मोबाइल
नेपालमा भीभोको भी २९ ई फाइभजी सार्वजनिक, कति छ मूल्य ?
टेक्नोलोजी ब्रान्ड भिभोले भी सिरिजको नयाँ स्मार्टफोन भी २९ ई फाइभजी सार्वजनिक गरेको छ । कार्तिक १६ देखि १९ गतेसम्म भी २९ ई फाइभजीको प्रि–बुकिङ्ग खुला गरिएको छ ।
भी २९ ई फाइभजीको प्रि–बुकिङ्ग गरी ग्राहकहरुले ३ हजार ९९९ रूपैयाँ मुल्य बराबरको रिभरसङ्ग इयरबड प्राप्त गर्न सक्नेछन् । यो स्मार्टफोनको मूल्य ४२ हजार ९९९ रूपैयाँ तोकिएको छ । कार्तिक २० गतेदेखि यो स्मार्टफोन बिक्रीका लागि उपलब्ध हुनेछ ।
यसको अत्याधुनिक विशेषताहरुले गर्दा भिभो भी २९ ई फाइभजीले स्टुडियो जस्तो दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । भी २९ ई फाइभजीमा स्मार्ट औरा लाइट पोट्र्रेटको साथै १२० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ ।
यो फोन रोज गोल्डमा नानो–स्केल फोटोएचिङ टेक्निक र फरेस्ट ब्ल्याक लिभरेजिङ फ्लोराइट एजी ग्लासमा उपलब्ध छ । स्लिम फ्ल्याट फ्रेम र ६.६७ इन्चको स्क्रिन साइजको साथ, हालै लन्च गरिएको भिभो भी २९ ई फाइभजीमा ६४ मेगापिक्सेल ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, स्मार्ट औरा लाइट पोट्र्रेटको साथ स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, १२० हर्जको एमोलेड डिस्प्ले लगायतका आकर्षक विशेषताहरु रहेका छन् ।
मोबाइल
गुगल पिक्सेल फोनमा पिक्सेल क्यामेरा एप सार्वजनिक हुँदै
गुगलको पिक्सेल फोनमा क्यामेरा एप उपलब्ध हुने भएको छ । एप अहिले प्ले स्टोरमा नाम परिवर्तन प्रक्रियामा रहेको छ ।
अक्टोबर १७ मा सार्वजनिक हुँदै नयाँ आईप्याड लाइनअप
एप्पलले केही समय अगाडि आईफोन १५ सार्वजनिक गरेको थियो । अब फेरि कम्पनीले नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको छ ।
<…रियलमी ११ एक्स फाइभजी र रियलमी ११ फाइभजी सार्वजनिक
रियलमीले असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा फ्यान फेस्ट आयोजना गर्दै सोही…
२०० मेगापिक्सेल क्यामेराका साथ रेडमी नोट १३ स्मार्टफोन सार्वजनिक हुने
कम्पनीले रेडमी नोट १३ स्मार्टफोनमा २०० एमपी क्यामेरा उपलब्ध गराउने भएको छ । यहीकार…