समाचार
एनआईसी एशिया बैंकको क्युआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक
एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्युआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधासहितको क्युआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक गरेको छ ।
डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पुर्याउने हेतुले बैंकले ल्याएको यो योजना आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ भने उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू मात्र यस योजनामा समावेश हुन पाउने छन् ।
देशभर २ लाखभन्दा बढी मर्चेन्टहरूमाझ उपस्थिती जनाइसकेको यस बैंकले क्युआर भुक्तानीलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न कम्पनीहरूसँगको समझदारीमा पहिलो पटक कारोबार गर्ने मर्चेन्टहरूलाई सम्बन्धित साझेदार कम्पनीहरू मार्फत आकर्षक लाभको व्यवस्था गरेको छ ।
यस योजना अनुसार यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौं सुपरमार्केटको तर्फबाट रु. २ हजार बराबरका १० वटा ह्याम्पर, Tricot Industries को तर्फबाट ५–५ हजार बराबरको १०० वटा भौचर, Hard Rock Café को तर्फबाट १० वटा Non-Veg BBQ को भौचर, बिग डिजिटलको तर्फबाट एक–एक थान Rice Cooker, Breakfast Maker तथा Hand Blender र सिजी डिजिटलको तर्फबाट एक–एक थान Mixer Grinder, Induction Cooker तथा Dry Iron को व्यवस्था गरिएको छ ।
साथै, बैंकले Tranquility Spa को तर्फबाट ५० वटा भौचर, अगेनो सेकुवाको तर्फबाट एक–एक हजारका ४ वटा भौचर, हुकुट स्टोरको तर्फबाट ६ वटा घडी एवं २ वटा इयरबड, कुटुम्ब होटलको तर्फबाट दुई–दुई हजारका ५ वटा भौचर, अपटाउन रेष्टुरेन्टको तर्फबाट १५–१५ सय बराबरको ५ वटा भौचर र स्क्वायर होटलको तर्फबाट दुई–दुई हजारका ३ वटा भौचर प्रदान गर्नेछ ।
यसरी उपलब्ध फाइदाहरु बैंकले २०० मर्चेन्टहरूलाई निजहरुको कारोबार रकम र कारोबार संख्याका आधारमा छनौट गर्नेछ भने समझदारी प्रदान गरेका कम्पनीहरूले हस्तान्तरण गर्नेछन् । यसै योजना अनुसार यस बैंकले राखेको Fonepay QR कोडमार्फत असार मसान्तसम्ममा पहिलो QR भुक्तानी लिने सम्पूर्ण मर्चेन्टहरूले एक पटक वा पटक पटक गरी रु. २०० भन्दा माथिको भुक्तानी लिँदा कुल रु. १०० क्यासब्याक प्राप्त गर्नुहुनेछ ।
यस बैंकको QR मर्चेन्ट बन्न चाहनुहुने इच्छुक व्यवसायी तथा कम्पनीहरूले बैंकको वेबसाइट भित्र Apply Now आइकनमा ट्याप गरी उपलब्ध विकल्पहरूमध्ये Be a merchant बाट अनलाईन आवेदन दिन सक्नुहुनेछ ।
मुलुकमा भुक्तानीको माध्यम विस्तारै नगदबाट डिजिटलतर्फ अगाडि बढिरहेको अवस्थाबीच बैंकको यस मर्चेन्ट प्रोत्साहन योजनाले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।
समाचार
इन्स्टाग्रामले ल्याउँदैछ आफ्नै एआई च्याटबट
मेटा स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्राममा अब प्रयोगकर्ताले छिटै नै आर्टिफिसियल इ…
कोरियाको हानपाससँग नेपाल रेमिटको सम्झौता
कोरियाको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आ…
पठाओको फुड फेस्ट सुरू, आकर्षक पुरस्कारसहित अर्डरमा ८० प्रतिशतसम्म छुट
नेपालको अग्रणी अनलाइन फुड डेलिभरी कम्पनी पठाओ नेपालले 'अब भान्सामा ताल्चा लगाउँदा…
ग्लोबल स्मार्ट प्लसबाट लुम्बिनी केबलकारको टिकट काट्दा १० प्रतिशत क्यासब्याक
ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्…
आईटी कम्पनीहरूको संस्था नास आईटीले भन्योः बजेट सकारात्मक छ, सहकार्य गर्न तयार छौं
सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीको हकहितका लागि स्थापना भएको संस्था नेपाल …
ईसेवा मनि ट्रान्सफरको बम्पर विजेता श्रेष्ठ हस्तान्तरण समारोहमा नेपाल आउँदै
डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभि…
एनसेलले हालेको करसम्बन्धी मुद्दामा नेपाल सरकारको जित
विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा ए…
सरकार फेसलेस गभर्नेन्सतर्फ उन्मुख भइसकेको छः सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मोवाईल डिभाईस म्यानेजमेण्ट सिष्टम (एम्डि…
एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरूलाई बिना धितो कर्जा प्रदान गर्ने
एनएमबि बैंक र दराज नेपाल बिच दराज नेपालका बिक्रेताहरूलाई बिना धितो विद्युतीय कर्…
नेपाल इन्टरनेट फाउन्डेसनले मनायो ‘सेल्फी विथ डटर’ दिवस
नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ …
ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य
नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिश…
एनपी नगले काठमाडौंमा ५ दिने कार्यशाला आयोजना गर्दै
नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले पाँच दिने कार्यशाला आयोजना गर्ने भएको छ ।…
एआई सम्बन्धी विश्वको पहिलो शिखर सम्मेलन आयोजना हुने
एआई समयको साथ धेरै लोकप्रिय हुँदैछ, तर यसको खतरा पनि बढ्दै गएको छ । यसलाई ध्यानम…
एक करोडसम्मको घर बीमा सुविधा इसेवाबाट वार्षिक ५०० देखि ४५०० रूपैयाँमा गर्न सकिने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले युएसएआईडी, तयार र शिखर इन्स्य…
कार्ड बिना नै ज्योति विकास बैंकको एटीएमबाट पैसा निकाल्न सकिने
ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस …