कीवर्डहरू -

सूचना

एआई र सहायक प्रविधि केन्द्रित ‘AIDA Impact Challenge 2026’ का लागि आवेदन खुला

काठमाडौं । प्रतिक इनोभेसन्सले कृत्रिम बुद्धिमत्ता (एआई) तथा सहायक प्रविधिमार्फत अपाङ्गता भएका व्यक्तिका लागि समाधान विकास गर्ने 'AIDA Impact Challenge 2026’ का लागि आवेदन खुला गरेको छ ।

कार्यक्रमको दोस्रो संस्करणका लागि सेप्टेम्बर १३ देखि आवेदन खुला गरिएको हो । इच्छुक विद्यार्थी, अनुसन्धानकर्ता, डेभलपर, डिजाइनर तथा उद्यमीले अक्टोबर १६ सम्म आवेदन दिन सक्नेछन् ।

यस वर्षको प्रतियोगिताको नारा "AI Without Barriers: Redefining What's Possible for Every Ability" रहेको छ । यसपटक प्रतियोगितालाई पहिलोपटक दुई छुट्टाछुट्टै विधामा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

पहिलो विधा रिसर्च च्यालेन्ज हो । यसमा अनुसन्धानकर्ता, अन्तिम वर्षका विद्यार्थी, एआईमा रुचि राख्ने व्यक्ति तथा प्राज्ञिक क्षेत्रका सहभागीले व्यक्तिगत वा समूहमा आवेदन दिन सक्नेछन् ।

यस विधामा यस वर्ष नेपाली सांकेतिक भाषासँग सम्बन्धित दुई अनुसन्धान समस्या राखिएका छन् । पहिलो समस्यामा नेपाली सांकेतिक भाषाका क्रमलाई पाठ वा ध्वनिमा रूपान्तरण गर्ने विषयमा काम गरिनेछ भने दोस्रोमा व्यक्तिगत संकेत तथा शब्द पहिचान र व्याख्यामा केन्द्रित भएर अनुसन्धान गरिनेछ।

दोस्रो विधा इनोभेसन ह्याकाथन च्यालेन्ज हो । यसमा डेभलपर, डिजाइनर तथा उद्यमीले कार्यान्वयन गर्न सकिने प्रोटोटाइप निर्माण गर्नेछन् । सहभागी टोलीले चारवटा नवप्रवर्तन विधामार्फत अपाङ्गता भएका व्यक्तिको पहुँच, आत्मनिर्भरता तथा जीवनस्तर सुधारमा सहयोग पुग्ने एआईमा आधारित उत्पादन विकास गर्नेछन् ।

आयोजकका अनुसार अक्टोबर २६ देखि नोभेम्बर ३ सम्म आवेदनको छनोट प्रक्रिया सञ्चालन हुनेछ । नोभेम्बर ६ मा सेमिफाइनलमा पुगेका टोली घोषणा गरिनेछ । त्यसपछि नोभेम्बर १७ देखि २५ सम्म अभिमुखीकरण तथा कार्यशाला सञ्चालन हुनेछ । विशेषज्ञसँगको परामर्शपछि डिसेम्बर ५ र ६ मा दुईदिने आइडियाथन आयोजना गरिनेछ ।

अन्तिम चरणका टोली डिसेम्बर ९ मा घोषणा गरिनेछ । त्यसपछि डिसेम्बर १७ देखि १९ सम्म काठमाडौंमा ह्याकाथन, पुरस्कार वितरण तथा समापन कार्यक्रमसहितको ग्रान्ड फिनाले आयोजना हुनेछ ।

इनोभेसन च्यालेन्जअन्तर्गत ह्याकाथन विजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने ‘बेस्ट इनोभेटिभ प्रोडक्ट’का लागि १५ हजार रुपैयाँ पुरस्कार राखिएको छ । पुरस्कारबाहेक उत्कृष्ट परियोजनालाई ग्रान्ड फिनालेपछि इन्क्युबेसन तथा प्रत्यक्ष आर्थिक सहयोग समेत उपलब्ध गराउने आयोजकले जनाएको छ ।

यस वर्षको कार्यशाला शृंखलामा ‘ह्युमन सेन्टर्ड प्रोडक्ट डिस्कभरी फर एक्सेसिबिलिटी’ लगायतका विषय समावेश छन् । यसले सहभागीलाई उत्पादन निर्माणअघि पहुँचसम्बन्धी वास्तविक समस्या पहिचान गर्न सहयोग गर्नेछ ।

त्यस्तै, ‘नेपाली सांकेतिक भाषा : भाषाविज्ञान, प्रतिनिधित्व र कम्प्युटेसनल चुनौती’ विषयक कार्यशालामार्फत सांकेतिक भाषाका हातको आकार, चाल, दिशा तथा संकेत गर्ने व्यक्तिअनुसार हुने विविधताबारे जानकारी दिइनेछ ।

प्रतियोगिताको पहुँच विस्तार गर्न प्रतिक इनोभेसन्सले कलेज एम्बेसडर कार्यक्रम पनि सञ्चालन गरेको छ । १० देखि १५ वटा क्याम्पसबाट १० जना विद्यार्थी एम्बेसडर छनोट गरिनेछन् । यसका लागि प्राविधिक पृष्ठभूमि अनिवार्य नरहेको र क्याम्पस तथा विभिन्न क्लबमा प्रतियोगिताबारे जानकारी फैलाउँदै योग्य विद्यार्थीलाई आवेदन दिन प्रोत्साहित गर्ने जिम्मेवारी रहने आयोजकले जनाएको छ ।

प्रतियोगितासँगै प्रतिक इनोभेसन्सले ‘एआईडीए इनोभेसन फन्ड’ समेत सुरु गरेको छ । ह्याकाथन तथा शैक्षिक क्षेत्रबाट आएका सम्भावनायुक्त विचारलाई प्रोटोटाइपबाट वास्तविक उत्पादनमा रूपान्तरण गर्न सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको हो ।

कार्यक्रममा भारतको आईआईटी कानपुरस्थित एक्सप्लोरेसन ल्याब अनुसन्धान साझेदारका रूपमा सहभागी भएको छ । नेपालका आईटी क्लब अफ अक्सफोर्ड कलेज, कोड फर चेन्ज, सीएसआईटी एसोसिएसन अफ बुटवल मल्टिपल क्याम्पस, SheTech PNC तथा Grafana and Friends Kathmandu लगायतका संस्था तथा क्लब सामुदायिक साझेदारका रूपमा जोडिएका छन् ।

इच्छुकले अक्टोबर १६ अघि आधिकारिक एआईडीए वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । प्रतियोगितासम्बन्धी थप जानकारीका लागि [email protected] वा [email protected] मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

सूचना

आईसीटी अवार्ड २०२६ को नोमिनेसन म्याद थपियो, भदौ ३१ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आईसीटी अवार्डको ११ औँ संस्क…

बाढी प्रभावितका लागि नेपाल टेलिकमको राहत : नि:शुल्क डेटा, कल र एसएमएस सेवा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको नि:शुल्…

विपद्का बेला अपुष्ट सूचना र हृदयविदारक सामाग्री नफैलाउन सरकारको आग्रह

काठमाडौं । रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा आएको प्राकृतिक विपद्का घटनासम्बन्धी सूचना तथा दृश्य सामग्री …

कुमारी जबको एआई प्रविधिमार्फत रोजगारी दिने प्रक्रिया अझ सजिलो बन्दै

काठमाडौं । नेपालको जब पोर्टल तथा एचआर सेवा प्रदान गर्ने कम्पनी कुमारी जबले आफ्नो एआई प्रविधिमा आधारित एप्लिके…

बाढी प्रभावित क्षेत्रमा टेलिकमको राहत : दुई दिन भ्वाइस कल, दैनिक २ जीबी डाटा र ५० एसएमएस नि:शुल्क

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई लक्षित गर्दै दुई दिनसम्म नि:शुल्क भ्व…

अवसरलाई आर्थिक मूल्यमा बदल्न उद्यमशील क्षमता आवश्यक : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्यमशीलतालाई व्यवसाय सुरु गर्ने क्षमतामा मात्र सीमित नगरी अवसर पहिचान, स्रोत …

ईपीएस कोरियाको अनलाइन आवेदन स्थगित

काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले अनलाइन आवेदन प्रणालीमा आएको प्राविधिक समस्याक…

साउन १५ भित्र डिम्याट नवीकरण नगरे साउन १६ देखि खाता रोक्का

काठमाडौं । शेयर बजारमा लगानी गर्नेहरूले आफ्नो डिम्याट (हितग्राही) खाता साउन १५ गतेभित्र नवीकरण नगरे साउन १६…

सामाजिक सञ्जालमा फैलिएको ‘ट्राफिक प्रहरीले २५ प्रतिशत भत्ता पाउँछ’ भन्ने दाबी भ्रामक : नेपाल प्रहरी

काठमाडौं । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घनबाट संकलन हुने जरिवानाको २५ प्रतिशत रकम विशेष भत्ताका रूपमा प्…

सामाजिक सञ्जालमा फैलिएको ट्राफिक जरिवाना सूची फर्जी, विभागले दियो चेतावनी

काठमाडौं । यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा फैलाइएको ट्राफिक जरिवानाको नयाँ दररेट सम्बन्धी पर्चा पूर्…

यातायात विभागको प्राविधिक समस्याले लाइसेन्स सेवा प्रभावित, नयाँ आवेदनदेखि नवीकरणसम्मका काम रोकियो

काठमाडौं । यातायात व्यवस्था विभागको केन्द्रीय प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण देशभरका यातायात कार्या…

राहदानी विभागको नयाँ प्रणाली सुरु, अत्यावश्यक परे मात्र आवेदन दिन आग्रह

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा माइग्रेसन सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन …

विपद्का लागि देशभर एउटै नम्बर : सञ्चालनमा आयो टोल फ्रि नम्बर १२३४

काठमाडौं । विपद्का घटनामा तत्काल सूचना आदानप्रदान, समन्वय र नागरिकका गुनासोको छिटो सुनुवाइ सुनिश्चित गर्न सर…

राष्ट्रिय वाणिज्य बैंकको इन्टरनेट बैंकिङ सेवा बन्द हुँदै, ग्राहकलाई ‘RBB Digital Sansar’ प्रयोग गर्न आग्रह

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो RBB Internet Banking सेवा बन्द गर्ने जानकारी दिएको छ । बैं…

नक्सा सेवामा नयाँ व्यवस्था : बैंक तथा वित्तीय संस्थाका लागि ‘मेरोकित्ता’ अनिवार्य

काठमाडौं । नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने नक्सासम्बन्धी सेवा पूर्ण रूपमा डिजिट…