कीवर्डहरू -

समाचार

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का उत्कृष्ट ५ लाई ह्वावे क्लाउड

शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलमा ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको छ।

विधाको विजेता खेती भेन्चर प्रालिलाई  ३ हजार डलर बराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको थियो । सोही विधाका अन्य फाइनलिस्टहरूलाई ५-५ सय डलर मूल्य बाराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको थियो।

“आईसीटी क्षेत्रमा योगदान पुर्याएकोमा म सबै विजेता र फाइनलिस्टलाई बधाई दिन चाहन्छु। नेपालमा स्टार्टअपको बृद्धि भएको देख्दा हामी धेरै खुसी छौं। हाम्रो स्थानीय टोलीले पनि नेपाली स्टार्टअपहरूलाई प्रवर्द्धन गर्न मेहनतका साथ काम गरिरहेको छ, र हामी विश्वास गर्छौं कि ह्वावे क्लाउड सेवा अब सबै आकारका नेपाली स्टार्टअपहरूलाई समर्थन गर्न पूर्ण रूपमा सक्षम छ” ह्वावे क्लाउडका प्रमुख इभान मोले भने ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङलाई आईसीटी अवार्ड र समग्र नेपालको आईसीटी क्षेत्रलाई ह्वावेले निरन्तर सहायता पुर्याइरहेकोमा प्रशंसापत्र हस्तान्तरण गरेका थिए ।

नेपालमा आईसीटी उद्योगको विकासलाई प्रवर्द्धन गर्ने आफ्नो दृष्टिकोणमा अडिग रहँदै ह्वावेले नेपालमा आईसीटी उद्योगको विकासलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

समाचार

७ वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध

७ वटा वित्तिय कम्पनी नेपाल राष्ट्र बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीमा आबद्ध भएका छन्…

एनसेलको बिजलाइट प्रिपेड प्लान, कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सुविधा

एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयहरूका लागि प्रिपेड प्ला…

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न, यी हुन् १२ विधाका विजेता

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड…

नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म बगभीले पायो पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१

पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ बग बाउन्टी प्लेटफर्म बगभीलाई प’रदान गरिएको छ । शुक्…

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान

ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ खेति भेञ्चरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्ट…

प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई

प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी होटेलमा आयोज…

‘राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१’ मशुरलाई प्रदान

‘राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१’ मशुरलाई प्रदान गरिएको छ । शुक्रबार द स…

आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पुर्‍याउँछः सञ्चारमन्त्री

नयाँ सोच र प्रविधिको विकासमा आइसिटी अवार्डले सहयोग पुर्‍याउने सञ्चार तथा सूचना प्र…

भूमि व्यवस्था तथा अभिलेख विभागलाई डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ प्रदान

डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ भूमि व्यवस्था तथा अभिलेख विभागले…

नेपाल क्लियरिङ हाउसलाई डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ 

डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२१ नेपाल क्लियरिङ हाजस लिमिटेडले…

कालिका माविलाई डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ 

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ रातो कालिका माध्यामिक विद्यालयले…

नेपाल बैंक पायोनियर आइसिटी अवार्ड २०२१ सूचना प्रविधि विज्ञ भट्टराईलाई प्रदान

नेपाल बैंक पायोनियर आइसिटी अवार्ड २०२१ सूचना प्रविधि विज्ञ मनोहर कुमार भट्टराईलाई…

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ गुण केशरी प्रधानलाई प्रदान

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ गुण केशरी प्रधानलाई प्रदान गरिएको छ । शुक्रबार…

दिपेश प्रधानलाई आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२१ प्रदान

आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२१ दिपेश प्रधानलाई प्रदान गरिएको छ । शुक्रबार सोल्टी होट…

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रशन्न ढुंगेललाई

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२१ प्रशन्न ढुंगेललाई प्रदान गरिएको छ । शुक्रबार सो…