कीवर्डहरू -

मोबाइल

६ हजार एमएएच ब्याट्री र शक्तिशाली क्यामेरा भएको सामसङ ग्यालेक्सी एम १५ फाइभजी सार्वजनिक

चर्चित स्मार्टफोन कम्पनी सामसङले आफ्ना ग्राहकका लागि एम सिरिजका दुईवटा फोन सार्वजनिक गरेको छ । यस सिरिजका सामसंग ग्यालेक्सी एम १५ फाइभजी र ग्यालेक्सी एम ५५ फाइभजी ल्याइएको छन। ग्यालेक्सी एम१५ फाइभजी ब्राजिलमा बिहीबार मार्च २८ मा लन्च गरिएको छ । 

यो फोन एन्ड्रोइड १४ मा आधारित वान यूआई ६.१ मा काम गर्छ र यसमा एएमओएलईडी डिस्प्ले छ । यो ह्यान्डसेट ग्यालेक्सी एम ५५ फाइभजीसँग सार्वजनिक गरिएको छ। यो डिभाइसमा ६,००० एमएएच ब्याट्री र ५० मेगापिक्सेलको ट्रिपल रियर क्यामेरा सेटअप छ । 

मूल्यको बारेमा कुरा गर्दा, सामसङ ग्यालेक्सी एम १५ फाइभजीको ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १,४९९ बिआरएल अर्थात् लगभग रु ४० हजार नेपाली रुपैयाँबाट सुरु हुन्छ ।

यो डिभाइस गाढा निलो, खैरो र हल्का निलो गरी तीन रङमा ल्याइएको छ । यो फोनमा ६.५ इन्च फुल–एचडी + सुपर एएमओएलईडी डिस्प्ले छ, जसमा ९० हर्ज रिफ्रेस रेटको साथ वाटरड्रप–स्टाइल नोच छ ।

यो डिभाइसमा अक्टा–कोर मिडियाटेक डाइमेन्सिटी ६१०० प्लस चिपसेट राखिएको छ । ग्यालेक्सी एम १५ फाइभजीमा ट्रिपल रियर क्यामेरा सेटअप छ, जसमा ५० मेगापिक्सेल प्राथमिक क्यामेरा, ५ मेगापिक्सेल सेकेन्डरी सेन्सर र २ मेगापिक्सेल शूटर छ ।

फोनको अगाडि १३ मेगापिक्सेल सेल्फी क्यामेरा पनि छ । यी फोनमा ४५ वाट फास्ट चार्जिङ सपोर्टसहितको ६ हजार एमएएच ब्याट्री उपलब्ध गराएको छ ।

 

मोबाइल

नेपाली बजारमा इन्फिनिक्सका तीन स्मार्टफोन सार्वजनिक, यस्ता छन् फिचर

नेपाली बजारमा इन्फिनिक्सले स्मार्ट ८ सिरिज अन्तर्गतका तीन स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्…

नेपाली बजारमा सार्वजनिक भयो इन्ट्री लेभलको स्मार्टफोन रेड्मी ए थ्री

साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेड्मी ए थ्री सार्वजनिक गरेको छ । इन्ट्री लेभलको फोनको रूपमा रहेको रेड्मी ए थ्री नेपालमा उ…

आईफोन १६ मा हुनेछन् यस्ता सुविधा

आइफोन १६ लाईनअपका फोनहरू भिडियो खिच्न क्याप्चर बटनको साथ ल्याइने भएको छ । यस सिरिज आईफोनको कम्प्युटर एडेड डिजाइन (सिएडी) स्केच…

भिभो भी ३० स्मार्टफोन प्रि-बुकिङ गर्दा इयरबड निःशुल्क

स्मार्टफोन भिभो भी ३० नेपालमा प्रि-बुकिङ खुला भएको छ । औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अपग्रेड गरिएको भिभो भी ३० मा मा ५…

एप्पल आइप्याड प्रोले २०२४ मा ओएलइडी स्क्रिन र एमथ्री चिप पाउने

एप्पलले आज धेरै उत्पादनहरूमा काम गरिरहेको छ र ती मध्ये एक हो एप्पल आइप्याड प्रो २०२४ जुन आउँदो केही महिनामा धेरै नयाँ सुविधाह…

रियलमीको सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्ट बजारमा उपलब्ध

स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रि…

आइफोन १६ सिरिजमा ब्याट्रीको डिजाईन र क्यापेसिटीमा वृद्धि

आइफोन १६ र आइफोन १६ प्रो म्याक्सको ब्याट्री विवरण बाहिरिएको छ । आइफोन १६ सिरिजमा ब्याट्रीको डिजाईन र क्यापेसिटीमा बढा…

आइफोनको आगामी सिरिजको बारेमा पछिल्लो अपडेट, नयाँ परिवर्तन आईफोन १७ र १७ प्लसमा देख्न सकिने

आईफोन १७ र १७ प्लस यस पटक प्रयोगकर्ताहरूको आकर्षण बन्न सक्छ । यसको कारण फोनमा प्रयोग हुने प्रोमोशन डिस्प्लेको हुन सक्छ ।

भिभोले भिभो भी३० सार्वजनिक गर्ने

भिभोले भिभो भी३० रिलिज गर्न लागेको छ । यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता गरेको कम्पनीले ब…

भिभो भि ३० सिरिजका फोन तीन रङमा आउँदै

भिभोले आफ्ना ग्राहकहरुका लागि भिभो भि ३० सिरिजका दुई नयाँ फोन भिभो भि ३० र भिभो भि ३० प्रो ल्याउने भएको छ । भिभोले नयाँ फोन…

सामसङका यी फोनमा उपलब्ध हुँदैछ ग्यालेक्सी एआई

सामसङको ग्यालेक्सी एस २३ सिरिज, एस२३ एफई, जेड फोल्ड५ र जेड फ्लिप ५ सिरिजमा ग्यालेक्सी एआई सुविधा उपलब्ध हुने भएको छ । 

विश्वमा बिक्री हुने १० स्मार्टफोन मध्ये ७ वटा आईफोन

विश्वमा बिक्री हुने १० स्मार्टफोन मध्ये ७ वटा आईफोन रहेको एक अध्ययनमा देखिएको छ । काउन्टरपोइन्ट रिसर्चको रिपोर्ट अ…

नथिङ टुए स्मार्टफोनमा मिडिया टेकको प्रोसेसर प्रयोग हुने

नथिङको आगामी फोन २ एमा मिडिया टेक डाइमेन्सिटी ७२०० प्रो प्रयोग हुने भएको छ । यसअघि नथिङ वान र टु स्मार्टफोनका लागि क्वालकमको …

अनर एक्स नाइन बी भारतमा पनि सार्वजनिक

अनर एक्स ९ बी भारतमा पनि सार्वजनिक भएको छ । नेपालमा सार्वजनिक भएको केही समय पछि सो फोन भारतमा समेत सार्वजनिक भएको हो । …

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक, यस्ता छन् सुविधा

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक भएको छ । उत्कृष्ट सुविधासहित नेपालमा ग्यालेक्सी ए १५ सार्वजनिक गरेको सामसङ…