कीवर्डहरू -

समाचार

उपायको निःशुल्क अक्सिजन डेलिभरी सेवाः यसरी लिन सकिन्छ मोबाइल एप र टेलिफोनबाट

कोरोना संक्रणले आक्रान्त पारिरहेको बेला अक्सिजनको अभाव हाँहाँकार छ ।  विरामीको उपचारमा अक्सिजन धेरै खपत हुन थालेपछि यसको माग बढेको छ । निशेषाज्ञा भएका कारण उपलब्ध अक्सिजन ओसारपसारमा पनि समस्या छ ।

यदि यो बेला अक्सिजन सिलिन्डर ओसारपार गर्नु छ भने उपाय सिटी कार्गो ले निशुल्क सेवा दिइरहेको छ । आपतको यो बेला सम्पर्क गर्न सजिलो होस् भनेर उपाय सिटी कार्गो मोबाइल एप र टेलिफोन नम्बर प्रयोग गरिरहेको छ ।

कम्पनीले स्यानिटाइजर, मास्क, ग्लोब्स प्रयोग गरी स्वास्थ्यका मापदण्ड पालना गरी सेवा दिइरहेको छ । एप र टेलिफोन प्रयोग गरेर सिटी कार्गो गाडी वा मोटरसाइकल अक्सिजन सिलिन्डर ओसारपसारको लागि निशुल्क रुपमा प्रयोग गर्न सकिन्छ ।

कसरी सेवा लिने सिटी कार्गोको निःशुल्क सेवा ?

उपाय सिटी कार्गोको क्लाइन्ट एप गूगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध रहेको छ । त्यहाँबाट क्लाइन्ट एप डाउनलोड गर्नुपर्छ ।

उपाय सिटी कार्गोको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि एपमा रजिष्टर गरेर मलाई यो ठाउँबाट यो ठाउँ सामान लिनुपर्‍यो वा अक्सिजन सिलिण्डर लिनु पर्‍यो भनेर बुक गर्नुहुन्छ । त्यसपछि त्यहाँ प्रोमोकोड हाल्ने अप्सन आउँछ र प्रोमो कोड राख्ने अप्सनमा ‘O2’ प्रोमोकोड राखेर बुक गर्नुपर्छ ।

त्यसपछि तपाईको नजिक भएको ड्राइभरको तपाईलाई फोन गर्नुहुन्छ र तपाईसँग भएको अक्सिजन सिलिण्डर डेलिभरी गर्न सक्नुहुन्छ ।

फोनबाट पनि अक्सिजन सिलिण्डर डेलिभरीका लागि सम्पर्क गर्न सकिने छ । ‘इमर्जन्सीको बेला मानिसले मोबाइल एप डाउनलोड गरेर त्यहाँको पक्रिया पुरा गरी गाडी कुरेर त भ्याउँदैन् भनेर हामीले फोनबाट पनि बुक गर्न सकिने सुविधा दिएका हौं,’ उपाय सिटी कार्गोका असिस्टेन्ट म्यानेजर तथा ब्रान्च संयोजक सुबोध थापाले भने ।

फोनबाट अक्सिजन सिलिण्डर डेलिभरीका लागि ९८८१०९८८३० र ९८८१०९८८८० फोन गर्न सकिने छ । यो सेवा २४ सै घन्टा लिन सकिने छ ।

उपाय सिटी कार्गोमा ट्रयाकिङको सुविधा रहेको छ ।  एपबाट तपाईले अर्डरको गरेको गाडी कहाँ आइपुग्यो, तपाईको गाडीले सामान लिएर गयो की गएन गएको भए कहाँ गयो यो सबै ट्रयाक गर्न मिल्छ । कम्पनीले युके एड लगायतका संस्थासँग मिलेर पनि काम गरिरहेको छ ।

दैनिक ६० अर्डर

कोरोना महामारीको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत यो सेवा सुरू गरेको थापाले बताए । ‘अक्सिजनको माग धेरै भएको र हामीसँग गाडी उपलब्ध भएकाले यो सेवा किन नगर्ने भनेर सुरु गरेका हौं,’ थापाले आइसिटी समाचारसँग भने ।

अक्सिजन जस्तो अत्यावश्यक वस्तु डेलिभरी गर्दा किन पैसा लिने, निःशुल्क डेकिभरी गर्‍यो भने त मान्छेलाई केही राहत हुन्छ भनेर सेवा सुरु गरेको उनको भनाइ छ  ।

\"\"

निःशुल्क अक्सिजन डेलिभरी गर्न ३०–४० वटा चालक फिल्डमा खटिएका छन् । ‘कोभिड हिरोज भनेर उहाँहरुलाई मेन्सन गरिएको छ’ थापाले भने, ‘उहाँहरुले अक्सिजन डेलिभरीको काम गर्नुहुन्छ ।’

फिल्डमा खटिने चालकहरुको लागि कम्पनीले ट्रिपअनुसार पारिश्रमिक पनि दिने गरेको छ । व्यक्तिगत रूपमा कसैले अक्सिजन सिलिन्डर डेलिभरीको लागि गाडी प्रयोग गरेमो निशुल्क गर्ने तर कसैले संस्थागत रुपमा नाफाको लागि गरेको छ भने शुल्क लिने गरेका छन् ।

‘व्यक्तिगत अक्सिजन सिलिन्डर डेलिभरीका लागि हामी शुल्क लिदैनौं,’ थापा भन्छन्, ‘कर्पोरेटहरुका लागि हामीले फाइदा नराखेरै सिलिन्डर डेलिभरीको शुल्क लिन्छौं ।’

कसैलाई अक्सिजन सिलिन्डर ओसारपसार गर्नु पर्ने छ भने उपाय सिटी कार्गोमा सिधै सम्पर्क गरेर यो सेवा दिन सकिन्छ ।

यसले हाल बीएण्डबी र निदान अस्पतालसँग सहकार्य गरेर थोरै शुल्कमा अक्सिजन सिलिन्डर डेलिभरी गरिरहेको छ । कम्पनीले अन्य केही फाउन्डेसनसँग सहकार्य गरेर समेत अक्सिजन डेलिभरी गरिरहेको छ । अरू संस्थासँग पनि सहकार्य गर्ने तयारी कम्पनी छ ।

कम्पनीले अहिलेसम्म अस्पतालका लागि ५०० भन्दा बढी अक्सिजन सिलिन्डर डेलिभरी गरिसकेको छ । त्यस्तै व्यक्तिगत प्रायोजनका लागि पनि ७० भन्दा बढी अक्सिजन सिलिन्डर डेलिभरी गरिसकेको छ ।

हाल अक्सिजन सिलिन्डर डेलिभरीका लागि व्यक्तिगत रूपमा दैनिक ५० देखि ६० वटा अर्डर आइरहेको थापाले बताए ।

१५ सय गाडी चालक र सय मोटरसाइकल चकल आवद्ध

यदी कोही चालक उपाय सिटी कार्गोमा आवद्ध हुन चाहेमा निःशुल्क आवद्ध हुन सकिन्छ । अहिलेसम्म त्यसरी आवद्ध हुनेमा १५ सय बढी गाडी चालक र एक मोटरसाइकल चालक पुगेका छन् ।

\"\"

कम्पनीले ३ महिना अगाडि मोटरसाइटकलको सेवा पनि सुरू गरेको थियो । आफूलाई आवश्यकताअनुसार दुई पांग्रे र चार पांग्रे सवारी साधन एपबाट मगाउन मिल्छ ।

कम्पनीले चालकलाई  एप चलाउने, ग्राहकसँग कस्तो व्यवहार गर्ने र कसरी डिजिटल पेमेन्ट लिने विषयमा तालिम पनि दिदै आएको छ ।

उपाय सिटी कार्गोले सिप्रदिसँगको सहकार्यमा गाडी बनाउने तालिम दिन पनि दिन लागेको थापाले आइसिटी समाचारलाई बताए ।

निषेधाज्ञा अघि कम्पनीले गाडीको दिनमा २०० देखि ३०० ट्रिप गर्दै आएको थियो भने मोटरसाइकलको ३० बढी ट्रिप गर्दै आएको थियो ।

उपाय सिटी कार्गोमा आवद्ध भएका ड्राइभरले महिनामा ६० हजारदेखि १ लाख रूपैयाँ सम्म आम्दानी गरिरहेका छन् । त्यस्तै बाईक राइडरले महिनामा २० हजार रूपैयाँ बढी कमाइरहेका छन् ।

कम्पनीले उपायमा आवद्ध चार पांग्रे गाडीबाट १० प्रतिशत कमिसन लिदै आएको छ । भने बाईकको सेवा चाहिँ अहिले जिरो प्रतिशत कमिसनमा चलिरहेको छ ।

दराज, सस्तोडिल, खेती पनि उपाय सिटीका ग्राहक हुन् । उपाय सिटी कार्गोमा हाल ६० जनाले रोजगारी पाएका छन् । उपाय सिटी कार्गोले बुटवल र पोखरामा पनि सेवा विस्तार गरेको छ ।

त्यहाँबाट पनि अक्सिजन सिलिन्डर निःशुल्क डेलिभरीको सुविधा लिन सकिन्छ । ‘बुटवल र पोखरामा अहिलेसम्म अक्सिजन सिलिण्डर डेलिभरीका लागि ट्रिप आएको छैन्,’ थापाले भने, ‘ट्रिप आए हामी निःशुल्क डेलिभरी गर्छौं,’

थापाका अनुसार अबको तीन वर्षमा देशका प्रमुख शहरमा शाखा विस्तार गर्ने योजना छ ।

समाचार

डिजिटल बैंकिङको शुरुवात गर्दै मिर्मिरे, दुई दर्जन बढी सेवा घरबाटै

काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यह…

यसरी लिनुहोस् टेलिकमको ब्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेजको सुविधा

निषेधाज्ञाको समयमा घरमै बसेर वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनार जस्ता क्रियाकलापम…

अक्सिजन सिलिन्डरका लागि फोरके गेमिङले एक दिनमै संकलन गर्‍यो १ लाख ६५ हजार रूपैयाँ

अक्सिजन सिलिन्डरका लागि नेपालको लोकप्रिय पब्जी च्यानल फोरके गेमिङले करिब १ लाख ६५ …

इसेवाले माग्यो ६ जना कर्मचारी, यसरी दिनुहोस् आवेदन

नेपालको भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ६ जना डेभलपर माग गरेको छ । एफवान सफ्…

सावधान भएर अक्सिजन कन्सनट्रेटर किन्न महावीर पुनको आग्रह 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले सावधान भएर अक्सिजन कन्सन…

चन्द्रागिरीको एक आइसोलेसन केन्द्रलाई क्लासिक टेकको नि:शुल्क इन्टरनेट

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले संस्थागत सामाजिक भू…

आईफोनमा भीओएलटिई खुलाउन एप्पलका सीईओलाई टेलिकमको इमेल

नेपाल टेलिकमले सोमबार नेपालमै पहिलोपटक फोरजी प्रविधिमा आधारित उच्च गुणस्तरीय आवा…

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयलाई करूणा फाउन्डेसनले दियो ११० अक्सिजन कन्सनट्रेटर

करूणा फाउन्डेसन नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयलाई ११० वटा अक्सिजन कन्सनट्रेट…

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा आईटीको प्रयोग गर्न क्यान महासंघको आग्रह

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सु…

एन्ड्रोइड १२ को बेटा डाउनलोड गूगल प्ले स्टोरमा उपलब्ध 

आज देखि गूगल प्ले स्टोरमा एन्ड्रोइड १२ सार्वजनिक बेटा डाउनलोडका लागि उपलब्ध भएको छ …

प्रेम सम्बन्धबारे अनुसन्धान चलिरहँदा बिल गेट्सको कम्पनी बोर्डबाट राजीनामा

प्रेम सम्बन्ध बारे अनुसन्धान हुनथालेपछि बिल गेट्सले गत वर्ष माइक्रोसफ्टको कम्पनी बोर्डब…

प्यालेस्टाइनका रकेट आकाश मै नस्ट गर्ने इजरायलको ‘आइरन डोम’, कसरी काम गर्छ ? 

इजरायल र प्यालेस्टाइनबीच पुनः द्वन्द्व चर्किएको छ । इजरायलको आक्रमणमा २ सयभन्दा बढी प्…

एआईबाट सञ्चालन हुने विश्वकै पहिलो इन्टेलिजेन्ट जहाज मे फ्लावर ४०० को विकास

मे फ्लावर ४०० नामक स्वायत्त जहाज मान्छेबिनानै एटलान्टिकमा यात्रा गर्नेछ । यसले बेलाय…

टेलिकमको भीओएलटिई सेवा लिन के कुरा गर्ने दुबै जना यो सेवामा जोडिनु पर्छ ? 

नेपाल टेलिकमले सोमबारदेखि भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा सुरू गरेको छ ।

लाइसेन्सरका रुपमा ओपोद्वारा एचईभीसी एडभान्स प्याटेन्ट पुल प्रवेशको घोषणा

विश्वब्यापी रुपमै अग्रणी स्मार्ट डिभाइस ब्राण्ड ओपोले  लाईसेन्सरका रुपमा एचईभीसी एडभा…