समाचार
नेपाली पात्रोमा नयाँ सुविधा
नेपाली पात्रोले ‘अद्भूत रेडियो - रेडियो पनि अनलाइन समाचार पनि’ भन्ने थिममा आईओएस र एन्ड्रोइड दुबै एपमा नयाँ अपडेट सार्वजनिक गरेको छ ।
यो अपडेटले देशभर र देश बाहिरबाट संचालन हुने नेपाली रेडियोहरुलाई समेट्ने कामसँगै रेडियोमा केही अद्भूत र अहिलेसम्म रेडियो एप्लिकेशनमा प्रयोग नभएका केही नविन र स्मार्ट सुविधा समेटेको जनाएको छ ।
रेडियोका स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा उक्त रेडियोको आधिकारीक अनलाइन समाचारका हेडलाइनहरु पनि देख्न सकिने छ ।
यसका साथै समाचारहरुलाई विभिन्न सामाजिक सञ्जालहरुमा सेयर गर्न सकिने छ भने सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएम/रेडियोहरुले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरु सोही रेडियोको पेजमा पढ्न सकिने बताइएको छ ।
यसले प्रयोगकर्तालाई स्थानीय रेडियोले प्रशारण गरेको रेडियो सामग्रीहरु मध्ये ताजा सूचना तथा समाचारहरु अनलाइन माध्ययमबाट पढ्न पनि सजिलो हुनेछ ।
प्रयोगकर्ताले नेपाली पात्रो लगइन गरी आफूलाई मनपरेको रेडियोलाई फेब गर्ने, विभिन्न सामाजिक सञ्जालमा सेयर गर्ने, उक्त रेडियो कतिजनाले सुने र कति वटा लाइक भयो भन्ने कुराहरु देख्न सक्ने छन् ।
साथै रेडियो सुन्ने प्रयोगकर्ताहरुले नेपाली पात्रो लग-इन गरी आफूले सुन्ने रेडियोमा आफ्नो विचार सम्प्रेशन समेत गर्न सक्ने कम्पनीको भनाइ छ । त्यसरी सम्प्रेशन गरिएका विचारहरुमा अन्य प्रयोगकर्ताले प्रतिक्रिया समेत दिन सक्नेछन् ।
नयाँ अपडेटमा रेडियो खोज्नका लागि सजिलो सर्च माथिल्लो भागमै सहज हुनेगरी राखिएको छ भने नेपाली पात्रोमा धेरै सुनिने ट्रेण्डिङमा रहेका रेडियोहरु, प्रदेश अनुसारका रेडियोहरु, फ्रिक्वेन्सी सहितका रेडियोहरु र प्रिक्वेन्सी नभएका तर अनलाइन माध्ययममा रहेका लोकप्रिय अनलाइन रेडियोहरु पनि एप्लिकेशनको माथिल्लो ट्याबहरुमा समेटिएको हाम्रो पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटाले बताए ।
यस सुविधाले प्रयोगकर्तालाई फ्रिक्वेन्सी रेडियो र अनलाइन रेडियो मध्ये जुन माध्ययमको रेडियो सुन्न मन लाग्छ सोहि अनुसारको ट्याबलाई सेलेक्ट गरी आफूलाई मनपर्ने रेडियो सुन्न र खोज्न सजिलो बनाएको छ ।
यस रेडियो अपडेट बाहेक अहिले नेपाली पात्रोमा विश्वकप फुटबलको स्कोर अपडेट, सहभागी टोली, अंक तालिका, लाइनअप, हरेक खेलको स्ट्याट र लाइभ टेक्स्ट कमेन्ट्रीसहितको सुविधा ‘IME Football 2022’ पनि समावेश गरेको छ भने ‘आम निर्वाचन २०७९’ मतगणनाको लाइभ अपडेट पनि हेर्न सकिन्छ ।
नेपाली पात्रो नेपाली तिथि, मिति, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव / पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको डिजिटल क्यालेण्डर हो ।
‘नेपाली पात्रो’बाट नेपाली समय, तिथिमिति, पञ्चाङ, शुभ साईत / मुहु्र्त घडी पलाहरुको सम्पुर्ण जानकारीहरु सजिलै वेबसाइट, आईफोन तथा एन्ड्रोइडमा विश्वको जुनसुकै कुनाबाट सजिलैसंग प्राप्त गर्न सकिन्छ ।
नेपाली पत्रो प्रयोग गरी सजिलै जो कसैले पनि क्षणभरमैं केवल जन्मस्थान तथा जन्म मिति र समय राखेर विश्वासिलो जन्म कुण्डली / जन्मपत्री / जन्म पत्रिका (सटीक वैदिक ज्योतिष सिद्धान्तहरुको उपयोग गरिएको मोबाइल एप्लिकेशन) बनाउन सकिन्छ ।
समाचार
ह्वावेले विश्वका १२० मिलियन मानिसलाई डिजिटल विश्वमा जोड्न सघाउने
ह्वावेले अन्तर्राष्ट्रिय दूरसञ्चार संघको पार्टनर टू कनेक्ट डिजिटल अलायन्समा सामेल हुने…
फ्युजमेसिन्स र काठमाडौँ विश्वविद्यालयबिच सम्झौता, एआई शिक्षा सुधारमा सहकार्य गर्ने
फ्युजमेसिन्सले काठमाडौँ विश्वविद्यालयसँग एआई शिक्षाका सुधारका लागि सम्झौता गरेको छ …
मेरो किरानाबाट सामान खरिद गर्दा आईएमई पेमार्फत पैसा तिरे १५ प्रतिशत छुट पाइने
आइएमई पे र मेरो किरानाबीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतासँगै मेरो किरानाबा…
यस वर्ष पनि पुल्चोक क्याम्पसमा हल्ट प्राइज आयोजना हुँदै
पुलचोक क्याम्पसमा यस वर्ष पनि हल्ट प्राइज आयोजना हुने भएको छ । विद्यार्थीको नोबेल पु…
इसेवाको टोल फ्री नम्बरमा समस्या, सामाजिक सञ्जालबाट सम्पर्क गर्न सकिने
डिजिटल वालेट सेवा प्रदायक कम्पनी ईसेवाको टोल फ्री नम्बरमा समस्या देखिएको छ ।
यी ठाउँमा उपलब्ध छन् भिभोका सर्भिस सेन्टर
भिभोले देशभरका एक हजारभन्दा बढि रिटेल स्टोरहरू तथा देशभर विभिन्न स्थानमा ४ वटा से…
साओमीको टिभी खरिद गर्दा स्मार्ट एयर फ्रायरदेखि ईलेक्ट्रिक टुथब्रशसम्म जित्ने मौका
नेपालको अग्रणी स्मार्टफोन र टिभी कम्पनी शाओमीले वल्र्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्…
सीजी टेलिभिजन खरिद गर्दा ५० हजारसम्म क्यासब्याकको अफर
इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी ब्राण्डले चलिरहेको फुटबल वर्ल्डलिंक २०२२ को उपलक्ष्यमा आफ्ना …
सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताको रूपमा नेपाल टेलिकम सम्मानित
आन्तरिक राजस्व विभागले नेपाल टेलिकमलाई आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी आयकर दा…
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर बन्द
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको क…
आइसिटी अवार्डको ग्राण्ड फिनाले र छनौट प्रकृयाका सेसन अब कान्तिपुर टिभीमा हेर्न पाइने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि …
बिग डिजिटलबाट टिभी किन्दा आईएमई पेमार्फत स्मार्ट क्युआर स्क्यान भुक्तानीमा १ हजार छुट
आइएमई पे र बीग डिजिटलबीच सम्झदारी भएको छ । समझदारी अनुसार कतारमा जारी विश्वकप फ…
माइक्रोसफ्टको भर्चुअल किबोर्ड स्वीफ्ट की आईओएसमा फेरि पनि सार्वजनिक हुने
माइक्रोसफ्टको भर्चुअल किबोर्ड एप स्वीफ्ट की आईओएसमा फेरि पनि सार्वजनिक हुने भएको छ ।…
एनसेलको नयाँ प्रिपेड प्लान सार्वजनिक, यस्ता छन् सुविधा
एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहककालागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहक…
दराजमा पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै स्क्याम, सचेत रहन कम्पनीको आग्रह
दराजले पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै ह्वाट्सएपमा म्यासेज आए सचेत हुन आग्रह …