फिनटेक
इसेवाको बैंक अकाउन्ट लिंकबाट भुक्तानी गर्दा धादिङका थापाले पाए ३५० सीसीको मोटरसाइकल
इसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा बम्पर उपहारमा धादिङका निरज थापा मगरले ३५० सी सी को मोटरसाइकल जित्न सफल भएका छन् । विजेता थापालाई मंगलबार नै उक्त मोटरसाइकल हस्तान्तरण गरिएको थियो ।
इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता निरज थापा मगरलाई मोटरसाइकल हस्तान्तरण गर्नुभयो । मोटरसाइकल हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए । चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि, सबै इसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इसेवा वालेटमा आफ्नो बैंक खाता लिंक गरी कारोबार गर्नका लागि सुझाएका थिए ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले भाद्र २० देखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । यस अफरमा इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।
इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी तथा मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली र खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
फिनटेक
माछापुच्छ्रे बैंकले सुरू गर्यो पिओएस मेसिनमा इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधि
माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक पिओएस मेसिनमा इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको सुरूवात गरेको छ । अब माछापुच्छ्रे ब…
नमस्ते पेलाई ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ अवार्ड
डिजिटल वालेट नमस्ते पेलाई आइबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३ को चौथो संस्करणमा ‘मोस्ट इनोभेटिभ डिजिटल…
बढ्दै मोबाइल बैंकिङ कारोबार, एक वर्षमै थपिए ३१ लाख बढी नयाँ प्रयोगकर्ता
एक वर्षमै ३१ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । गत वर्षको तुलनामा यस वर्ष ३१ लाख बढी नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपि…
ईसेवा मनि ट्रान्स्फर मार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु
विश्वका दुईसय भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी…
एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक अफर
एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ …
फोनपेको उपलब्धि: एकैदिन १० अर्ब रूपैयाँ भन्दा बढी कारोबारको सेटलमेन्ट
फोनपेले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उल्…
नेपालपे क्यूआरबाट मासिक १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार
नेपालपे क्यूआर सार्वजनिक भएको ६ महिना यता पहिलो पटक असोज महिनामा नेपालपे क्यूआरको प्रति महिना कारोबार १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
…फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार
फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार भएको छ । मंगलबार फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार भएको हो ।
अक्टोबर १७ मा फोनपेले नयाँ…
सिटिजन्स बैंंकको मोबाइल बैंकिङ एपबाटै अब खाता खोल्नेदेखि कार्ड ब्लक गर्नेसम्म सुविधा
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको मोबाइल बैंकिङ्ग अनुभव अभिवृद्दि गराउने र वास्तविक डिजिटल बंैकिङ्गको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्…
इसेवाको दशैं तिहार अफर, कारोबार गर्दा टुर प्याकेज, स्मार्टफोन र ३ वटा मोटरसाइकल जित्ने मौका
नेपालको पहिलो र अग्रणी भुक्तानी सञ्चालक इसेवाले नेपालीहरूको महान चाड दशैँ तिहारलाई मध्यनजर गर्दै इसेवा डिजिटल उत्सव हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ ।…
अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गर्न सकिने
अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै व…
सन सेक्युरिटिजबाट हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि सन सेक्युरिटिज प्राइभेट लिमिटेड मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ …
नेशनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, बीमालेख सम्बन्धी सम्पूर्ण जानकारी पाइने
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरूलाई लाई …
सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित सूर्या हेल्थ केयर बीच सिटिजन्स…
एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक
एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ…