डिजिटल पेमेन्ट
इसेवाबाट कुनै पनि बैंकमा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबारदेखि असार मसान्तसम्म लागु हुनेछ ।
यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।
उनले भने, ‘इसेवाले जहिले पनि प्रयोगकर्ताहरूको हितमा काम गरिरहेको हुन्छ । अहिले कोभिड महामारीको अवस्था छ । अहिले असार मसान्त भएको हुनाले बैंकको किस्ता तिर्नुपर्ने पनि हुन सक्छ । अर्को तर्फ डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा थोरै भएपनि लाभ होस् भन्ने उदेश्यले हामीले निशुल्क किस्ता तिर्न सकिने सुविधा दिएका हौँ ।'
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ ।
यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
डिजिटल पेमेन्ट
नागरिक एपमा निजी क्षेत्रको सेवा पनि आवद्ध गर्न सकिने
सरकारले सकेसम्मका धेरै सेवा डिजिटलबाट दिने उद्देश्यले ल्याएको नागरिक एपमा निजी क्षेत्रले पनि आफ्नो सेवा आवद्ध गर्न सक्…
नागरिक एपमा झुटो विवरण दिए कारवाही हुने, यस्तो छ निर्देशिका
झुटो विवरण दिएर नागरिक एपमा दर्ता गरे कारबाही हुने भएको छ । सरकारले हालै स्वीकृ…
फोनपेको ‘रिफर एण्ड अर्न’ अफर, एक लाखसम्म जित्न सकिने
फोन पे पेमेन्ट सर्भिस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । जसमा ‘फोन पे अफर …
खल्तीलाई अब आफ्नो व्यवसायमा नि:शुल्क इन्टिग्रेड गर्न सकिने
खल्ती डिजिटल वालेटले असार महिना भित्र खल्तीसँग सम्झौता गर्ने व्यवसायीहरुलाई (स्मार्ट …
वैशाखमा मोबाइल बैंकिङ सेवा वृद्धि हुदा अरु सबै विद्युतीय कारोबार घटे
वैशाख महिनामा अधिकांस विद्युतीय कारोबारमा कमी आएको छ। मुलुकमा विद्युतीय कारोबार वृद्धि भइरहेको बेलामा दोस्रो पटक…
इसेवा र खल्तीबाट स्मार्टको रिचार्ज गर्दा १० प्रतिशतसम्म क्यासब्याक
डिजिटल वालेटबाट स्मार्टको रिचार्ज गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाइने भएको छ । इसेव…
‘जेठ मसान्तसम्म नमस्ते पे संचालनमा आउँछ, बजारमा छिट्टै लिड गर्छौं’
बजारमा आउन लागेको नयाँ भुक्तानी सेवा प्रदायक (पिएसपी) ‘नमस्ते पे’ दुई हप्ताभित्र संचालनमा आउने भएको छ । सेवा संचा…
‘जेठ मसान्तसम्म नमस्ते पे संचालनमा आउँछ, बजारमा छिट्टै लिड गर्छौं’
बजारमा आउन लागेको नयाँ भुक्तानी सेवा प्रदायक (पिएसपी) ‘नमस्ते पे’ दुई हप्ताभित्र संचालनमा आउने भएको छ । सेवा संचा…
अनलाइन भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता पाइने
क्युआरकोड, विभिन्न कार्ड सबै किसिमका विद्युतीय माध्यमबाट भुक्तानी गरी सेवा तथा वस्तु…
आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिने र अफ्नै पेमेन्ट कार्ड ल्याउने
विद्युत्तिय भुत्तानीलाई सरल र सुरक्षित बनाइने छ । आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिनेछ र नेपालको आफ्नै कार्ड वितरण गरिने कुरा आर्थिक वर्षको बजेटमा उल्…
एनसेललाई पनि भुक्तानी सेवा प्रदायकको अनुमति
निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले पनि भुक्तानी सेवा प्रदायकको संचाल…
क्रिप्टोकरेन्सीमा पहिरो : यी हुन मुख्य दुई कारण
विगत केही महिनादेखि निकै उत्साहरुपले बजार पुँजीकरण बढाएको क्रिप्टोकरेन्सी बिटकोईनमा गएको बुधबारका दिन निकै ठूलो…
क्रिप्टोकरेन्सीमा पहिरो : यी हुन मुख्य दुई कारण
विगत केही महिनादेखि निकै उत्साहरुपले बजार पुँजीकरण बढाएको क्रिप्टोकरेन्सी बिटकोईनमा गएको बुधबारका दिन निकै ठूलो…
महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङबाट पहिलो कारोबार गर्दा सय रूपैयाँ क्यासब्याक पाइने
महालक्ष्मी विकास बैंकले २७ औं बार्षिकोत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्…
नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो टेलिकमको नमस्ते पे
नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी) र नेपाल क्लियरिङ हाउस बीच डिजिटल भुक्तानीक…