फिनटेक
नेशनल पेमेन्ट गेटवे निर्माणका लागि ९६ प्रतिशत भुक्तानी, सञ्चालनको सुरसार छैन्
डिजिटल पेमेन्टलाई एकीकृतरुपमा सञ्चालन गर्ने भनेर सरकारले बनाउन लागेको नेसनल गेटवेका लागि ९६ प्रतिशत रकम भुक्तानी भइसक्दा पनि संचालनमा आउन सकेको छैन ।
आपूर्तिकर्तालाई सरकारले अहिलेसम्म सम्झौता रकमको ९६ प्रतिशत भुक्तानी गरिसकेको छ तर यसको संचालन भने कहिले हुने भन्ने अझै टुंगो लागेको छैन ।
सम्झौता रकमको ९५.८७ प्रतिशत रकम भुक्तानी भइसक्दा पनि नेसनल पेमेन्ट गेटवे सञ्चालनमा आउन नसकेको महालेखा परीक्षकको कार्यालयले बताएको छ ।
महालेखा परीक्षणको ५८ औं प्रतिवेदनमा पेमेन्ट गेटवेका लागि २०७५ असार २९ गते भित्र कार्य सम्पन्न गर्ने गरी २०७५ असार १९ गते आपूर्तीकर्तासँग २४ करोड २७ लाख ८० हजार रूपैयाँको खरिद सम्झौता भएकोमा हालसम्म २३ करोड २७ लाख ५८ हजार रूपैयाँ भुक्तानी भएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘पेमेन्ट गेटवे सञ्चालनको लागि नेपाल राष्ट्र बैंकसँगको समन्वयमा परियोजना अगाडि बढाइए तापनि सम्झौता गरेको तीनवर्ष बितिसकेको र सम्झौता अंकको ९५.८७ प्रतिशत भुक्तानी भइसकेको अवस्थामा समेत गेटवे सञ्चालनमा आएको छैन् ।’
यसले गर्दा वारेन्टी, ग्यारेन्टी, लाइसेन्स अवधि र प्रयोग मिति समेत सकिने जोखिम देखिएको महालेखाको भनाइ छ ।
विगत केही वर्षदेखिका बजेटमा हरेक वर्ष नेशनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याउने विषय राखिए पनि यथार्थमा सञ्चालनमा आउन सकेको छैन् ।
राष्ट्रिय सूचना प्रविधिले केन्द्रले गत भदौबाट नेशनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याउने कुरा गफमा मात्रै सिमित भएको छ । सञ्चालनमा ल्याउने भनेको एकवर्ष हुँदा पनि अहिलेसम्म सञ्चालनमा आउने कुनै टुंगो छैन् ।
के हो नेसनल पेमेन्ट गेटवे ?
पेमेन्ट गेटवे अनलाइन भुक्तानीको महत्वपूर्ण पूर्वाधार हो । अहिले बजारमा ई-कमर्सका विभिन्न अनलाइन साइटले कारोबार गरिरहेका छन् । बैङ्कहरूले विभिन्न पद्धतिबाट र अनलाइन पेमेन्ट सेवा प्रदायकहरूले विभिन्न निकायसँग समन्वय गरी काम गरिरहेका छन् ।
यसलाई एकै ठाउँमा ल्याइ धेरै निकायसँग भरपर्नु नपर्ने गरी सरकारसँग सम्बन्धित भुक्तानीहरू सहज र सरलीकृत एव भरपर्दो बनाउन नेसनल पेमेन्ट गेट-वेको अवधारणा ल्याइएको हो ।
नेसनल पेमेन्ट गेटवेमा मोबाइल सेवा प्रदायक, कमर्सियल बैङ्क, सरकारी निकाय आबद्ध हुनेछन् । यसमा राष्ट्र बैङ्कले अनुगमन र सुपरीवेक्षणको काम गर्ने र राष्ट्रिय सूचना केन्द्रले गोपनीयता, सुरक्षालगायतका प्राविधिक पक्ष हेर्नेछ ।
फिनटेक
फोनपेबाट एक दिनमा १ अर्ब बढीको कारोबार
भुक्तानी सेवा प्रदायक फोनपेबाट हुने दैनिक कारोबार १ अर्ब पुगेको छ । फोनपे नेटवर्कबाट एक दिनमा १ अर्ब रुपैयाँ कारो…
अब अनलाइनबाटै सामाजिक सुरक्षा भत्ता दिइने
नेपाल राष्ट्र बैंकले सामाजिक सुरक्षा भत्ता अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ । श…
यो वर्ष विद्युतीय भुक्तानी कारोबार वर्ष, पूर्वाधार र सचेतनाका कार्यक्रम गरिने
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार वर्षका रूपमा…
नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याइने
नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याइने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ क…
डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन गरिने, अब कर्जा आवेदनदेखि स्वीकृतिसम्म अनलाइनबाटै
नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । शुक्रबार आर्थिक…
विद्युतीय भुक्तानीको सीमा पुनरावलोकन हुने, भुक्तानी सेवा प्रदायक र सञ्चालकको दायरा बढ्यो
नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीम पुनरावलोकन गर्ने भएको छ । शुक्रबार आर्…
इसेवाको ‘शिक्षित युवा, सम्वृद्ध भविष्य योजना’, ५ सय बढी विद्यार्थीले छात्रवृति पाउने
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एसईई उतिणर् भएका विद्यार्थीहरूलाई मध्यन…
ओरिएण्टल इन्स्योरेन्सको बीमा शुल्क अब खल्तीबाटै तिर्न सकिने
अब खल्तीबाटै ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्ती बाट सिधै तिर्न सकि…
खल्तीबाट अब टिभिएसका सबै सवारी साधनहरुको किस्ता तिर्न सकिने
खल्तीले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा टिभि…
शनिबार एक घण्टा आरटीजीएस खुला रहने
नेपाल राष्ट्र बैंकले शनिबार एक घण्टाको लागि आरटीजीएस खुला राख्ने भएकोछ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएको छ । आइतबार महासंघका अ…
एनसीएचएलबाट नगद रहित भुक्तानी कारोबारको रकम कुल ग्राहस्थ उत्पादनको तीन गुणा बढी
एनसीएचएलका विभिन्न प्रणालीहरू मार्फत आ. व. २०७७÷७८ मा फर्छ्यौट गरिएको नगद रहित भुक्…
फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ उपहार योजना सार्वजनिक
फोनपे पेमेन्ट सर्भिसले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दि…
प्रभु पे र लस्कर फुड्सबीच सम्झौता, प्रभु पेबाट भुक्तानी गर्दा मोबाइल जित्ने मौका
डिजिटल वालेट प्रभु पे र अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सबीच सम्झौता भएको छ …
एनआईसी एशिया बैंकको मोबाइल एपबाट आईपीओ भर्न सकिने
एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओ आवेदन सकिने सेवा सुरु गरेको …