कीवर्डहरू -

समाचार

१ रूपैयाँमै क्यान इन्फोटेकको टिकट, अनलाइनबाट पनि अवलोकन गर्न सकिने

१ रूपैयाँमै २७ औं संस्करणको क्यान इन्फोटेक अवलोकन गर्न सकिने भएको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउने अभिप्रायले यो पटक क्यान इन्फोटेक २०२२ को टिकटको मुल्य १ रूपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यो पटकको इन्फोटेकको टिकट पनि पेपरलेस नै हुने जनाइएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२२ माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ ।

यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल दुवै स्वरुमा आयोजना हुने गरी तयारी अगाडि बढाइएको महासंघले जनाएको छ ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २७ औं संस्करण हो जुन ६ दिन सम्म चल्नेछ ।

इन्फोटेकको २७ औं संस्करण गत वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने गरी सबै तयारी गरिएकोमा कोभिड-१९ को दोश्रो लहर काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस तथा निर्णयहरु, कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेकका प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसंगको परामर्श तथा क्यान महासंघको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार अर्को निर्णय नभए सम्मको लागि स्थगित गरिएको थियो ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले गरेका छन् ।

यससँगै अब कार्यक्रमको नाम आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआर हुनेछ । इन्फोटेकको प्लाटिनम प्रायोजन वर्ल्डलिंक कम्युनिकेशन्स, डायमण्ड प्रायोजन डिसहोम फाईबरनेट, गोल्ड प्रायोजन नेपाल टेलिकम, सिल्भर प्रायोजन नमस्ते पे, एस–पावर र डिजिकम गरेका छन् ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्स आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआरको इन्नोभेसन पार्टनर रहेको छ भने एकेडेमिक पार्टनर सनवे इन्टर्नेशनल विजनेश स्कुल, फुड एण्ड वेभरेज पार्टनर रिबान तथा डीजिटल डीसप्ले पार्टनर अल्ट्रा एलईडी रहेका छन् ।

इन्फोटेक भव्य एवं सफल रुपमा आयोजना हुन देशभित्रबाट नेपाल सरकार, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु र भायानेट कम्युनिकेशन्स तथा  अन्तरराष्ट्रिय रुपमा असोसियो (Asian-Oceanian Computing Industry Organization) र विट्सा (World Information Technology and Services Alliance) को पनि सहयोग रहने छ ।

सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२० मा इन्फोटेकको २६ औं संस्करण सफलता पुर्वक सम्पन्न भएको थियो ।

नेपालमा सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनी (Trade Show)को र यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि सम्बन्धि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।

सूचना तथा संचार प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने प्रचलन छ ।

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यो प्रर्दशनी सुचना प्रबिधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने बिश्वास हामीले लिएका छौं ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ,स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, इ-गभर्नेन्स, सुचना प्रविधिमा महिला उद्यमी, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरु रहनेगरी तयारी अगाडि बढाईएको छ ।

इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी, ब्लक चेन तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहनेछन् ।

यसै सन्दर्भमा क्यान इन्फोटेक २०२२ का लागि पौष १३ गते मंगलबार देखि बुकिङ्ग खुल्ला हुने छ । क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाखले अवलोकन गरेकोमा यो संस्करणमा समेत सोहि वा वढि संख्यामा अवलोकनकर्ता आउने महासंघले अपेक्षा गरेको छ ।

समाचार

कृषि प्रोत्साहनका लागि खल्ती तथा तिलाठी कोईलाडी गाउँपालिकाद्वारा आर्थिक अनुदानको सुरुवात

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र तिलाठी कोईलाडी गाउँपालिकाको साझेद…

भायानेटको मिनी प्याक अफरः मासिक ८०० रूपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र एनसेलको ४८ जीबी डेटा

अंग्रेजी नयाँ वर्ष २०२२ उपलक्ष्यमा इन्टरनेट सेवाप्रदायक भायानेटले ‘मिनी इन्टरनेट प्ला…

मेगा बैंकले सुरु गर्यो ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवा

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग से…

पठाओको बिमा सुविधामा के के छन् प्रावधान ?

नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बिमा पठाओमा उपलब्ध छ । पठाओले एभरेष्ट इन्स्योर…

नबिल बैंकका ग्राहकले अब खल्तीमा पैसा लोड गर्न सक्ने

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यस सम्झ…

विद्युतीय मतदानको तयारीमा निर्वाचन आयोग

नेपालमा आगामी निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन…

अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा आईएमईको ‘जितौँ हजारौँ हजार’ योजना

आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस …

पर्साबाट पनि ई-पासपोर्टको आवेदन लिन सुरु

जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि …

शुरू भयो केन्द्रिकृत एसएमएस गेटवे, अब न्युनतम शुल्कमै सरकारी कार्यालयले एसएमएस पठाउन सक्ने

सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे शुरू गरेको छ । पुस ७ गते सञ्चार तथ…

जेनेस सँगको सहकार्यमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले क्लाउड कम्प्युटिङ पढाउने

क्लाउड कम्प्युटिङ प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा छ । सन् २०२१ सम्…

सिद्धार्थ बैंकको १९ औं वार्षिकोत्सवः डिजिटल कारोबार गर्दा १५ प्रतिशतसम्म ‘क्यासब्याक’ योजना

सिद्धार्थ बैंक लिमिटेडले १९ औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूलाई डिजिटल कारोबार गर्न…

विश्वको ठूलो प्रविधि प्रदर्शनी सीईएसमा ठूला प्रविधि कम्पनी सहभागी नहुने, आखिर किन ?

अमेजन, फेसबुक र ट्वीटर जस्ता धेरै ठूला प्रविधि कम्पनीले विश्वको ठूलो प्रविधि प्रदर्शन…

कहिलेदेखि पूर्ण कार्यान्वयनमा आउँछ मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ? 

नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिम्टम (ए…

सामुदायिक विद्यालयमा इन्टरनेट पुर्‍याउँदै एनटीए, छुटेका स्थानीय तहलाई सम्झौता गर्न आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी आधारभूत सामुदाय…

गूगललाई उछिन्दै टिकटक बन्यो विश्वकै सबैभन्दा धेरै हेरिने वेबसाइट

टिकटक विश्वमै सबैभन्दा चर्चित वेब डोमेन बन्न सफल भएको छ । गूगलको शीर्ष स्थानलाई उछि…