कीवर्डहरू -

समाचार

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, बैंकले साढे दुई करोड डलरको कर्जा लगानी भित्र्याउन सफल

एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । बिहिबार बैंकले एक कार्यक्रमको आयोजना गरी उक्त रकम बराबरको कर्जा लगानी भित्र्याएको जनाएको हो ।

एनएमबि बैंकका प्रमख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आंगबीच उक्त समझदारी आदान प्रदान भएको थियो ।

केसीले नेपालमा लिक्वीडिटीको समस्या भईरहँदा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याउनु ठूलो कुरा भएको बताएका छन् । यस कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मदत पुग्नेछ केसीले बताए ।

एनएमबि बैंक चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।

कोभिड जस्तो विकट परिस्थितिमा पनि बैंकले कर्जा लगानी ल्याउन सफल भएको पनि केसीले बताएका थिए । अहिले आयात बढ्तै गरेको र डिफिसिट घट्न नसेकेको क्रममा यस लगानीले नेपाली अर्थ क्षेत्रमा ठूलो योगदान पुर्याउने केसीको भनाई पनि थियो ।

उनले यस कर्जा लगानीले अरु बैंकहरुका लागि पनि बाटो खोलिदिएको बताएका छन् । बैंकले राम्रो काम गरिरहको र कर्जा स्वरुप लिएको पैसा फर्काउन सक्छु भनेर प्रत्याभूति गर्ने स्टार्टअपहरुलाई पनि कर्जा दिने बताएको छ ।

यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड(१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपुर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको जनाएको छ ।

समाचार

आईफोनमा अब फेरि ब्याट्री पर्सेन्टेज हेर्न मिल्ने

आईओएस १६ बेटामा आईफोनमा पुनः ब्याट्री पर्सेन्टेज आइकन देखिएको छ । एप्पलले हालैमा प…

एन्ड्रोइड १३ मा आधारित वान यूआई फाइभ बेटा सार्वजनिक

सामसंगले ग्यालेक्सी एस २२ फोनमा एन्ड्रोइड १३ मा आधारित वान यूआई फाइभ बेटा सार्वजनि…

टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आईएमई पेबाट गर्न सकिने

टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आईएमई पेबाट गर्न सकिने भएको छ । शेयर …

सुपर डान्सर नेपाल रियालिटी शोको पावर्डबाई प्रायोजकमा डिशहोम फाईबरनेट

आउने सातादेखि कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुन तम्तयार सुपर डान्सर नेपालको प…

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नयाँ बर्ष २०७९ लाई लक्…

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत …

१९ औं संस्करणको प्रविधि मेला लोकसको थिम सार्वजनिक

१९ औं संस्करणको लोकसको थिम तयार भएको छ । साउन २२ गते सञ्चार तथा सूचना प्रविधि मन्…

एनसीएचएलमा आवद्ध भयो एनएमबी क्यापिटल, अब डिजिटल माध्यमबाटै भुक्तानी गर्न सक्ने

एनएमबी क्यापिटल लिमिटेड नेपाल क्लियरिङ्ग हाउससँग आबद्ध भएको छ । यससँगै कम्पनीले आफ्…

एनसेलको नाम र लोगो प्रयोग गर्दै फिशिङ, सचेत रहन र व्यक्तिगत विवरण नदिन अनुरोध  

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो लोगो र नाम प्रयोग गर्दै फिशिङ भइरह…

टिएमएसबाट खरिद गरिएको सेयर रकम अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने

सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इस…

डिशहोमको रिचार्ज गर्ने रोल्पाका एक जनाले जिते एक लाख नगद

डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडि गा पा घर्तीगाउँ का तारकेबाङ सत्लिमारे माडि लघ…

‘मेरो मम्मा’ मोबाइल एप सार्वजनिक, गर्भवती र नवजात शिशुको हेरचाहका लागि उपयोगी

मेरो मम्मा मोबाइल एप सार्वजनिक भएको छ । सोमबार याक एण्ड यति होटेलमा आयोजित एक का…

सामाजिक सञ्जालबाट महिलालाई मानसिक तनाव दिने व्यक्ति पक्राउ 

सामाजिक सञ्जालमा नक्कली पाश्र्वचित्र बनाई लाईभ स्ट्रिमिङ मार्फत आपत्तिजनकलता प्रदर्शन गर…