समाचार
ह्वावेद्वारा ह्वावे कनेक्ट २०२१ को आयोजना – डिजिटल कनेक्टिभिटीमा समर्पित वार्षिक औद्योगिक कार्यक्रम
डाइभ इन्टु डिजिटल“ थिममा ह्वावे नेपालले नोभेम्बर १६, २०२१ मा आफ्नो वार्षिक औद्योगिक कार्यक्रम “ह्वावे कनेक्ट २०२१”आयोजना गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त, दूरसञ्चार तथा आईएसपी क्षेत्रका आईसिटी उद्योगका सरोकारवालाहरू, त्रिवी र केयूका प्राध्यापक र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा ह्वावेले दिउँसोको समय मोबाइल र फिक्स्ड ब्रोडब्यान्ड, डाटा सेन्टर, डिजिटल सोलार एनर्जी, क्लाउड सेवा र फाइभजी जस्ता प्रविधिहरूको व्यावहारिक एप्लिकेशनहरू छलफल गर्दै बिताएको थियो ।
ह्वावेका अन्तर्राष्ट्रिय वक्ताहरु र नेपालमा रहेका ह्वावेका व्यापारिक साझेदारहरुले कार्यक्रममा आ–आफ्ना प्रस्तुति दिएका थिए ।
कार्यक्रमका लागि स्वागत मन्तव्य ह्वावे एशिया प्यासिफिकका उपाध्यक्ष तथा ह्वावे नेपाल बोर्डका अध्यक्ष चाङ चङचुनले राखेको थिए । चुनले महामारीको अवधिमा विश्वभरका सबै व्यक्तिका लागि डिजिटल प्रविधि र कनेक्टिभिटी आवश्यक भएको र उन्नत कनेक्टिभिटी र कम्प्युटिङले आर्थिक पुनरुत्थान र वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा प्रकाश पार्नुभयो । उहाँले डिजिटल प्रतिभा विकास गर्ने नेपालको क्षमतामा ठूलो विश्वास व्यक्त गर्दै यस क्षेत्रको डाटा सेन्टर हबको रूपमा नेपाल अघि बढ्ने आशा पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै सहसचिव दत्तले भरपर्दो र व्यापक डिजिटल कनेक्टिभिटीको आवश्यकता र महामारी पछिको पुनः प्राप्तिको लागि डिजिटल डिभाइडलाई जोड्न आवश्यक रहेको कुरामा जोड दिएका छन् । उनले महामारीको समयमा पनि फेरजी विस्तारमा ह्वावेको भूमिकालाई लिएर ह्वावेको प्रशंसा गरे ।
कार्यक्रममा ह्वावेले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ्सँगको सहकार्यको औपचारिक सुरुवात गरेको थियो । आफ्नो डिजिटल ट्यालेन्ट डेभलपमेन्ट इकोसिस्टम पहल अन्तर्गत, ह्वावेले आगामी ५ वर्षमा १०,००० डिजिटल प्रतिभाहरू विकास गर्ने आशा राखेको छ ।
आईओईसँग सहकार्य गर्दै ह्वावेले ह्वावे नेपाल आईसिटी एकेडेमी, एक अत्याधुनिक आईसिटी ल्याब निर्माण गर्नेछ जहाँ विद्यार्थीहरूको पहुँच नवीनतम प्रविधि र ह्वावेका सर्टिफिकेशन कार्यक्रमहरूसम्म हुनेछ र ह्वावे विशेषज्ञहरूद्वारा प्रदान गरिएका कक्षाहरूमा पनि उपस्थित हुन पाउनेछन् ।
आईओइका एक्टिङ डीन प्रा. डा. चिन्तामणि पोखरेल र ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सहसचिव दत्त र चाङ चङचुन हस्ताक्षर समारोहमा साक्षी रहेका थिए ।
कार्यक्रमको दौरान ह्वावे डार्विन हलको भर्चुअल भ्रमण देखाइएको थियो – यसका फाइभजीे प्रदर्शनी हल जुन ह्वावे मुख्यालय शेन्जेनमा अवस्थित छ जहाँ डोरियन लसन, ह्वावेका वरिष्ठ विशेषज्ञल एआर पर्यटन देखि ग्रामीण टेलिमेडिसिन र ग्रामीण शिक्षालाई सक्षम पार्न फाइभजी को व्यावहारिक एप्लिकेशनको बारेमा कुरा गर्नुभयो ।
जस्टिन चेन, ह्वावे एशिया प्यासिफिक इन्टरनेट सेवाका वरिष्ठ सोलुसन म्यानेजरले आईएसपी बिजनेसको नयाँ कन्सेप्ट फाइभजी फिक्स्ड नेटवर्क र यसको भविष्यलाई हाइलाइट गर्दै ह्वावेको नयाँ एण्ड–टु–एण्ड सोलुसनमा प्रेजेन्टेसन प्रस्तुत गरेका थिए । ह्वावेको नवीनतम प्रविधि र सोलुसनको समर्थनले नेपालमा आईएसपीहरू बढ्दै गएका छन् र नेपाली आईएसपी बजारमा वृद्धिको पूर्व अनुमान गर्दै छन् ।
डिस होम मार्फत आईएसपी बजारमा प्रवेश गर्दै आएको अग्रणी होम टिभी सेवा प्रदायक डिस मिडियाका प्रबन्ध निर्देशक, सुदीप आचार्यले ह्वावेको आईएसपी सोलुसनहरूमा आफ्नो विश्वास व्यक्त गर्दै क्ष्क्ए क्षेत्रमा कम्पनीको महत्वाकांक्षी योजनाहरू साझा गर्नुभयो ।
डिस मिडियाका सिओओ स्वेन विलिग र सिटोओ मनोज केसीले कम्पनी कसरी नेपाली आईएसपी बजारमा एक अग्रणी खेलाडीको रूपमा उक्लिएको छ भन्ने बारे बिस्तारमा कुरा गरे ।
सोमा शेखर विरान्ना, ह्वावे एशिया प्यासिफिक डाटा सेन्टर फसिलिटि सोलुसनका क्षेत्रीय निर्देशकले ह्वावेको पूर्वनिर्मित मोड्युलर डाटा सेन्टर र इनडोर डाटा सेन्टर बारे आफ्नो प्रेजेन्टेसन प्रस्तुत गरेका थिए ।
ह्वावेको प्रि–फेब्रिकेटेड डाटा सेन्टर नख्खुमा तैनाथ गरिएको एनसेलको तर्फबाट बोल्दै, दीपेन्द्र शाह र रञ्जन शर्माले दक्षिण एसियाकै सबैभन्दा ठूलो आइडिसी (एकीकृत डाटा सेन्टर) निर्माण गर्ने बारे आफ्नो अनुभव व्यक्त गरे र एनसेलको डाटा सेन्टर सेवा व्यवसायलाई विस्तार गर्ने आफ्नो योजना बारे पनि बताए ।
सोमा शेखर विरान्ना, ह्वावे एशिया प्यासिफिक डाटा सेन्टर फसिलिटि सोलुसनका क्षेत्रीय निर्देशक
ह्वावे एशिया प्यासिफिक फ्युजनसोलार सोलुसनका सोलुसन निर्देशक लिएको ह्वाङले ह्वावेको डिजिटल सोलार एनर्जी सोलुसनमा आफ्नो प्रेजेन्टेसन प्रस्तुत गरे । विगत ३ दशकदेखि दूरसञ्चार पूर्वाधार प्रमुखको रूपमा ह्वावेले रीमोट अफ–ग्रिड स्थानहरूमा निर्मित बेस स्टेशनहरूको लागि थप पावर–इफिसियन्ट सोलुसनहरू बनाउन काम गर्नुपरेको छ । हासिल गरिएको यो विशेषज्ञताले ह्वावेलाई नवीकरणीय ऊर्जामा लगानी गर्न प्रेरित गरेको छ ।
“कार्बन न्युट्रालिटी“ को विश्वव्यापी प्रवृति र स्वच्छ उर्जाको प्राथमिक स्रोत मध्ये एक सोलार उर्जाको भविष्य उज्ज्वल हुने कुरामा ह्वावेलाई विश्वास छ । ह्वावेको डिजिटल सोलार सोलुसनले नेपाललाई ऊर्जा क्षेत्रमा रूपान्तरण गर्न मद्दत गर्ने कुरामा ह्वाङ विश्वस्त थिए ।
ह्वावे एशिया प्यासिफिक फ्युजनसोलार सोलुसनका सोलुसन निर्देशक लियो ह्वाङ
ह्वावे क्लाउड एशिया प्यासिफिक इमर्जिङ मार्केट्सका प्रबन्ध निर्देशक, डेभिड लिउले ह्वावेको सार्वजनिक क्लाउड व्यवसायको लागि “एभ्रीथिङ्ग एज अ सर्भिस“ मोडेलमा आफ्नो प्रेजेन्टेसन प्रस्तुत गरेका थिए । लिउले ह्वावे क्लाउडको फुल स्ट्याक उत्पादन र सोलुसनहरू प्रस्तुत गर्नुभयो ।
ह्वावेको क्लाउड पार्टनर अप्लार्यजब डटकम र सफ्ट नाइनका सिईओ सुशील पाण्डेले ह्वावे क्लाउडसँग काम गर्दाको आफ्नो अनुभव व्यक्त गरे र यो प्रतिस्पर्धी भन्दा छरितो, अधिक कुशल र अधिक युजर–फ्रेन्डली भएको बताएका थिए । ह्वावे क्लाउडले नेपालको डिजिटल रूपान्तरणलाई गति दिँदै नेपाललाई उत्कृष्ट क्लाउड सेवा प्रदान गर्न स्थानीय साझेदार र इकोसिस्टमसँग सहकार्य गर्ने योजना बनाएको छ ।
समाचार
खल्तीबाट ज्योति लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगार म्यादी जीवन बीमाको शुल्क तिर्न सकिने
ज्योति लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमालाई थप प्रविधिमैत्री बनाएक…
एप्पलको \'सेल्फ सर्भिस प्रोग्राम\', आईफोन र म्याक आफै मर्मत गर्न सकिने
अब आफै आईफोन र म्याक मर्मतगर्न सकिने भएको छ । एप्पलले सेल्फ सर्भिस प्रोग्राम अन्र्तगत ग्…
ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट
ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट उपलब्ध भएको छ । जस कारण प्रयोगकर्ताहरुले ब्…
ई-पासपोर्ट वितरण शुरू, पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई
राहदानी विभागले बुधबारबाट ई-पासपोर्ट वितरण गर्न शुरू भएको छ । आउँदो अंग्रेजी नया…
कोकाकोला र भाइबरबीच साझेदारी, प्रयोगकर्ताले फूड र्याण्डमाइजर फिल्टर प्रयोग गर्न सक्ने
कोकाकोला नेपालले राकुटेन भाइबरसँग सहकार्य गरेको छ । सहकार्यसँगै कम्पनीले कोक एण्ड…
आजबाट नेपालमा ई-पासपोर्ट वितरण गरिदै, पहिलो सत्यमोहन जोशीलाई दिइने
राहदानी विभागले बुधबारबाट ई-पासपोर्ट वितरण गर्न शुरू गर्ने भएको छ । आउँदो अंग्रेज…
असोजमा कनेक्ट आईपीएसबाट झण्डै ३ खर्बको कारोबार
एक महिनामा कनेक्ट आईपीएसबाट झण्डै ३ खर्ब रूपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बै…
नेपाल बैंक ८५ वर्षमा प्रवेश, यस्तो छ लेजर बुकदेखि डिजिटल बैंकिङ सम्मको यात्रा
नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड आजबाट ८५ वर्षमा प्रवेश गरेको छ । वि…
नेपालमा ह्वावे कनेक्ट २०२१ आयोजना हुँदै
ह्वावेले नेपालमा ह्वावे कनेक्ट २०२१ को कार्यक्रम आज अर्थात कात्तिक ३० गते आयोजना गर्न…
आइबिएमले बनायो सुपर कम्प्युटरले पनि अनुसरण गर्न नसक्ने इगल चिप
सुपर कम्प्युटरले पनि अनुसरण गर्न नसक्ने क्वान्टम चिप आइबिएमले निर्माण गरेको दावी गरे…
एनएमबि बैंकको भिडियो केवाईसी सेवा, ५ मिनेटमै खाता खोल्न सकिने
एनएमबि बैंकले भिडियो केवाईसी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नेपालमा पहिलोपटक…
दराज ११.११ को नयाँ रेकर्ड, एक दिनमा ७ लाखले भिजिट गरे दराज एप
दराज ११.११ को चौथौं संस्करणमा २४ घण्टा भित्र ७ लाख अनलाइन खरिदकर्ताहरूले दराज एप …
अब अनलाइनबाटै सिभिल अस्पतालमा अपोइन्टमेन्ट लिन सकिने
अब मोबाइल एपबाटै सिभिल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट लिन सकिने भएको छ । चिकित्सकस…
मङ्सिर १ बाट विद्युतीय राहदानी परीक्षण, पहिलो चरणमा २० लाख थान छापिने
मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्…
नाष्टले सञ्चालनमा ल्यायो सूचना पहुँच केन्द्र, वर्षमा एक पटक सातै प्रदेशमा लगिने
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँ…