जिल्ला समन्वय समिति सहयोग तथा हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने “मुख्यमन्त्री सडकसँग उद्यमशीलता कार्यक्रम” समेत अघि बढाइनेछ ।
समग्रमा, बागमती प्रदेशको बजेटले पूर्वाधार विकाससँगै सामाजिक सुरक्षा, उद्यमशीलता र संस्थागत सुधारलाई समानान्तर रूपमा अघि बढाउने लक्ष्य लिएको देखिन्छ ।
बागमती
टिचिङ अस्पतालमा डिजिटल ओपीडी सेवा विस्तार गर्न काठमाडौं महानगरको १ करोड ७० लाखको सहयोग
काठमाडौं । काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० …
डिजिटल सेवा सुधारतर्फ काठमाडौं महानगर, SDOC मार्फत प्रणाली विकास र सञ्चालन गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न विभागहरूको सूचना प्रविधि तथा डिजिटल प्रणाली विकास, खरिद, सञ्चाल…
सेवा प्रवाहमा डिजिटल सुधार : ललितपुर महानगरको नयाँ मोडल चर्चामा
ललितपुर । ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको एकद्वार सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ । नागरिकलाई स…
काठमाडौं वडा १७ मा स्मार्ट गभर्नेन्स, एआई मार्फत नागरिक सेवा सुरु
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित अत्याधुनिक ‘कलबो…
काठमाडौं प्रशासनको नयाँ व्यवस्था : राहदानी अब घरमै पुग्ने
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले राहदानी वितरणलाई सहज बनाउन अब हुलाकमार्फत घरमै पुर्याउने…
काठमाडौंमा बढ्दो अनलाइन ठगी : एक महिनामै २६१ उजुरी
काठमाडौं । काठमाडौंमा पछिल्लो समय डिजिटल माध्यमसँग जोडिएका अपराधहरू तीव्र रूपमा बढ्दै गएका छन्, जसले सुरक्षा…
बागमती प्रदेशका सभामुख भन्छनः सरकारी वेबसाइट सुरक्षित छैनन्
बागमती प्रदेशका सभामुख भूवन कुमार पाठकले सरकारका वेवसाइट तथा डाटा सेन्टर सुरक्षि…
बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने
बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । बुधबार आगाम…
मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा बागमती प्रदेश अगाडि
प्रतिखाता एटिएम, मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा बागमति प्रदेश अगाडि रहेको …
३० वटा विद्युतीय बस खरिद गर्दै बागमती प्रदेश
बागमती प्रदेश सरकारले बहुप्रतिक्षित विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको छ । बागम…
बागमती प्रदेशले अब स्मार्ट ड्राइभिङ लाइसेन्स घर घरमै पुर्याउने
बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरमै उपलब्ध गराउने भएको छ …