समाचार
सरकारले महावीर पुनसँग आजै लिखित सहमति गर्छ : प्रधानमन्त्री प्रचण्ड
चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग आजै सरकारले महावीरसँग लिखित सहमति गर्ने बताएका छन् ।
चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले माइतीघर मण्डलामा बस्नुभन्दा अघिल्लो दिन महावीरसँग छलफल गरेर माग सम्बोधन गर्ने सहमति भइसको भए पनि आज सरकारले लिखित सहमति गर्ने बताएका हुन् ।
चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘माइतीघर मण्डलामा बस्नुभन्दा अघिल्लो दिन महावीर मकहाँ वालुवाटार आउनुभयो। राम्रो कुराकानी भयो। उहाँले ४ बुँदे मागहरु दिनुभयो र आविष्कार र नवप्रवर्तनका लागि जीडीपीको एक प्रतिशत बजेट छुट्याउनु पर्ने माग राख्नुभयो। तर विकास बजेटको एक प्रतिशतमा सहमत हुनुभयो।’
बजेटमा उक्त माग सम्बोधन गर्ने सहमति भएपछि हिंड्ने बेलामा महावीरल ‘म त माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदौ रैछ विचार गर्नु पनि छ’ भनेर हाँस्दै निस्किएको प्रचण्डले सुनाए ।
‘म त माइतीघरमा बस्छु विचार गर्छु भन्नुभयो सहज ढंगले । मैले बस्नुस भन्न मिल्दैन बस्नुभयो भने मलाई मद्दत नै हुन्छ भनेँ,’ प्रचण्डले भने, ‘करिबकरिब मैले बुझ्दा त सरकारसँगको सल्लाहमै बसेको बुझेको छु।’
उनले महावीर धर्ना बस्दा उनको माग अनुसारको बजेट छुट्याउन सरकारलाई सहज हुनेसमेत बताए । पहिले नै महावीरको माग सम्बोधन गर्न तयार भइसकेकोले सरकारले वास्ता गरेन भन्नु झुटो भएको उनको भनाइ छ ।
समाचार
नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेलको नियुक्त
नमस्ते पे का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले २०८० वैशाख १७ गत…
पारस खड्का हाइफ्युचरको ब्रान्ड एम्बेसडर नियुक्त
हाइफ्युचर, स्मार्ट वियरेबल र अडियो उत्पादनहरूको अग्रणी ब्राण्डलगायतको नेपालमा तपाईं …
पब्जी मोबाइल र वर्ल्डलिंकबीच सहकार्यको सम्झौता
विश्वको अग्रणी मोबाइल गेममध्येको एक पब्जी मोबाइल र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले…
बैतडी दोगडाकेदारमा ५ दिनदेखि सञ्चार सेवा अवरुद्ध
बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध भएको छ । द…
सूचना प्रविधि दिवस टेलिकमको अफर : ९८ रुपैयाँमा ६ जीबी डेटा
नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका …
\'विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०\' कार्यक्रम सम्पन्न
नेपाल राष्ट्र बैंकले काठमाडौँमा 'विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०' कार्…
च्याट जीपीटीलाई इटालीले लगाएको प्रतिबन्ध हटायो
एआई च्याटबट ‘च्याट जीपीटी’लाई इटालीले प्रतिबन्ध हटाएको छ।
…
किशोरी तथा महिलाका लागि ‘प्रि-जब ट्रेनिङ’ आयोजना गर्दै क्यान महासंघ
काठमाडौं । नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अभिभावक संस्था क्यान महासंघले…
लुम्बिनी आउने धर्मावलम्बीका लागि लक्ष्मी केयर्सद्वारा विद्युतीय सवारी साधन प्रदान
लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले ल…
एनएमबि बैंकका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभको खरिदमा छुट
एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरूलाई वासिङ मेसिन र …
इटहरीमा अनलाइनबाटै घरको नक्सा पास गरिने
सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सुरु गरेको छ । …
४ बुँदे माग राखेर महावीर पुन आन्दोलनमा
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बसेका छन्।
…
मौलाकालिका केबलकारको ग्लोबल स्मार्ट प्लसबाट टिकट किन्दा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुरको गैडाकोटमा रहेको मौलाकालिका केवलकारको टिकट…
अब लाइसेन्स छपाइको जानकारी एसएमएसबाटै
यातायात व्यवस्था विभागले सेवाग्राहीलाई फेरि मोबाइलमा एसएमएसमार्फत सवारी चालक अनुम…
गर्ल्स इन आइसिटी डे : महिला सशक्तिकरणको अभियान
आज गल्र्स इन आइसिटी डे । विश्वव्यापी रुपमा अनेकन कार्यक्रमहरु गरी महिलाहरुलाई सूचना…