कीवर्डहरू -

समाचार

नेपाली डेटिङ एप एस्ट्रोपडमा नयाँ फिचर, अब इभेन्टका लागि पार्टनर खोज्न सकिने

सहरको कुनै कन्सर्टमा जाँदै हुनुहुन्छ अथवा चलचित्र हेर्ने सोंच बनाउँदै हुनुहुन्छ । अथवा रमाइलो पार्टीमा सहभागी हुने योजना बनाइरहनुभएको छ । तर, यस्ता इभेन्टमा एक्लैभन्दा कोही मन मिल्ने साथी लिएर जाने रहर छ । त्यस्तै साथी खोजिदिने फिचरसहित एस्ट्रोपड उपस्थित भएको छ ।

नेपाली युवाहरुले निर्माण गरेको डेटिङ एप एस्ट्रोपडले आफ्ना प्रयोगकर्तालाई रोमाञ्चक फिचर थप गरेको हो । युवायुवतीका लागि डेटिङ पार्टनर खोजिदिने उपायसहित एक वर्ष अघि नेपाली बजारमा सार्वजनिक भएको एस्ट्रोपडले अब इभेन्टमा सँगै जाने पार्टनर पनि खोज्न सकिने सुविधा सार्वजनिक गरेको छ ।

एपमा हालै अपडेट गरिएको एक्सप्लोर फिचरले तपाईँको रुचि साझा गर्ने र इभेन्टसँगै अन्वेषण गर्न चाहने समान विचारधारा भएका व्यक्तिसँग जोडिने रोमाञ्चक उपाय उपलब्ध गराउँछ ।

यसमा प्रयोगकर्ताहरुले आफ्नो राशीअनुसारको एयर साइन फायर साइन अर्थ साइन तथा वाटर साइन हेरेर आफ्नो डेटिङ्ग पार्टनरका साथमा डेटिङ्ग स्थल छनोट गर्न सक्नेछन् ।

विशेषगरी वायु, अग्नी, जल र पृथ्वीले हाम्रा दैनिक जिवनकार्य र मानवलाई असर पार्ने ज्योतिषशास्त्रिय मान्यताअनुसार यी चिन्हमा आधारित रहेर प्रयोगकर्ताले आफूजस्तै रुचि राख्ने व्यक्ति खोजेर डेट गर्न सक्नेछन्।

एक्सप्लोर फिचरमा अप्ट इन गरेर र विशिष्ट घटना वा रुचि चयन गरेर ति गतिविधिमा आफूजस्तै रुचि राख्ने व्यक्ति पत्ता लगाउन सकिन्छ । कन्सर्ट, उत्सव, मेला वा पहिलो डेटको लागी स्मरणीय स्थल जान खोज्दै हुनुहुन्छ भने एस्ट्रोपडको एक्सप्लोर फिचरले त्यो सबै कभर गरेको छ ।

इभेन्टमा यसरी सहभागी बन्नुहोस्

तपाईँ चलचित्र हेर्न जाने साथी खोज्दै हुनुहुन्छ भने एक्सप्लोर स्क्रिनमा नेभिगेट गरेर ‘मूभी डेट’ विकल्पमा छनौट गरेर त्यसमा अप्ट इन गर्नुहोस् । त्यहाँबाट सम्भावित ‘म्याचिङहरू’ मार्फत स्वाइप गर्न सुरु गर्न सक्नुहुन्छ, ज्योतिषीय अनुकूलता मूल्याङ्कन गर्न सक्नुहुन्छ, र दायाँ स्वाइप गरेर वा एस्ट्रोपड पठाएर आफ्नो रुचि व्यक्त गर्न सक्नुहुन्छ ।

यो अनौठो सुविधाले तपाईँको पहिलो डेटिङ्गका लागि कहाँ जाने भन्ने निर्णय गर्ने रमाईलो र आकर्षक तरिका प्रदान गर्दछ । एस्ट्रोपडको एक्सप्लोर सुविधाले रोमाञ्चक सम्भावनाहरूको ढोका खोल्छ र कुनैपनि इभेन्ट वा समान रुचिको संसारमा जोडिन सहयोग गर्दछ ।

कसरी प्रयोग गर्ने ?

१. एस्ट्रोपड एप खोल्नुहोस् र स्क्रिनको तल–बायाँ कुनामा अवस्थित एक्सप्लोर मेनुमा नेभिगेट गर्नुहोस् ।
२. एक्सप्लोर मेनुमा, तपाईँले विशिष्ट घटनाहरू वा रुचिहरू जस्ता विभिन्न विकल्पहरू फेला पार्नुहुनेछ । त्यहाँ आफूलाई मनपर्ने इभेन्ट वा रुचि छान्नुहोस् जुन तपाईँ थप एक्सप्लोर गर्न चाहनुहुन्छ ।
३. उही इभेन्टमा रुचि राख्ने अन्य व्यक्तिहरू हेर्न, तपाईँले अप्ट इन गर्न आवश्यक छ । त्यहाँ इभेन्टमा अप्ट इन गरिएका प्रयोगकर्तालाई मात्र देखाइनेछ । यसले तपाईँलाई इभेन्टको लागि तपाईँको उत्साह साझा गर्ने सम्भावित जोडाहरू हेर्न र कनेक्ट गर्न अनुमति दिनेछ ।
४. तपाईँले छनोट गरेपछि आफूजस्तै रुचि, प्रोफाइल, प्राथमिकता र अन्य सान्दर्भिक जानकारी भएका व्यक्तिलाई एक्सप्लोर गर्नुहोस् र ज्योतिषीय अनुकूलता जाँच गर्नुहोस् ।
५. कार्यक्रमको लागि अप्ट इन गर्ने अन्य प्रयोगकर्ताको प्रोफाइलमार्फत स्वाइप गर्नुहोस् । आफ्नो रुचि संकेत गर्न दायाँ स्वाइप गर्नुहोस् वा आफ्नो रुचिको बारेमा जानकारी दिन  एस्ट्रोपड प्रयोग गर्नुहोस् ।

नेपाली युवाहरुको टोलीले तयार पारेको नेपालको एकमात्र डेटिङ एप एस्ट्रोपड अहिलेसम्म एक लाखभन्दा बढी युवायुवतीले प्रयोग गर्दै आएका छन् ।

यो एपमार्फत युवायुवतीले सहजैरुपमा आफ्नो रुची र ज्योतीषीय हिसाबले पनि उपयुक्त व्यक्तिलाई साथी वा जीवनसाथी बनाउन सक्छन् । एस्ट्रोपड आईओएस र एन्ड्रोइड दुवै स्टोरमा उपलब्ध छ ।

समाचार

सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्छौः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कद…

भारतमा दर्ता भयो हाम्रो पात्रो, ज्योतिष, गिफ्ट र टेलिहेल्थ सेवा उपलब्ध गराउने

नेपालको हाम्रो पात्रोले अब भारतमा पनि सेवा उपलब्ध गराउने भएको छ । भारतीय बजारमा …

जीमेलमा क्यालेन्डर सुविधा आउँदै

गुगलले क्यालेन्डर टुल जीम…

हिमालय एयरलाइन्सको टिकट बुकिङ अब अनलाइनबाटै गर्न सकिने

हिमालय एयरलाइन्सले आफ्ना सबै अन्तर्राष्ट्रिय सेक्टरमा अनलाइन टिकेटिङ सुरुवात गरेको छ…

राजु मास्टर, बल्छी ध्रुवेसहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश

अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ ९बल्छी धुर्वे०, राजु पौडेल ९राजु मास्टर० सहितका कलाक…

११ कक्षामा पढ्न चाहनेलाई छात्रवृत्ति दिदै काठमाडौं महानगर, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं महानगरले कक्षा ११ मा पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । बि…

त्रिविका पदाधिकारी, शिक्षक र कर्मचारीलाई अनलाइनबाट सम्पति विवरण बुझाउन निर्देशन

त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयले त्रिवि पदाधिकारी, शिक्षक र कर्मचारीलाई…

वर्ल्डलिंकको इन्टरनेट जोड्ने कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

कुमारी बैंक लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसनबीच कुमारी बैंकका ग्राहकलाई वर्ल्डलिंकक…

सीएनआई र दराजले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न सहकार्य गर्ने

नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लाटफर्म कम्पनी दराजबीच स्वद…

बैंकको कर्मचारी हुँ भन्दै ओटीपी कोड मागेर ११ लाख ठगी गर्ने पक्राउ 

बैंकको कर्मचारी हुँ भन्दै ओटीपी कोड मागेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छ…

क्लासिक टेकको अफरः वार्षिक रिचार्जमा ४ महिना बोनस, क्यासब्याकसँगै टिभी जित्ने मौका

क्लासिक टेकले  आफ्ना ग्राहकहरूका लागि रिचार्ज अफर ल्याएको छ । अब प्रयोगकर्ताहरूले क्ल…

आइएमई पेबाट यती एयरलाइन्सको टिकट खरिद गर्दा पाँच सयसम्म छुट पाइने

आइएमई पेमार्फत यती  एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्र…

प्लस साइज नेपालको आउटलेट कुमारीपाटीमा, सामाजिक सञ्जालबाट मात्रै दैनिक २०० बढी अर्डर 

बसुन्धारबाट सुरु भएको प्लस साइज नेपालले सोमबार आफ्नो तेस्रो आउटलेट कुमारीपाटीमा स…

विद्युतीय व्यापार विधेयक राष्ट्रिय सभामा पेस

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्…

पनौतीको सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । …