कीवर्डहरू -

समाचार

चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद

चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय झाओ जियाङपेङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौँ महानरगपालिका–१६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा गैरकानुनीरूपमा शङ्कास्पद गतिविधि भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले केही दिनदेखि खोजतलास गरिरहेको थियो ।

सोही क्रममा खरिबोटस्थित घर भाडामा लिई नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई अवैधरूपमा कल तथा एसएमएस बाइपास गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ठूलो परिमाणमा सिमकार्ड तथा अन्य अवैध उपकरण, नेपाली रुपैयाँ र विभिन्न देशका मुद्रा बरामद गरिएको छ ।

उनीहरूको साथबाट एनसेलको प्रयोग गरेका र नगरेका सिममात्रै तीन हजार सात सय थान बरामद गरिएको छ । यस्तै झण्डै पाँच लाख नेपाली रुपैयाँ र डलरसहित विभिन्न मुलुकका पैसा पनि बरामद गरिएको छ ।

उनीहरूउपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट आज म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

समाचार

गुगलबाटै यसरी खोज्नुहोस् तपाईको लेखका लागि कि-वर्ड 

कुनै पनि लेख वा पोष्ट लेख्नुअघि, तपाईलाई एउटा उत्तम कि-वर्ड चाहिन्छ, जसको मद्दतले त…

सामसङको ग्यालेक्सी एफ ५४ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता

सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ ५४ स्मार्टफोन सार्वजनिक गरेको छ । १०८ मेगा पिक्से…

डिजिटल वालेट चलाउन सिकाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

इसेवा, खल्ती लगायतका वालेट चलाउन सिकाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ…

मन्त्रिपरिषदबाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो

नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको व…

सिटिजन्स बैंकका कार्डबाहकलाई नयाँ बानेश्वर मल्टीप्लेक्सका पसलमा ३० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्ट…

साइबर सुरक्षामा जनचेतना जगाउन भदौमा ह्याकरहरूको सम्‍मेलन

ह्याकर भन्‍ने बित्तिकै झट्ट आममानिसको मानसपटलमा नकारात्मक सोच आउँछ। ह्याकर भनेको त …

अब ९९९ रूपैयाँमै एसी जडान

इजी सर्भिस नेपालले अब ९९९ रूपैयाँमा एसी जडान गरिदिने भएको छ । गर्मी बढेसँगै एयर…

एप्पलका डिभाइसमा नयाँ सुरक्षा अपडेट, कम्युनिकेसन सेफ्टीदेखि लकडाउन मोडसम्म

एप्पलले आफ्नो वार्षिक विकासकर्ता सम्मेलनमा एप्पल डिभाइसहरूको लागि नयाँ सुविधाहरू घो…

मध्य बानेश्वरमा सामसङको नयाँ सर्भिस सेन्टर

सामसङले हालै मध्य बानेश्वरमा नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । सो उद्…

भर्चुअल रूपमै सञ्चारमन्त्रीलाई अब सुझाव र गुनासा टिपाउन सकिने, यस्तो छ तरिका 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग अब भर्चुअल संवाद गरेर सुझाव र गुनासो…

टेलिकमले भन्योः ‘ग्राहकको गोपनियतालाई सधै सम्मान गर्छौ, ढुक्क भएर प्रयोग गर्नुस्’

नेपाल टेलिकमले जेठ २२ मा एक अनलाइन न्युज पोर्टलमा नेपाल टेलिकमका सेवाका सुरक्षाप्…

एप्पलको वार्षिक कार्यक्रमः पहिलो दिन भिजन प्रो र नयाँ सफ्टवेयर अपडेट सार्वजनिक

आइफोन निर्माता कम्पनी एप्पलको यो वर्षकै सबैभन्दा ठूलो कार्यक्रम वर्ल्ड वाइड डेभलपर्स सम्…

अनलाइनबाट यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेम…

डेटा फेलोशिपका लागि आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन

कोड फर नेपालले डेटा फेलोशिप २०२३ का लागि आवेदन खुला गरेको छ । डेटा सीप प्रदान …

एप्पलको वर्ल्ड वाइड डेभलपर सम्मेलन आजबाट, आईओएस १७ सार्वजनिक हुन सक्ने

आइफोन निर्माता कम्पनी एप्पलको वर्षकै सबैभन्दा ठूलो इभेन्ट आजदेखि सुरु हुँदैछ । नेपा…