कीवर्डहरू -

समाचार

इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।

प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले जानकारी दिए । 'जुन प्रदेशको नाम लेखिएको थियो त्यो नेपालीमा हुन्छ । नम्बर प्लेटमा नेपालको झण्डा रहेको छ । त्यसले नेपालको सवारीसाधन भन्ने जनाइहाल्छ', उनले भने ।

इम्बोस्ड नम्बर आपूर्ति गर्न बङ्गलादेशको  कम्पनी टाइगर आइटीले जिम्मा पाएको छ । पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नेगरी विसं २०७३ मा सम्झौता भएको थियो ।

सरकारले इम्बोस्डमा राख्ने भाषा टुङ्गो लगाए पनि प्राविधिक विषय मिलाउनुपर्ने भन्दै ठेकेदार कम्पनीले अझै नम्बर प्लेट छपाइ गरेको छैन। 'नम्बर प्लेटमा देवनागरी लिपि राख्नका लागि उनीहरुको सिस्टममा परिवर्तन गर्नुपर्ने रहेछ', इन्जिनियर थापाले भने, 'उनीहरुले त्यसका लागि तयारी गर्दैछ । अब छिट्टै सुरु हुन्छ । हामीले सोहीअनुसार तयारी गर्न भनेर सम्बन्धित ‘पार्टी’लाई निर्देशन दिएका छौँ।'

विविआइएनअन्तर्गतका बङ्गलादेश, भूटान र भारतमा समेत नेपाली सवारीसाधन चल्ने र उनीहरुको उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्नसक्ने हुनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अङ्ग्रेजी भाषाको प्रयोग गरिएको उनको भनाइ थियो । भारत, चीनलगायत कतिपय मुलुकमा समेत इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुने गरेको इन्जिनियर थापाले सुनाए ।

वैशाख १२ गतेको प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर नेपालीमा, नेपाली तथा अङ्ग्रेजीमा र अंग्रेजीमा गरी तीनवटै विकल्पमा छपाइ गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भइसकेको र केही समयमै लागू हुने जानकारी गराएका थिए ।

गत चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले इम्बोस्ड नम्बर प्लेट देवनागरीमा छपाइ गर्न पाउने निर्णय गरेको थियो । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा इम्बोस्ड नम्बर देवनागरीमा छपाइ गर्ने विषयलाई अगाडि बढाइएको बताएका थिए । 'त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौँ । त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गइरहेका छौँ', उनले भनेका थिए ।

सरकारले अङ्ग्रेजीमा इम्बोस्ड नम्बर छपाइ गर्न अनिवार्य गरेको भन्दै नेपाली भाषा बचाउ अभियन्ताले विरोध जनाउँदै आएका थिए । धेरै पटक सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुँदै आएको थियो । यसअघि इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुँदै आएको थियो ।

निर्देशनको पर्खाइमा विभाग

सरकारले देवनागरी लिपिमा इम्बोस्ड नम्बर छपाइ गर्ने भने पनि मन्त्रालयबाट स्पष्ट निर्देशन नआउँदा यातायात व्यवस्था विभागले सो कार्य अगाडि बढाउन नसकिएको जिकिर गरेको छ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यससम्बन्धमा विभागबाट कुनै तयारी नभएको र मन्त्रालयको निर्देशनको पर्खाइमा आफूहरु रहेको बताए ।

'देवनागरी लिपिमा छाप्ने भन्ने भयो, तर कुनकुन अक्षर र अङ्क देवनागरीमा छाप्ने भन्ने स्पष्ट भएको छैन', उनले भने, 'मन्त्रालयबाट निर्देशन आएपछि मात्रै काम सुरु हुन्छ। विभागले अहिले पुरानै व्यवस्थाअनुसार इम्बोस्ड छपाइ गरिरहेको छ ।'

अङ्ग्रेजीलाई अमान्य भनेको होइन, इम्बोस्ड नम्बरका लागि प्राप्त ‘अर्डर’ अनुसार प्लेट छपाइ भइरहेको छु, सूचना अधिकारी पनेरुले भने । हालसम्म करिब तीन लाख इम्बोस्ड नम्बर छपाइ भएको छ ।

समाचार

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्यो

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्…

नयाँ कार्यविधिको पर्खाइमा यात्री मोटरसाइकल 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालमा उत्पादित सवारी साधनको दर्ता प्रक्रिय…

अब लुम्बिनीमा विद्युतीय बस र भ्यान सञ्चालनमा आउने

बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् ।

दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स यही मे ११ देखि १२ सम्म आयोजना हुँदै

नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आ…

ग्रो बाइ डेटाको नयाँ अफिस सानेपामा, अमेरिकी राजदूतले गरे उद्घाटन

बोस्टन र काठमाडौँमा रहेको मार्केटिङ इन्टेलिजेन्स कम्पनी ग्रो बाइ डेटाले सानेपामा आफ्…

सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिन्छौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिइने प्रतिबद्धता जनाएका छन् । बुबुधबा…

दर्शकको भरपुर मायाले मण्डला नाटकघरमा \'जून\'लाई फेरि एक पटक ब्युँताउने

काठमाडौंको जमलस्थित नाचघरको प्रेक्षालयमा गत चैत १० गते शुक्रबार गिती नाटक ‘जून’ क…

आईएमईको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

आईएमई  लिमिटेडको साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु  क्यापिटल…

ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था ल्याउँदै सरकार

१२ वैशाख, काठमाडौं। सरकारले अब ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था ल्य…

प्रभु बैंकको इन्टरनेट बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा ग्राहकलाई सौभाग्य हस्पिटलमा छुट

प्रभु बैंक लिमिटेड र कैलालीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरकाबीच विभिन्न सेवा…

मोफसलबाट सफ्टवेयरको क्रान्ति गर्दै डाइनामिक टेक्नोसफ्ट

१२ वर्ष अगाडि वीरगञ्जमा दीपक साहको स्कुल पढ्दाको समयमा स्कुलमा न डिजिटल हाजिरी गर्ने सिष्टम थियो न त स्कुलमा कम्प्युटर…

गलकोट नगरपालिकाको सार्वजनिक स्थलमा सिसि क्यामेरा सञ्चालनमा

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नागरिकलाई शान्तिको प्रत्याभुति दिलाउ…

स्वदेशी सवारी साधन दर्ताका लागि सहजीकरण गरिने

सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि कानुनी जटिलता…

नेपालमा उत्पादित सवारी साधन दर्ताबारे सात दिनभित्र मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने

११ वैशाख, काठमाडौं । नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानूनी…

माइक्रोसफ्टले विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिने

माइक्रोसफ्टले विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिने भएको छ । यस भर्समा…