समाचार
काठमाडौं, पोखरा र चितवनमा वर्ल्डलिङ्कको कन्सर्ट, निःशुल्क प्रवेशको सुविधा
इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ ।
कम्पनीले यही चैत १० गते चितवनमा तथा १२ गतेका दिन पोखरा र काठमाडौंमा ‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको हो ।
हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने छन् । सोही दिन गृहनगर चितवन महानगरपालिकाले उनको सम्मानमा नगर परिक्रमा सहित विशेष कार्यक्रम आयोजना गर्नेछ ।
नारायणीको तिरमा साँझ साढे ४ बजेदेखि हुने उक्त कार्यक्रमलाई वर्ल्डलिङ्कले मुख्य प्रायोजन गर्नेछ । त्यसक्रममा निर्मल पुर्जाको साथमा ठूलो स्क्रिनमा ‘१४ पिक्स’ डकुमेन्ट्री हेर्ने कार्यक्रम समेत राखिएको छ । चितवनमा हुने कार्यक्रममा राजु लामा, स्वप्निल शर्मा गायन प्रस्तुती समेत रहनेछ ।
त्यसको भोलिपल्ट अर्थात् चैत १२ गते एकैदिन पोखराको मितेरी पार्क र काठमाडौंको भृकुटीमण्डपमा ‘वर्ल्डलिङ्क कार्निभल फेस्ट २.०’ आयोजना हुनेछ ।
बिहान ११ बजेदेखि नै सुरु हुने दुवै कार्यक्रममा निर्मल पुर्जाको विशेष उपस्थिति रहने र उनले आफ्नो भनाई समेत राख्ने कार्यक्रम छ ।
कन्सर्ट बेलुकी ८ बजेसम्म चल्ने वर्ल्डलिङ्कले जनाएको छ । काठमाडौंमा हुने कार्यक्रममा स्वप्न सुमन, सविन राई एन्ड फरोजको प्रस्तुति, बिनु शाक्यको नृत्य, सुमन कोइरालाको स्यान्डअप कमेडी रहनेछ ।
त्यस्तै पोखरामा हुने कार्यक्रममा सुशान्त केसी एन्ड द ब्याङ्गर्स र प्रवेशकुमार श्रेष्ठको प्रस्तुती, सजन श्रेष्ठको स्ट्यान्डअप कमेडी, क्रिस्टल कलाज डान्स क्र्युको नृत्य आदि समावेश छन् ।
‘वर्ल्डलिङ्क कार्निभल २.०' मा बेली डान्स, गेम जोन, फुड जोन, किड्स प्ले जोन, फेस पेन्टिङ लगायतका आकर्षण समेत पाउन सकिनेछ । कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । पुर्जा वर्ल्डलिङ्क कम्युनिकेसन्सका ब्रान्ड एम्बेस्डर समेत हुन् ।
समाचार
हेल्थटेक स्टार्टअप कम्पनी वाइजयाकमा टिम भेञ्चर्सको ३ करोड लगानी
वाइजयाक नामक एआई आधारित हेल्थटेक कम्पनीले टिम भेन्चर्सबाट ३ करोड ३ लाख ८८ हजार ५०…
एप्पलको आईओएस १५.४ अपडेटले ब्याट्री ड्रेन गर्दै
एप्पलको आइफोन प्रयोगकर्ताहरुले आईओएस १५.४ अपडेटले धेरै ब्याट्री ड्रेन गरिरहेको गुना…
फेसबुकको क्रेडेन्सियल चोर्ने एप, के तपाईले पनि डाउनलोड गर्नुभएको छ ?
एन्ड्रोइडको पासवर्ड चोर्ने मालवेयरले एक लाख गूगल प्ले प्रयोगकर्ताहरुलाई संक्रमित गरेक…
अब अनलाइनबाटै बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्न सकिने
अब अनलाइनबाटै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न सकिने भएको छ । मंगलबारदेखि ब…
क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गर्न टेवानसँग नबिल बैंकको साझेदारी
महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन …
ई-पासपोर्ट वितरणलाई प्रभावकारी बनाउन कर्मचारी अभाव
विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सेवालाई थप प्रभावकारी बनाउन विभिन्न जिल्लाका …
नास्टको विज्ञान मेला सुरु
बागलुङमा विज्ञान मेला सुरु भएको छ । वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलु…
लेभल फिफ्टीवान नेपालले आविष्कार केन्द्रलाई दियो ५ वटा नयाँ ल्यापटप
लेभल फिफ्टीवान नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई ५ वटा नयाँ ल्यापटप दान गरेको छ …
विगत १५ मिनेटको गूगलको सर्च हिस्ट्री अब अब एक क्लिकमै डिलिट गर्न सकिने
अब एक क्लिक र वाइपमै गूगलको विगतको १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सकिने भएको …
युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने, सम्झौता गर्ने तयारी
युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने भएका छन् । त्यस…
एनआईसी एसिया बैंकको एपबाट अब निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने
एनआईसी एसिया बैंकले निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना ल्याएको छ । बैंकले म…
स्टडी ग्रपले सुरु गर्यो इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम, अनलाइनबाटै लिन सकिने
स्टडी ग्रपले इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम सुरु गरेको छ । ग्रपले बेलाय…
सिंगापुरको आइएमडिएलद्वारा ह्वावेलाई अन्तर्राष्ट्रिय डाटा संरक्षण ट्रस्टमार्क सर्टिफिकेशन अवार्ड प्रदान
सिंगापुरको इन्फोकम मिडिया विकास अथरिटी (आइएमडिए) ले आफ्नो डाटा प्रोटेक्शन ट्रस्टमार्…
ग्लोबल आइएमई बैंकको धितो कर्जा अब अनलाइनबाटै लिन सकिने
ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु गरेको छ । बैंकले मुद्दती…