कीवर्डहरू -

समाचार

ह्वावेको सीड्स फर द फ्युचर प्रोग्राम अन्तर्गत नेपालबाट छानिए यी सात विद्यार्थी

ह्वावेको सिड्स फर फ्युचर कार्यक्रम अन्तर्गत नेपालबाट सात जना विद्यार्थी छनोट भएका छन् । देशभरबाट आएका २५६ आवेदनमध्येबाट ७ जना विद्यार्थीं छनोट गरिएको हो ।

प्रा.डा. शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा.डा. मनिष पोखरेलले लिएको अन्तर्वाता, विद्यार्थीको जीपीए, प्रेरणा पत्रका आधारमा ७ जना विद्यार्थीलाई छनोट गरिएको थियो ।

नेपालबाट काठमाडौं विश्वविद्यालयका निर्माण खड्का र प्राज्ञिक मल्लिक, मदन भण्डारी मेमोरियल कलेजका बंशज पौडेल, ख्वपः ईन्जिनियरिङ कलेजका जतिन भुसाल ,पुल्चोक क्याम्पसका रिया बैद्य र नदिका पौडेल तथा अमृत साइन्स क्याम्पसका अजु तामाङ छनोटमा परेका छन् ।

विद्यार्थीहरूले नेपालमा डाटा सेन्टर सम्बन्धी कक्षाहरू प्राप्त गरेका छन्, डिशहोमका कार्यालयहरूमा गएर एफटीटीएच इन्टरनेटले कसरी काम गर्छ भन्ने कुरा सिकेका छन् र काठमाडौंको चाइना कल्चर सेन्टरमा भएको चाइनिज क्यालिग्राफी र चाइनिज पेपर कटिङ कार्यशालामा भाग लिएका छन्।

संगठनको द नेक्स्ट ५० अभियानको एक हिस्साको रूपमा युनेस्कोले पनि विद्यार्थीहरूलाई संलग्न गराएको छ।विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पनि सहभागी हुन पाउनेछन्, जहाँ उनीहरूले व्यावहारिक अनुप्रयोगहरू हेरेर फाइभजी, एआई, क्लाउड कम्प्युटिङ, मेटाभर्स र अन्य उदीयमान प्रविधिहरूको बारेमा सिक्नेछन् ।

यसका साथै फाइभजीको व्यावहारिक अनुप्रयोगहरू हेर्दै र १४ देशका विद्यार्थीहरूसँग क्रस(सांस्कृतिक शिक्षामा पनि संलग्न हुनेछन् । उनीहरूले टेक फोर गूड प्रतियोगितामा पनि भाग लिनेछन् जहाँ विद्यार्थीहरूले वास्तविक विश्व वातावरणीय वा सामाजिक समस्याहरू विरुद्ध लड्न मौलिक विचार लिएर आउनु पर्ने हुन्छ ।

टेक फोर गूड परियोजनाका विजेता टोलीहरूले सिंगापुरमा अगस्ट २९ देखि  सेप्टेम्बर २ सम्म आयोजना हुने टेक फोर गूड एक्सेलेटर क्याम्पमा सहभागी हुन पाउनेछन् । उनीहरू फर्किएपछि, विद्यार्थीहरूले सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावे निर्मित बेस स्टेशनको भ्रमण गर्नेछन्।

कार्यक्रममा बोल्दै अतिथिहरु सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। वैकुण्ठ अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र छनोट समितिका सदस्यहरुले यस्तो कार्यक्रम ल्याएकोमा ह्वावेलाई धन्यवाद दिदै टेक फोर गूड प्रतियोगिताको लागि ७ विद्यार्थीहरूलाई शुभकामना दिएका थिए ।

ह्वावे नेपालका बोर्ड सदस्य जेसन लीले ह्वावेले प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन सक्षम बनाइराख्न चाहन्छ भन्ने कुरा पनि राखेका थिए ।

नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । कार्यक्रम पहिलो पटक थाइल्याण्ड मा २००८ मा सुरु भएको थियो। त्यसबेलादेखि १३० भन्दा बढी देश र क्षेत्रका १२,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन् ।


समाचार

नबिल बैंकको फोनलोन क्युआर मर्चेन्ट सेवा, व्यवसायीले बिना धितो एक लाखसम्मको ऋण लिन सक्ने

नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा सुभारम्भ ग…

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

सिद्धार्थ बैंकले मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ । …

क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भए ? त्यसो भए यसो गर्नुस् 

क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भएमा स्थानीय तहको स्वास्थ्य शाखामा सम्प…

सिड्स फर द फ्युचर कार्यक्रमको अन्तिम प्रतिस्पर्धाका लागि सात जना विद्यार्थी थाईल्याण्ड जाँदै

दोस्रो सिड फर द फ्युचरको अन्तिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी भएको विद्…

अवैध मोबाइल चल्न नदिने प्रविधि भदौ ३० गतेदेखि औपचारिक रूपमा लागु हुने

आउँदो भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रूपमा …

राष्ट्र बैंकले फेरि भन्योः ‘नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हो’

नेपाल राष्ट्र बैंकले पुनः भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइप…

नबिल बैंकले सुरू गर्‍यो ‘मोबाइल क्याश’ सेवा, अब एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने 

नबिल बैंकको एटीएम मेसिनबाट अब कार्ड नभएपनि पैसा झिक्न सकिने भएको छ । यसका लागि …

पहिरोको उच्च जोखिम भएका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ जडान

पहिरोको उच्च जोखिम भएका चार जिल्लाका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ ज…

दराज मल फेस्ट सुरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिदमा छुट

नेपालको अग्रणी ई-कमर्स कम्पनी दराजले साउन ३० देखि दराज मल फेस्ट सुरु गरेको छ । यस…

दुरसञ्चारको मर्मत सम्हारमा बेरुजु हटाउन लेखा समितिको पुनः निर्देशन

काठमाडौं । संघिय संसदको सार्वजनिक लेखा समितिले दुरसञ्चारको मर्मत सम्हारमा आरटीडीए…

सुर्खेत, घोराही र तुलसीपुरमा भायानेटको नयाँ शाखा खुल्ला

भायानेट कम्युनिकेसनले सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ। पछ…

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गरेको अभियोगमा ललितपुर महालक्ष्मी …

वानड्राइभको नयाँ होम पेजले फाइल खोज्न सजिलो हुने

माईक्रोसफ्टको वानड्राइभको नयाँ होम पेजले फाइल खोज्न सजिलो बनाईरहेको छ । वानड्राइभक…

चिनियाँ कम्पनीले बनायाे जीपीयु चीप, क्वान्टम कम्प्युटिङमा नयाँ युग भएकाे दावी

चिनियाँ प्रविधि फर्मले जिपियू चिप लञ्च गरेर कम्प्युटिंगको लागि नयाँ युग हुने दावी …

ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका

अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमा…