कीवर्डहरू -

समाचार

विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम अन्तर्गत शोध गर्न विद्यार्थीलाई अनुदान दिदै सरकार

राष्ट्रिय युवा परिषद्ले विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम शीर्षक अन्तर्गत २० जना अनुसन्धानकर्ता विद्यार्थीलाई ४० हजार रूपैयाँका दरले अनुसन्धान कार्यमा सहयोग अनुदान उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार परिषद्ले युवाका लागि विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम शीर्षक अन्तर्गत उक्त सहयोग अनुदान उपलब्ध गराउने भएको हो ।

शोध अनुसन्धानका कृषि तथा पशु विज्ञान, जैविक प्रविधि, वनस्पति शास्त्र, भौतिक शास्त्र, जीव शास्त्र, गणित शास्त्र, तथ्याक शास्त्र, वातावरण शास्त्र, सूचना तथा प्रविधि, जल तथा मौसम विज्ञान शास्त्र, भूगर्भ शास्त्र, खाद्य प्रविधि चिकित्सा विज्ञान, वन विज्ञान, सूक्ष्म जीव विज्ञान, अन्तरिक्ष विज्ञान, ईन्जिनियरिङ (सिभिल मेकानिकल ईलेक्ट्रोनिक्स ईलेक्ट्रिकल कम्प्युटर आदी) र विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित अन्य विषयहरुमा गर्न सकिने छ ।

अनुदानका लागि ३० दिन भित्र युवा परिषदको वेवसाईट www.nyc.gov.np मा रहेको गुगल फर्म मार्फत निवेदन दिनुपर्नेछ वा यहाँ क्लिक गरेर पनि आवेदन दिन सकिने छ ।

अनुदान सहयोगका लागि विज्ञान तथा प्रविधि विषयमा स्नातकोत्तर दोस्रो वर्ष, तेस्रो र चौथो सेमेष्टर अध्ययनरत नियमित विद्यार्थीले मात्र आवेदन दिई प्रपोजल पेश गर्न पाउने छन् ।

त्यस्तै आवेदकले अनिवार्य रुपमा गुगल फर्म भर्नुपर्नेछ । सूचना वमोजिम प्राप्त आवेदनलाई सर्टलिष्ट गरी सर्टलिष्टमापरेका आवेदकलाई मात्र प्रपोजल

प्रस्तुतीकरण गर्न लगाईने छ भने सर्टलिष्टमा परेका आवेदक विद्यार्थीले अनिवार्य रुपमा प्लेगारिजमको सर्टिफिकेट पेश गर्नुपर्नेछ ।


समाचार

सूचना प्रविधिमा चासो राख्नेका लागि शनिबार टेक्किज मिटअप हुँदै, यसरी हुनुहोस् सहभागी

अफिभर्स टेक सर्भिसेजले टेक्किज मिटअप २०२२ आयोजना गर्ने भएको छ । सूचना प्रविधिको क्ष…

फेसबुकमा पुनः सक्रिय भयो एमआरआर ग्रुप

फेसबुकले चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई सक्रिय बनाएको छ । यसअघ…

राष्ट्रिय परिचयपत्रको उपयोगितालाई अझ बढाउँदै लैजानुपर्छः गृहसचिव

गृह सचिव विनोद प्रकाश सिंहले सोमबार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको अनुगम…

यात्रुको सहजताका लागि बससेवाले कलंकीमा बनायो यात्रु प्रतिक्षालय, वाईफाई र खानेपानीको सुविधा

अनलाइनबाटै बसको टिकट काट्न मिल्ने प्लेटफर्म बससेवाले यात्रु प्रतिक्षालय स्थापना गरेको…

रोल्पा शहरी खानेपानीको बिल अब इसेवाबाटै तिर्न सकिने, यस्तो छ तरिका

रोल्पा शहरी खानेपानी संस्थाको मासिक बिल भुक्तानी अब अनलाइनबाटै गर्न सकिने भएको छ …

वर्डक्याम्प नेपाल २०२२ भरतपुरमा सम्पन्न, ‘वर्डक्याम्प नेपाल २०२४’ पोखरामा हुने

चितवनको भरतपुरमा शनिबार देखि संचालन भएको वर्डप्रेस सम्बन्धि दुई दिने वृहत अन्तराष्ट्…

नो नट अगेनको पेज र ग्रुप बन्द नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नो नट अगेन अभियानलाई कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश ज…

फेसबुकमा नक्कली अकाउन्ट बनाइ महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ 

सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् । फ…

२ लाखले प्रयोग गर्न थाले डिशहोम फाइबरनेट

डिशहोम फाइबरनेटका ग्राहक २ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजारमा…

सातै प्रदेशका विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिङ्कको सहयोग

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतन…

फुटबल विश्वकपलाई लक्षित गर्दै भायानेटको अफर, टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट

आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि …

अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न

अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्…

यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टमा टेलिकमले निःशुल्क ई-सिम वितरण गर्दै

यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टमा नेपाल टेलिकमले निःशुल्क ई-सिम वितरण गरिर…

यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टको पहिलो दिन सात हजार बढीले गरे अवलोकन

लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टको पहिलो द…

सय बढी स्टार्टअपको सहभागितामा आजदेखि स्टार्टअप फेस्ट हुँदै, निःशुल्क अवलोकन गर्न सकिने

सातै प्रदेशको कार्यक्रम पश्चात लिभिङ विथ आइसिटीको आयोजनामा शुक्रबार र शनिबार अर्थात…