समाचार
डिजी पेको फ्रेन्चाइजी अवधारणा, प्रति महिना ५ लाखसम्म कमाउन सकिने
नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागि अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी ‘डिजी पे’ ले फ्रेन्चाइजीको अवधारणा सार्वजनिक गरेको छ ।
यसअनुसार डिजी पेले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुवैमा कारोबार गर्न मिल्ने सुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवर्द्धनका लागि फ्रेन्चाइजीको अवधारणा लिएर आएको हो ।
डिजी पे मा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आबद्ध हुुनसक्ने छन् ।
भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ ।
डिजी पेले स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरू सँग फ्रेन्चाइजीको सहकार्य गर्दै आएको छ । यस्तै थप विस्तारका लागि अन्य फ्रेन्चाइजीहरु समेत आह्वान गरिरहेको कम्पनीको भनाइ छ ।
फ्रेन्चाइजीहरूको मुख्य कार्य, व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पेमा निःशुल्क आबद्ध गराउनु पर्ने कम्पनीको भनाइ छ ।
यस योजना अन्तर्गत फ्रेन्चाइजीहरूले डिजी पेसँगको सहकार्यबाट कम्पनीले प्रदान गरेका टार्गेट पुरा भएको अवस्थामा प्रति महिना रु.४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने कम्पनीका अध्यक्ष दिवाकर बहादुर पाण्डेले बताए ।
डिजी पेमा व्यवसायीहरूले निःशुल्क आबद्ध भई विभिन्न सेवा तथा फाइदाहरू प्राप्त गरी बजार विस्तार र प्रचारप्रसार बाट उच्च मुनाफा आर्जन गर्न सक्नेछन् ।
आबद्ध हुँदा रु.५०० टपअप र सेवा शुल्कमा छुट, नेपालकै नं एक न्युज टेलिभिजन च्यानल ए.बि.सि न्युज मार्फत विशेष सहुलियतमा विज्ञापन प्रसारण, राष्ट्रिय दैनिक पत्रिका द नेपाल टप मार्फत विज्ञापन,स्टार हस्पिटलको रु.८२५ को दुई वटा ओपीडी टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुट प्राप्त हुने बताइएको छ ।
समाचार
नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२३ बाट प्रिक्सा टेक्नोलोजी सम्मानित
नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२३ प्रिक्सा टेक्नोलोजीले प्राप्त गरेको छ । राष्ट्रिय स…
नेसनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) २०२३ बाट गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित
नेसनल आइसिटी अवार्ड प्राइभेट सेक्टर २०२३ बाट गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सम्मानि…
नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित
नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित भएको छ …
नेसनल आईसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालत सम्मानित
नेसनल आईसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालत सम्मानित भएको छ । राष्ट्र…
नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सम्मानित
नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सम्मानित भए…
विरेन्द्र मिश्र नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
सरकारी सेवालाई डिजिटाइज गर्न महत्वपूर्ण योगदान दिएका पूर्व सह-सचिव विरेन्द्र मिश्र न…
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस सुरू
सुरक्षित सूचना प्रविधि, सुशासन र सम्वृद्धि भन्ने नारासहित राष्ट्रिय सूचना तथा सञ्चार …
साइबर सुरक्षालाई प्राथमिकतामा राखेको छौः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षालाई प्राथमिकतामा राखेको ब…
सूचना प्रविधिको प्रयोगबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्…
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै
सरकारले मंगलबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउँदै छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धिु भन्न नारासहित सरकारले मंगल…
क्यान महासंघ मकवानपुरद्वारा अंग्रेजी टाइपिङ प्रतियोगिता सञ्चालन
क्यान महासंघ मकवानपुर जिल्ला शाखाले अंग्रेजी टाइपिङ प्रतियोगिता सञ्चालन गरेको छ । …
पठाओले गर्यो राइडर, क्याप्टेन र पठाओ हिरोहरूलाई सम्मान
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले …
सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, ६० दिनभित्र कोषको व्यवस्थापनको मस्यौदा ल्याउने
सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच ७ बुँदे सहमति भएको छ । …
सिटिजन्स बैंकको नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सार्वजनिक
सिटिजन्स बैंकले नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सुरुवात गरेको छ। बैंकमा आय…
सिड्नीमा नेपालीको ह्याकाथन, आर्टिफिसियल ईन्टेलिजेन्समा भविष्य खोज्दै नेपाली
कृतिम बौध्दिकता (आर्टिफिसियल ईन्टेलिजेन्स) यतिखेर प्रविधिको क्षेत्रमा सबैभन्दा बढी चर्…