कीवर्डहरू -

फिनटेक

ग्लोबल आइएमई बैंक र नेपाल क्यिरिङ्ग हाउसबीच नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुखका कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणअन्तर्गत बिलर गेटवेको सफल इन्टिग्रेसन गरी आफ्नो मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसमा सरकारी तथा अर्ध–सरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बीमा शुल्क भुक्तानी, सेयर कारोबारको भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु उपलब्ध हुने व्यवस्था गरेको छ ।

साथै बैंकले नेशनल पेमेन्ट स्वीच अन्तर्गतका नेपाल पे क्यूआर, नेपाल पे इन्सट्यान्ट, नेपाल पे रिक्वेस्ट, लगायतका अन्य सेवाहरु पनि चाँडै नै उपलब्ध गराउनेछ ।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आइएमई बैंक सदैव अग्रसर रहि आएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २५९ एटिएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

फिनटेक

न्यू इयर इभमा इसेवा मार्फत स्क्यान टु पे गर्दा शतप्रतिशत क्यासब्याक पाइने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत चैत ३० गते बुधवार न्यू इयर इभका …

खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता पाइने

वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फि…

दराजबाट सामान किन्दा एनएमबी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

एनएमबी बैंकका ग्राहकहरुले अब दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छ…

मुक्तिनाथ विकास बैंकको डेबिट कार्डबाट दराजमा भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना…

इसेवाबाट कुनै पनि बैंकको क्रेडिट कार्डको बिल भुक्तानी निशुल्क गर्न सकिने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत कुनैपनि बैंक तथा वित्तीय संस्थाको…

दराजमार्फत सामान किन्दा नेपाल बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका …

क्रेडिट कार्ड शुरू गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा बैंक

कामना सेवा विकास बैंकले सोमबारबाट क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । क्रे…

ग्लोबल स्मार्ट प्लसबाट अब पेटिएम, गुगल पे जस्ता भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने

ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको ला…

खल्तीबाट अब बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले नि:शुल्क बैंक ट्रान्सफ…

खल्तीबाट सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने

भुक्तानी कम्पनी ‘खल्ती’ बाट सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरुले भुक्तानी …

खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याक र स्मार्टफोन जित्ने मौका 

भुक्तानी सेवा प्रदायक खल्तीले ‘ईएमआई डन १०० प्रतिशत रिटर्न’ नामक नयाँ अफर ल्याएको छ…

अब इसेवाबाटै भुक्तानी गर्नुहोस् खानेपानीको (केयुकेएल) शुल्क

यो सँगै इसेवा मार्फत केयुकेएलका ठिमी,भकाठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेए…

अब सानिमा बैंकको मोबाइल बैंकिंङ्गबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ…

एनआइसी बैंकका ग्राहकले डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा सोल्टी होटलमा १० प्रतिशत छुट

एनआइसी एशिया बैंकका ग्राहकहरूले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित…