कीवर्डहरू -

समाचार

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ । त्यसका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ। कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने र त्यसका लागि केके गर्नुपर्छ भन्नेबारेमा कम्पनीलाई पत्र पठाएको थियो । सोही पत्रको जबाफमा कम्पनीले थप लगानी र समय लाग्ने बताएको हो। पहिलो सम्झौता चार अर्ब ६७ करोड रुपियाँको थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले भने, ‘देवनागरी लिपिमा लेख्न सम्भव रहेको पत्र आएको छ तर त्यसका लागि समय र लगानी थप गर्नुपर्ने माग गरिएको छ । पत्र यातायात मन्त्रालयमा पठाएका छौँ ।’

मन्त्रालयले कम्पनीलाई विस्तृत विवरणसहितको खर्च माग्ने भएको छ। मन्त्रालयका प्रवक्ता चूडाराज ढकालले भने, ‘खर्च बढी हुने देखिएको छ। पुनः विस्तृत वितरण माग्ने भनेका छौँ । छलफलमै छौँ ।’

विगतको सम्झौता र बाँडिएका नम्बर प्लेटलाई के गर्ने भन्ने कुरा पनि महत्त्वपूर्ण रहेको विभागले जनाएको छ। उनका अनुसार देवनागरी लिपिमा लेख्दा नम्बर प्लेटको पुनः डिजाइन गर्नुपर्ने हुन्छ । लगानी बढ्दा सेवाग्राहीलाई पनि महँगो पर्छ ।

गत २०७४ भदौमा इम्बोस्ड प्लेट जडान सुरु भएदेखि भाषा र प्रदेशको नामका बारेमा विवाद हुँदै आएको छ। प्लेटमा नेपाली भाषाको अङ्क र अक्षर प्रयोग नभएको विषय सर्वोच्च अदालतमा पुगेको थियो ।

अदालतले २०७४ फागुनमा सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि प्लेटको वितरण रोकिएको थियो ।

२०७६ मङ्सिर २७ गते हाल निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको थियो ।

खारेजपछि वितरण पुनः सुरु भएको थियो । संसदीय समितिले पनि देवनागरी लपिमै लेख्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । गोरखापत्र

समाचार

एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्टको सेमिफाइनलमा पुग्यो नेपाली टिम

एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्ट (एबियु रोबोकन) २०२२ प्रतिस्पर्धामा नेपाली टिम …

क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट न…

भिडियो कलबाटै अब ग्लोबल आईएमई बैंकमा केवाईसी प्रमाणित गर्न सकिने

ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवा…

माइदीयाको एसी नेपाली बजारमा, मोबाइलबाटै चलाउन सकिने

एयर एक्सपर्ट नेपालले माइदीया ब्रिजलेश इ…

एक वर्षमा वर्ल्डलिंकको कमाइ झन्डै ८ अर्ब

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सन् २०२१ मा करिब ८ अ…

भाइबरबाटै अब पैसा पनि तिर्न सकिने, बैंक अकाउन्ट र भिजा कार्ड पनि लिंक गर्न सकिने 

भाइबरबाटै अब पैसा तिर्न पनि सकिने छ । भाइबरले एपमै पेमेन्ट सर्भिस सुरु गर्न तयारी…

के हो डिजिटल नेपाल एक्सिलेरेसन परियोजना ? १७ अर्ब कसरी हुन्छ परिचालन ?

विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई  १४० मिलियन डलर अर्…

कामना सेवा विकास बैंकको नयाँ अफर, क्युआर मर्चेन्टलाई डिजिटल भुक्तानीमा १५ प्रतिशतसम्म बोनस

कामना सेवा बिकास बैंकले आफ्ना फोनपे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेर…

नेपालबाट सिड्स फर द फ्युचरमा छनौट भएका ७ जना बैंकक प्रस्थान

ह्वावे सिड्स फर द फ्युचर २०२२ मा छनौट गरिएका ७ जना नेपालबाट बैंककका लागि प्रस्थान …

आईफोन, म्याक ह्याक गर्ने जिरो डेज समाधानका लागि एप्पलको नयाँ अपडेट

आईफोन, म्याक ह्याक गर्ने जिरो डेजका लागि एप्पलले सुरक्षा अपडेट सार्वजनिक गरेको छ । …

नेपाल टेलिकमबाट अब ५९ रूपैयाँमा १७ मिनेट भारतमा कल गर्न सकिने

नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध …

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक भएको छ । रिब्रान्डिङ गर्न…

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंक स्मार्ट एक्स्पी’, ठगी नियन्त्रण गर्न सकिने

सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्त…