कीवर्डहरू -

फिनटेक

डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिट र सहारा नेपालबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याइरहेकोे नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’का बिचमा रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहारा नेपाल ‘साकोस’का पूर्वी नेपालमा रहेका ८० भन्दा बढि शाखाबाट सहजै भुक्तानी लिन सकिन्छ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका तर्फबाट डिजिएम देवबहादुर थापा र सहाराको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले हस्ताक्षर गर्नुभयो ।

विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.ले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । विशेष गरी डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइममानै बैँक डिपोजिट हुने व्यवस्था मिलाएको छ भने देशभर रहेका १५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै रेमिट्यान्स् भुक्तानी लिन सकिन्छ ।

सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’ले आफ्ना सदस्यहरूलाई बैंकिङ तथा वित्तीय सेवाहरू उपलब्ध गराउँछ । यसले पूर्वी नेपालका विभिन्न जिल्लामा ८० भन्दा बढि शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साकोसले बचत खाता, ऋण, बीमा तथा रेमिट्यान्स् लगायतका सेवा प्रदान गर्दै  आएको छ ।


फिनटेक

डिजिटल साक्षरताका लागि इसेवा मनि ट्रान्सफरले हस्तान्तरण गर्‍यो एन्ड्रोइड टिभी

इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत भोरपुरको भोजपुर …

सिटिजन्स बैंकका कार्डवाहकहरूलाई दीर्घायु हस्पिटलमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चाबहिल, काठमाडौँ स्थित दीर्घायु गुरु हस्पिटल प्र…

सहकारी संस्थाहरूलाई डिजिटल भुक्तानीमा जोड्न आइएमई पे र एम बैंक एपबीच सम्झौता

सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बै…

१ लाख बढीले प्रयोग गर्न थाले हाम्रो पे

नेपालकै लोकप्रिय एप हाम्रो पात्रो अन्तर्गतको डिजिटल वालेट हाम्रो पे सुरु भएको एक मह…

मेट्रो सुपर मार्केटमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट

मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको अबसरमा छुट अफर सार्वजनिक गरिएको छ । जसअ…

सिटिजन्स बैंकका कार्डबाहकलाई ओरिएन्ट क्याफेमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित ओरिएन्ट क्याफेबीच सिटिजन्स बैंकक…

सार्वजनिक भएको २४ घण्टामै हाम्रो पेका १० हजार बढी प्रयोगकर्ता 

सार्वजनिक भएको २४ घण्टामै डिजिटल वालेट हाम्रो पेका १० हजार बढी प्रयोगकर्ता पुगेका …

सुपर एपको बाटोमा हाम्रो पात्रो, अब डिजिटल भुक्तानी पनि गर्न सकिने

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाट अब पैसा तिर्न सकिने भएको छ । शुक्रबार …

डेबिट कार्ड सेवा संचालनका लागि एससीटी र राष्ट्रिय वाणिज्य बैंकबिच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजि…

फास्ट बैंकिङ्ग सेवा सञ्चालन गर्न स्माट च्वाईस टेक्नोलोजिज र प्रभु बैंकबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोज…

एनएमबि बैंकले ल्यायो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा

एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा– इन्स्टा बाइ लन्च गरेको छ । यो …

मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहकहरूलाई चिरायू नेशनल अस्पतालमा १० प्रतिशत सम्म छुट

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरूलाई काठमाडौँको बसुन्धरामा रहेको चिरायू …

वालेटबाट राजस्व तिर्दा अब अधिकतम १० रूपैयाँसम्म शुल्क लाग्ने

नेपाल राष्ट्र बैंकले वालेटबाट सरकारी राजस्व भुक्तानी गर्दा लाग्ने शुल्क घटाएको छ । भ…

बढ्यो विद्युतीय भुक्तानीको सीमा, अब मोबाइल बैंकिङबाट दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने 

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ हुने कारोबारको सिमा बढाएको छ । राष्ट्र बैंकले …

खल्ती ७ औं वर्षमा प्रवेश

खल्ती डिजिटल वालेटले ७ औं वर्षमा प्रवेश गरेको छ ।  सबै नेपालीलाई वित्तिय पहुँच पु…