कीवर्डहरू -

समाचार

नेपाली युवाको हितमा काम गर्ने सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्षको प्रतिबद्धता

सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सिएफओ एच के पार्कले बुधबार नेपालको औपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनक्सि उत्पादन, रिटेल र रोजगारी सर्जिनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराएका छन् । पहलहरूले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता दोहोर्‍याए ।

सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स(गोल्छा समुह)संग मिलेर नवलपरासीमा एलइडि टिभी उत्पादन गर्ने कारखाना संचालन गर्ने घोषणा गरिसकेको छ ।

नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरू गर्न यस नयाँ उद्योगबाट बल पुग्नेमा सामसङ विश्वस्त छ । यसका साथै स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने नेपाल सरकारको नीतिमा पनि मद्दत पुग्न जानेछ ।

सामसङले नेपालमा दुई दशक देखि नेपालमा आफ्नो व्यापार गररिहेको छ । आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ ।

यसले हाल नेपाली बजारमा आफ्ना साझेदारहरू  मार्फत स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरू जस्तै टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन र माइक्रोवेभहरू बिक्री गर्दै आएको छ । कम्पनीसँग २ हजार भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोर र ग्राहक सेवा केन्द्रहरूको बलियो नेटवर्क विस्तार छ ।


समाचार

सामसङ टिभी अब नेपालमै उत्पादन हुने, उद्योग स्थापना हुँदै

सामसङ टेलिभिजन अब नेपालमै बन्ने भएको छ ।विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोन…

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको सहकार्य

नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुक…

शनिबार र आईतबार पाँचौं नेपाल युथ साइन्स समिट आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

आउँदो शनिबार र आईतबार पाँचौ नेपाल युथ साइन्स समिट आयोजना हुने भएको छ । काठमाडौ…

रासायनिक मल बिक्री वितरणका लागि डिजिटल वितरण प्रणाली लागू

रासायनिक मल बिक्री वितरणलाई छिटो छरितो र पारदर्शी बनाउन ‘ई बिडिङ’ प्रणाली लागू ग…

मोको डिजिटल वालेटमा गरिमा विकास बैंकको कार्ड लिंक गरी भुक्तानी गर्न सकिने

गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राह…

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटल…

स्मार्टडोकोको ‘फादर्स डे अफर’, सामान खरिद गर्दा ३३ प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी

फादर्स डेको अवसरमा ई-कमर्स कम्पनी स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ । स्मार्टडोक…

आईटी ट्रेनिङ दिने कम्पनी दूरशिक्षाको पहिलो फ्रेन्चाइज पोखरामा, सातै प्रदेशमा खोल्ने योजना

सूचना प्रविधि सम्बन्धि तालिम प्रदान गर्ने…

एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्टमा दोस्रो रनरअप भयो नेपाली टिम

एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्ट (एबियु रोबोकन) २०२२ प्रतिस्पर्धामा नेपाली टिम …

कंचनपुरमा डिशहोम फाईबरनेटको सह-वितरण शोरूम उद्घाटन

आक्रामक रूपमा इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले महेन्द्रनगर कंचनपुर…

‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गर्दै सफ्टवेरिका कलेज, यस्तो छ सहभागी हुने तरिका

सफ्टवेरिका कलेजले ‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी सेप्टे…

नेपालमा एआई एडप्सन एण्ड एआई एजुकेसन बारे वेबिनार आयोजना हुँदै

टेक वेबिनार नेपालले एआई एडप्सन एण्ड एआई एजुकेसन फर जेनेरेटिंग एआई ट्यालेन्ट इन ने…

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच, करादीबजारमा पनि सेवा सुरू

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूणर् माइग्रेसन सफल …

थाइल्यान्डमा सुरु भयो ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम

ह्वावेले आसियान फाउन्डेशन र थाइल्याण्डको पर्यटन अथोरिटी (टीएटी) सँगको सहकार्यमा सिड्…

प्रभु क्यापिटलका ग्राहकले ट्रान्क्वीलिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशतसम्म छूट पाउने

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्रमा प्रभु …