कीवर्डहरू -

समाचार

एफएनसीसीआई र एनसेलको सहकार्यमा ‘दरवारमार्गमा महोत्सव’ आयोजना हुँदै

पाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड-१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारा सहित काठमाडौंको दरबारमार्गमा १५ औं दरवारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसंग महासंघको विषेश सहकार्यअन्तर्गत यो महोत्सव संयुक्तरूपमा वैशाख ३ शनिबार आयोजना गर्न लागेको हो। महोत्सवको सह-प्रायोजकमा गोरखा व्रुअरी छ ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुयार्उने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएको छ । महोत्सवलाई नेपाली नयाँ वर्षको अवसरमा वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष आयोजना गरिने छ ।

यो महोत्सवमा सम्पूर्ण रुपमा नेपाली कला संस्कृति झल्कने प्रस्तुती गरिने छ । वैशाख ३ गते विहान १०ः०० बजे सातै प्रदेशको सँस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुती गरिेनेछ ।

दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म नाराणहिटी संग्राहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो संदेशमा थलिएको पर्यटन उद्योगलाई यसले राहत दिने बताए । राजधानीमा हुने यो कार्यक्रमले देशैभर निकै ठूलो संदेश जाने आशा समेत उनले बताए ।

थलिएको अर्थतन्त्र, उद्योग व्यवसायमा कसरी सकारात्मक उर्जा प्रवाह गर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गोल्छाले स्पष्ट पारेका छन् ।

महोत्सवका लागि महासंघसँग भएको सहकार्यका बारेमा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले कोभिड महामारीको कारण विश्व पर्यटन क्षेत्रले ठूलो चुनौतीको सामना गरिरहेको बताए ।

‘अर्थतन्त्रमा पर्यटन एक प्रमुख आधार रहेको नेपाल पनि यो समस्याबाट अछुतो छैन । आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा माझौला उद्यमलाई प्रवद्र्धन गर्दै पुनरूत्थानमा सहयोग पुर्याउन महासंघसंग सहकार्य गर्न पाएकोमा हामी खुसी छौँ,’ उनले भने ।

महोत्सवको सोही दिन विहान ११: ३० बजे औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ । तत्पश्चात बेलुका ८: १५ बजेसम्म मनोरञ्जनात्मक प्रस्तुतिहरु हुनेछन् ।

महोत्सवमा दिपक बज्राचार्य, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, सन्दिप क्षेत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य समुहहरु जस्तै सृष्टी केसी एन्ड ब्लाईन्ड रक्स, रुशान एन्ड लज्जु, एभरेष्ट क्रु, महेश काफ्ले, कववेव र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिनेछन् । साथै सातै प्रदेशबाट विभिन्न जात जातिको साँस्कृतिक नृत्यहरु दरवारमार्ग आसपासका सडकमा प्रस्तुति गरिने छ ।


कार्यक्रमको मुख्य आकर्षणको रुपमा महोत्सव अवधिभर विभिन्न नेपाली खानाको परिकारहरु र नेपाली उत्पादनहरुको स्टल प्राथमिकताका साथ राखी विशेष प्रस्तुति र प्रदर्शन समेत गरिने छ । महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन् । महोत्सव क्षेत्रमा वालवालिकाका लागि छुट्टै किड्स जोन व्यवस्था गरिएको छ ।

महोत्सवमा हुने स्टलहरु मध्ये केही स्टलहरुमा शाररिका रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्ताकलाका वस्तुहरुलाई पनि प्रदर्शनीमा राखिने छ ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ । हाल ९० प्रतिशत बढि जनसंख्याले कोभिड विरुद्धको खोप लगाई सकेको र जनजीवन सामान्य हुंदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास गरिएको छ ।

कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम गरीरहेको महासंघको यो प्रयास पनि त्यसैको श्रृखलाको रुपमा रहेको छ ।

महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, एनसेलका कर्पोरेट कम्युनिकेश एण्ड सीएसआर विशाखा लक्ष्मी खड्का, ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर अनुषा प्राधानाङगको उपस्थिति रहेको पत्रकार सम्मेलनमा व्यापार मेला समितिका सभापति नरेन्द्र खड्काले स्वागत मन्तव्य र रेवानका अध्यक्ष एवं महासंघको वस्तुगत परिषदका सहसभापति अरनिको राजभण्डारीले महोत्सवका वारेमा विस्तृत जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनमा रोयल स्टेगका रविन्दर सैनी,दरवारमार्ग विकास वोर्डका सचिव उद्धव ढकाल, एनआइसी एसियाका सरद तुलाधर, माल्टा इन्टरनेशनलका विजय सुवाल, एनसेलका वरिष्ठ अधिकारीहरु, महासंघका वरिष्ठ अधिकृतहरुको उपस्थिति थियो ।

समाचार

क्लासिक टेकले अब राति पनि फिल्ड सपोर्ट सेवा दिने

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रात्रिकालिन ‘फिल्ड सपोर्ट सेवा’ थप प्रभावक…

गण्डकी प्रदेशमा सकियो स्टार्टअप एण्ड आईडिया फेस्ट, इन्क्युवेसनका लागि छानिए यी पाँच कम्पनी 

काठमाडौं । लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा प्रदेश स्…

बेगनास तालका व्यवसायीलाई क्यूआर हस्तान्तरण, डिजिटल भुक्तानी गरेर डुङ्गा सयर सकिने

बेगनास तालमा रहेका डुङ्गा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरिएको छ । नगदरहित कार…

रियलमी फोन बेच्ने पसलेले जिते प्रोटोन सागा कार

रियलमीले आफ्नो १०० डेज रिटेलर स्किमको विजेताहरूको घोषणा गरेको छ । यो स्किम नेपाल…

समिट वुमन अफ द इयर सम्पन्न, स्विट फिक्सकी संस्थापक लम्सालले पाइन् १ लाख नगद र हिराको लकेट

ओपन स्पेस नेटवर्कले आयोजना गरेको ‘समिट वुमन अफ द इयर २०२२’ कार्यक्रम सम्पन्न भएको छ…

सजिलो मर्मत सेवाको रिब्राण्डिङ, अब सजिलो सेवाको नामबाट सेवा दिने

सजिलो मर्मत सेवाले अब ‘सजिलो सेवा’को नामबाट सेवा दिने भएको छ । नयाँ लगानी पाएस…

भ्वाइस कल गर्न मिल्ने कस्पेटको स्मार्टवाच नेपालमा

नेपालका लागि कस्पेटको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजीले नेपा…

नेपाली सफ्टवेयर यूएक्सक्यामले उठायो ६० करोड लगानी

नेपाली सफटवेयर यूएक्सक्यामले ५० लाख डलर अर्थात ६० करोड ५० लाख रूपैयाँ लगानी उठाए…

पोखरामा शुक्रबार स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल गण्डकी संवाद कार्यक्रम हुँदै

लिभिङ विथ आइसिटीले शुक्रबार गण्डकी प्रदेशको पोखरामा इबिमा ‘स्टार्टअप एण्ड आइडिया फे…

इसेवाबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत ज्योति लाइफ इन्स्योरेन्स्को …

बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक

बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक भएको छ । ५५ लाख सब्क्राइबर भएको बुढासुब्बा …

टेलिकमको भ्वाइस प्याक, २६५ रूपैयाँमा जुनसुकै नेटवर्कमा पनि कुराकानी गर्न ५०० मिनेट टकटाइम

नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्य…

रिङ्गेजको भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकै पटकमा हजारौं फोन नम्बरमा सूचना दिन सकिने 

सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा अधारित नयाँ  संचार सेवा 'भ्वाइस ब्रोडक…