कीवर्डहरू -

समाचार

नागरिक एपबाटै अब वैदेशिक रोजगारीको खोजी गर्न सकिने, आधा दर्जन बढी सेवा थप हुँदै

नागरिक एपमा वैदेशिक रोजगार विभागबाट प्रवाह हुने अनलाईन सेवाहरुमा स्टिकर नम्बरका आधारमा प्री-पर्मिसन डिटेल्स खोज्न मिल्ने साथै वैदेशिक रोजगारीको खोजी गर्न मिल्ने सेवा थप भएको छ ।

आगामी दिनहरुमा नागरिक एपबाटै श्रम स्विकृतीका लागि आवेदन दिन सक्ने गरि काम अगाडी बढाइएको छ । श्रम स्विकृती अत्यधिक भिडभाड हुने र जनगुणासो समेत धेरै आउने हुँदा नागरिक एपबाटै आधिकारिक व्यक्तिले नै आवेदन दिने साथै धेरै जसो व्यक्तिगत डकुमेन्ट नागरिकता, राहदानी, जस्ता श्रम स्वीकृतिका लागि आवेदन दिन आवश्यक पर्ने भएकाले एपबाटै आवेदन दिदाँ नागरिकलाई सहज हुने, खर्च जोगिने, एपमा भएका विवरणहरु अटो फिल भएर जाने पठाउन जाने, कम समय मै आवेदन भर्न सक्ने, विभागले आधिकारिकता जाँच गर्न थप श्रोत साधन खर्च गरिरहनु नपर्ने जस्ता फाईदाहरु हुनेछन ।

साथै यातायात व्यवस्था विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीको महसुल तिर्ने, राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको राष्ट्रिय परिचयपत्र, भौतिक पूर्वाधार विकास मन्त्रालय (बागमती प्रदेश) को भेहिकल रजिष्ट्रेसन सिस्टम प्रणाली, नेपाल स्वास्थ्य व्यवसायी परिषदका अनलाईन सेवाहरु, नेपाल ईन्जिनियरिङ परिषदका अनलाईन सेवाहरु, नेपाल मेडिकल परिषद्का अनलाईन सेवाहरु, नेपाल नर्सिङ परिषद्का अनलाईन सेवाहरु, वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिका लागि आवेदन तथा रि-इन्ट्री लागायतका थप सेवाहरु आवद्द गर्न नागरिक एप लागिरहेको छ ।

उल्लेखित निकायहरुमा आवश्यक समन्वय भईरहेको तर ति प्रणालीहरु सँग अन्तरआवद्द गर्न आवश्यक प्राविधिक डकुमेन्ट (API) उपलव्ध नभएका कारण पुन: ताकेता गरिएको नागरिक एपले जनाएको छ ।

समाचार

साओमीको आधिकारिक स्टोर अब बुटवलमा

साओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोर सञ्चालनमा ल्याएको छ । सो स्टोर बुटवलको विपि च…

कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ थाहा पाउने तरिका 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको…

गोपनीयतालाई विषेश प्राथमिकता दिइएको सामसुङ्ग \'वान् युआइ ४’

सामसुङ्ग  इलेक्ट्रोनिक्सले ‘वान् युआइ ४’ को औपचारिक घोषणा गरेको छ । कम्पनीले आफ्ना ग्…

ब्रिटिस कलेजमा अब ब्याचलर्समा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक कोर्ष पढाइ हुने

द ब्रिटिस कलेजले बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक कोर्ष सार्वजनि…

क्वालकमले ल्यापटपका लागि बनायो पाँच न्यानोमिटरको आर्म प्रोसेसर

क्वालकमले विन्डोज ल्यापटपका लागि पाँच न्यानोमिटरको आर्म चिपसेटको निर्माण गरेको छ । …

सञ्चालनमा आएको २ महिनामै हाम्रो पात्रो रेमिटबाट १ करोड रेमिट्यान्स नेपाल आयो

हाम्रो पात्रोले रेमिट्यान्स सेवा शुरू गरेको २ महिनामै १ करोड रूपैयाँ नेपाल पठाएको…

मंसिर १६ गतेदेखि सफ्टवेरिका कलेजको आईओटी च्यालेञ्ज, प्रवेश नि:शुल्क 

१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै सफ्टवेरिका कलेजले कोभेन्ट्…

लक्ष्मी बैंकको ‘डिजिटल डिसेम्बर’ योजना, क्युआर भुक्तानीमा क्यासब्याक र नगद पुरस्कार

लक्ष्मी बैंकले वार्षिक योजना ‘डिजिटल डिसेम्बर’ को तेस्रो संस्क…

ला लिगा अब ५० रुपैयाँमा हेर्न पाइने

विश्वकै चर्चित लिग स्पेनिस ला लिगा फुटबल अब ५० रुपैयाँमा प्रतक्ष हेर्न पाइने भएको छ…

अब डिजिटल प्रविधिबाटै लेखा परीक्षण

महालेखा परीक्षकको कार्यालयले सूचना प्रविधिको माध्यमबाट लेखापरीक्षण गर्ने प्रणाली कार्…

ओपोको आगामी फ्ल्यागशिप स्मार्टफोनमा स्न्यापड्रागन ८ जेन १ प्रोसेसर प्रयोग गरिने

स्न्यापड्रागन ८ जेन १ प्रोसेसर प्रयोग गरिएको आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन सन् २०२२ …

नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्री जनार्दन शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई आग्रह गरेका छन् । ब…

जैविक रोबोटले आफै पुनः उत्पादन गर्दै

कोशाणुमा आधारित जैविक रोबोटले आफै पुनः उत्पादन गर्न सकिरहेको पाइएको छ । अब धेरै रोबोटहरु बनाउन चाँडैनै सजिलो ह…

विश्वमा पहिलो थ्रीडीद्वारा प्रिन्ट गरिएको प्रोस्थेटिक आँखा एक विरामीलाई

विश्वमा पहिलो चोटि एक विरामीले थ्रीडीद्वारा प्रिन्ट गरिएको प्रोस्थेटिक आँखा लगाएका छन् । स्टीभ भर्ज नामक विरामीले फ्राउ…

पुस्तक प्रेमीको लागि ‘इन्फी किताब कार्निभल’, ८० प्रतिशत सम्म छुट

विश्वमा सबैभन्दा धेरै समय पढ्ने मानिसहरूको रुपमा चिनिने छिमेकी राष्ट्र भारतका जनता…