कीवर्डहरू -

समाचार

पश्चिम नेपालमा इन्टरनेट विस्तार गर्न भायानेट र चाइना कम्युनिकेसनबीच साझेदारी

भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तार गर्न चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ ।

चाइना कम्युनिकेसन सर्भिसेज (सीसीएस) चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो, जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउनेगर्छ ।

सीसीएससँग अत्याधुनिक फाइबर पूर्वाधारको डिजाइन, विकास र कार्यान्वयन गर्ने अनुभव रहेको भायानेटले दाबी गरेको छ । यो साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम (५,६,७) प्रदेशहरूमा द्रुत गतिमा आफ्नो उच्च गतिको फाइबर नेटवर्क निर्माण र विस्तार गर्न सहयोग गर्नेछ ।

यसका साथै भायनेट उत्कृष्ट डिजिटल अनुभवमार्फत आम नेपालीको जीवनलाई समृद्ध बनाउने सपना पूरा गर्न आफ्ना ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट उपलब्ध गराउने दौरमा निरन्तर लागिपरेको छ ।

भायनेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठक बोहराले सीसीएससँग साझेदारी गरेर पश्चिम नेपालमा अत्याधुनिक उच्च गतिको फाइबर नेटवर्क निर्माण गर्न अनुभवी अन्तर्राष्ट्रिय टोलीसँग काम गरिरहेको बताएकी छिन् ।

पश्चिम नेपालमा आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय इन्टरनेट र डिजिटल सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता पूरा गर्न समझदारीले सघाउ पुर्याउने उनको दाबी छ ।

भायनेटले ग्रामीण दूरसञ्चार विकास अनुदान परियोजनाअन्तर्गत डोटी, दार्चुला, डडेल्धुरा र बैतडीका दुर्गम जिल्लाहरूमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने काम पनि सम्पन्न गरिसकेको जनाएको छ ।

समाचार

भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण शुरू

अब भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई पासपोर्ट ) प्राप्त गर्न सकि…

अब जिमेलबाटै अडियो र भिडियो कल गर्न सकिने

अब जिमेल प्रयोग गरेरै अडियो र भिडियो कल गर्न सकिने भएको छ । दुवै आईओएस र एन्ड्रोइ…

नेपालमा भिभोको चार वर्ष पुरा, विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदै

भिभोले नेपालमा आफ्नो चौथो वार्षिकोत्सव भव्य कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको छ…

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

डिटिएच सेवा दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना …

एनसेल र राकुटेन भाइबरबीच साझेदारी, ग्राहकलाई विशेष डाटा प्याकेज, स्टीकर्स र अन्य सुविधा 

एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरबीच एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याके…

स्याटेलाइटबाट लिपुलेक, लिम्पियाधुरा र कालापानीकाे जनगणना गर्ने तयारी

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्र…

नेपाल पेमेन्ट सोलुसन र ग्रीन डेभलपमेन्ट बैंक बीच सम्झौता

नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै ग्रीन डेभेलपमेन्ट बैंकस…

नेपाल पेमेन्ट सोलुसन्स र मन्जुश्री फाइनान्स बीच सम्झौता

नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिट…

ईन्नो डे २०२१ आयोजना गर्दै ओप्पो

चीनको शेङचनमा २०२१, डिसेम्बर १४–१५ का दिन ओपोले आफ्नो वार्षिक ओपो ईन्नो डेको आयोज…

अब ज्योति विकास बैंकबाट पनि प्रिपेड डलर कार्ड सेवा लिन सकिने

ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ । विभिन्न विदेशी अनल…

अब स्मार्टफोन प्रयोग गरेरै एन्ड्रोइड टिभी एपहरु इन्स्टल गर्न सकिने

अब प्रयोगकर्ताहरुले स्मार्टफोन प्रयोग गरेर एन्ड्रोइड टिभी एपहरु इन्स्टल गर्न सक्ने भएका …

एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी हुँदै 

एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालिएको छ । एप्पलले यो वर्षको सुरुवातमा…

दूरसञ्चार प्राधिकरणमा रोजगारीको अवसर, यसरी दिनुहोस् अनलाइनबाटै आवेदन

नेपाल दूरसञ्चार प्राधिकरणले १० जना कर्मचारी माग गरेको छ । आईतबार एक सूचना प्रकाशि…

पहिलो छोरी पञ्चायतको आयोजना,बालिकाहरुले मागे सामाजिक, आर्थिक र राजनीतिक अधिकार

नेपालमै पहिलो पटक आयोजना भएको “छोरी पञ्चायत” कार्यक्रममा बालिकाहरुले सामाजिक, आर्…

आईएमई लाइफको च्याटबोट नयाँ स्वरूपमा, ४५० जनालाई दैनिक सेवा

आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा…