कीवर्डहरू -

समाचार

टेक्नोलोजी, अनलाइन शपिङ लगायतमा लगानी गर्ने साथी पार्टनर्सले १० लाख कित्ता शेयर बिक्री गर्ने

साथी पार्टनर्स लिमिटेडले पुजी बृद्धीकोलागि आन्तरिक शेयर बिक्री गर्ने भएको छ । यस आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पुँजी पुर्‍याउने उद्देश्य सहित १० लाख कित्ता संस्थापक शेयर आन्तरिक बिक्री मार्फत व्यवसायिक सोचका व्यक्तित्वहरू कम्पनीमा जोड्ने लक्ष्य रहेको कम्पनीको संस्थापक अध्यक्ष तथा साथीमार्टका सिईओ सागर पोखरेल जानकारी दिए ।

७ वटाभन्दा बढी सफल तथा भविष्यमुखी कम्पनीमा लगानी गरी उत्पादनदेखि रिटेल, टेक्नोलोजीदेखि अनलाइन शपिङ र कृषि क्षेत्रका राम्रा व्यवसायिक योजनामा काम गर्ने यस पब्लिक कम्पनीको अधिकृत पुँजी ५० करोड र चुक्ता पुँजी हाललाई ५ करोड ७३ लाख रहेको पोखरेलले बताए ।

‘२०८०-८१ भित्र कम्पनीको कुल चुक्ता पुँजी एक अर्ब ५० करोड पुर्‍याई आईपीओमा समेत जाने लक्ष्य छ,’ पोखरेल भन्छन् ‘आगामी योजनाहरू कार्यान्वयन गर्नको लागि कम्पनीले करिब १० लाख कित्ता शेयर टिम, प्रमोटर तथा आन्तरिक स्रोतमार्फत पुँजी वृद्धि गर्ने र कम्पनीको चुक्ता पुँजी हाललाई १५ करोड ७३ लाख रुपैयाँ पुर्‍याउने लक्ष्य राखेका छौँ ।’

साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथीमार्टको टिम मार्फत केही विषेश तथा ठूला योजना सहित श्रावण १ गतेबाट औपचारिक रुपमा सुरु भएको हो ।

यो कम्पनी अन्तर्गत साथीमार्ट, साथी प्रोडक्सन, इलेक्ट्रेनिक्स, उत्पादन, कृषी, कपडा ब्राण्ड, मःम फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजी लगायत ७ भन्दा बढी कम्पनीमा लगानी गरी देशकै राम्रो ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

यस कम्पनीको स्थापनाले साथीमार्टको उत्पादनदेखि रिटेलसम्मका क्षेत्रमा काम गरी लोकल उत्पादकलाई राष्ट्रिय र अन्तराष्ट्रिय बजारसम्म पुग्ने उद्देश्यमा ठूलो फढ्को मार्ने कम्पनीको दावी छ । कम्पनीमा ५ जनाको अनुभवी संचालक समिति समेत रहेको छ ।

समाचार

फर्चुन ५०० को सूचीमा विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडी

काठमाडौं । विद्युतीय सवारी निर्माण गर्ने विश्वविख्यात चिनियाँ कम्पनी बीवाईडी फर्चुन …

डिजिटल प्रणालीमा अपग्रेड हुँदै मनकामना केबलकार

नेपालको पहिलो केबलकार मनकामना केबलकार आगामी साउन २३ गतेदेखि केबलकार सेवा बन्द …

एक महिनामै ३ लाख ५० हजार घटे नेपाल टेलिकमका ग्राहक, टेलिकम भन्छ, ‘सक्रिय ग्राहक घटेका होइनन्’

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले एक महिनामै ३ लाख ५…

गरिमा विकास बैंकको मोबाइल बैंकिङ अपग्रेडेड, अब एउटै क्रेडेन्सियलबाट एप र वेबसाइटमा पहुँच

गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाईल बैंकिङ्ग एपको अपग्रेडेड संस्करण गरिमा डिजी…

जानकी टेक्नोलोजीलाई एक्सिलेन्स फर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स अवार्ड

जानकी टेक्नोलोजी प्रालिलाई ‘एक्सिलेन्स फर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स-…

१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुँदै

१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुने भएको छ । हरेक वर्ष माघमा हुँदै आ…

डिशहोमको सेवाहरु अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

डिशहोमले प्रदान गर्ने सेवाहरु अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिजार्ज गर्न सकि…

फोहोरबाट मिथेन ग्यास उत्पादन

झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सक…

सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई ‘नो डाटा नो प्रोब्लम’ योजना अन्तर्गत मोबाइल बैंकिङ्…

सम्पन्न भयो देशकै पहिलो हेल्थ ह्याकाथन, टिम शिशुकेयरले जित्यो प्रथम उपाधि

काठमाडौं । देशमै पहिलोपटक आयोजना भएको हेल्थ फर ह्याकाथन प्रत्योगिताको प्रथम उपाधी …

भदौबाट ई-सिम उपलब्ध गराउने टेलिकमको तयारी, कस्तो हुन्छ ई-सिम ? 

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भदौबाट ई-सिम उपलब्ध गराउन…

पठाओको ट्याक्सी सेवा तेस्रो वर्षमा, सित्तैमा ट्याक्सी चढ्ने अफर

पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ नेपालले आकर्…

अनलाइनबाटै बीमा सेवा दिने मेरो बीमाको औपचारिक उद्घाटन 

नेपालको इन्स्सोरेन्स एग्रिगेटर मेरो बीमाको औपचारिक उद्घाटन भएको छ । गत शुक्रबार सूच…

प्राधिकरणकी उपनिर्देशक बासुकला मस्ट इन्फ्लुयन्सियल पर्सन अफ दी एयर अवार्डबाट सम्मानित

नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक इन्जिनियर रोजाकिरण बासुकला ‘मस्ट इन्फ्लुयन्सिय…

सानिमा बैंकका प्रयोगकर्ताले अब नमस्ते पेमा पैसा लोड गर्न सक्ने

सानिमा बैङ्कका ग्राहकहरूले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् । ग्राह…