फिनटेक
डिजिटल भुक्तानीमा नयाँ क्रान्ति : गभर्नर अधिकारी
नेपालको अग्रणी सपिङ सेन्टर भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । यो सँगै यसअघि नगद वा कार्ड मार्फत खरिदको रकम तिनुपर्ने बाध्यता रहेकोमा अबदेखि उपभोक्ताले मोबाइलबाटै रकम भुक्तानी गर्न सक्ने भएका हुन् । बिहिबार टंगालस्थित भाटभटेनी सुपर मार्केटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमबीच क्यूआर कोड उद्घाटन गर्नुभयो ।
भाटभटेनीमा प्रभु बैंक मार्फत क्यूआर स्क्यान राखिएको हो । यसमा भाटभटेनीमा बिलिङका लागि प्रयोग भएको आइएमएस सफ्टवेयरमा समेत फोनपेको सिस्टम अपग्रेड गरिएको छ । जसबाट इसेवा वा फोनपेको सञ्जालमा आवद्ध बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप तथा आइएमई पे तथा सेलपेबाट स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्छ ।
कार्यक्रममा बोल्दै गअर्नर अधिकारीले डिजिटल कारोबारको यो अभियान सफल बनाउने श्रय फोनपे र बैंक तथा वित्तीय संस्थालाई दिनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो‘ “क्यूआर अभियान सुरू भएको १ वर्ष बित्दा नगद कारोबार कम हुँदै गएकोे छ । डिजिटल नेपाल बनाउने अभियानमा भाटभटेनी पनि थपिएको छ ।”
कार्यक्रममा बोल्दै गअर्नर अधिकारीले डिजिटल कारोबारको यो अभियान सफल बनाउने श्रय फोनपे र बैंक तथा वित्तीय संस्थालाई दिनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो‘ “क्यूआर अभियान सुरू भएको १ वर्ष बित्दा नगद कारोबार कम हुँदै गएकोे छ । डिजिटल नेपाल बनाउने अभियानमा भाटभटेनी पनि थपिएको छ ।”
यस्तै कार्यक्रममा फोनपेका अध्यक्ष विश्वास ढकालले डिजिटल कारोबारको अभियानमा भाटभटेनिकोसँगको सहकार्य अर्को कोशेढुंगाा बन्ने बताउनुभयो ।
यस्तै भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरूङले नगदरहित भुक्तानीलाई प्रबर्द्धन गर्न छुटको अफर पनि दिइएको बताउनुभयो । २ वर्षभित्र कुल कारोबारको ७५ प्रतिशत क्यूआरबाट बनाउने भाटभटेनीको योजना रहेको उहाँको भनाई थियो । उहाँले अहिले २० वटा आउटलेटबाट दैनिक ४० हजार जना ग्राहकलाई मौखिक रूपमा क्यूआर र यसको लाभबारे जानकारी गराइरहेको गुरूङले सुनाउनुभयो ।
डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढि मर्चेन्ट पुगेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान(
PCI DSs\\ v3.2.1)
प्रमाणीकरण प्राप्त संस्था हो ।
यस्तै कार्यक्रममा फोनपेका अध्यक्ष विश्वास ढकालले डिजिटल कारोबारको अभियानमा भाटभटेनिकोसँगको सहकार्य अर्को कोशेढुंगाा बन्ने बताउनुभयो ।
कम्पनीले सेवा सुरू गर्ने वित्तिकै कोभिड १९ महामारिका कारण लामो समय लकडाउनमा बस्नुपरेपनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको हो । हाल फोनपेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ । यस्तै अन्तरबैंक रकम ट्रान्स्फर, फोनपे डाइरेक्ट गरि दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ ।
फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ । फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ ।
फिनटेक
आर्थिक रूपान्तरणका लागि सहकारीलाई डिजिटाइज गर्न आवश्यक छ
नेपालको सामाजिक आर्थिक परिवर्तन ल्याउनुपर्छ भनेर हामीले अन्तिम पिएसओको रुपमा नेपाल…
साउनमा क्युआर कोडबाट ५ अर्ब ५६ करोड कारोबार, वालेटबाट हुने कारोबार १४ अर्ब बढी
क्युआर कोडमार्फत हुने कारोबार नयाँ रेकर्ड कायम भएको छ । गएको साउन महिनामा मात्रै …
बागमती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नवीकरण शुल्क इसेवाबाट तिर्न गर्न सकिने
बागमती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा न…
फोनपे डाइरेक्ट बाट कुनै पनि बैंकमा २ लाख रूपैयाँसम्म रकम पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम…
कनेक्ट आईपीएस प्रयोग गरेर फण्ड ट्रान्सफर गर्दा ३ जनालाई स्मार्टफोन
कनेक्ट आईपीएसले ‘मोबाइल बैंकिङ फन्ड ट्रान्सफर बोनान्जा’ अफर सार्वजनिक गरेको छ । असो…
नागरिक एपबाटै सेवा शुल्क, दस्तुर तथा जरिवाना बुझाउन सकिने व्यवस्था गर्दै सरकार
नागरिक एपबाट अब सेवा शुल्क, दस्तुर, जरिवाना वा अन्य कुनै रकम तिर्न वा बुझाउन सकिन…
फोनपेमा मर्चेन्टको संख्या ५ लाख पुग्यो, दैनिक कारोबार ३० करोड माथि
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लि.मा मर्चेन्टको संख्या ५…
मोबाइल बैंकिङबाट अब प्रतिदिन २ लाख रूपैयाँ सम्म कारोबार गर्न सकिने, वालेटबाट कति ?
नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट प्रतिदिन हुने भुक्तानीको सीमा बढाएको छ । रा…
‘नमस्ते पे’ आज सार्वजनिक हुँदै, इन्टरनेट नभए पनि रकम पठाउन सकिने
बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल टेलि…
एभरेष्ट रेमिटबाट पठाएको पैसा अब खल्ती बाट सजिलै प्राप्त गर्न सकिने
खल्ती वालेटले विदेश बाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्ती बाट …
भोलिदेखि ‘नमस्ते पे’ सुरु, टेलिकम र वाणिज्य बैंकका ग्राहक तान्ने योजना
बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ भोलि मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल टेलिकमले विशेष कार्यक्रमसहित यसक…
अब खल्तीबाट आफ्नो बैंक खातामा नि:शुल्क रकम पठाउन सकिने
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिट…
अब ५ लाख सम्मको बिजुली बिल खल्तीबाट सजिलै तिर्न सकिने
अब खल्तीबाट ५ लाख रूपैयाँसम्मको विद्युत महशुल तिर्न सकिने भएको छ । यसका लागि खल्ती…
१२ वालेट तथा बैंकबाट अब विद्युत महशुल तिर्न सकिने, ५०० बढीको महशुलमा ५ रूपैयाँ सेवा शुल्क
अनलाइनबाट विद्युतको महशुल तिर्दा अब सेवा शुल्क लाग्ने भएको छ । नेपाल विद्युत प्राधि…
देशभरका सबै पालिकामा शुरु भयो विद्युतीय भुक्तानी प्रणाली
देशभरका ७५३ वटै पालिकामा विद्युतीय माध्यमबाट वास्तविक समयमा नै भुक्तानी तथा लेखाङ्…