समाचार
नेपाली काँग्रेस १४औँ महाधिवेशनः प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखिने
‘उत्साह, एकता र रूपान्तरण; सफल बनाऔँ १४औँ महाधिवेशन’ को नाराका साथ नेपाली काँग्रेस पार्टीले १४औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने गरी गृहकार्य गरिरहेको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले प्रविधिको उच्चतम प्रयोगलाई प्राथमिकतामा राखेर तयारी अगाडि बढाएको हो ।
गृहमन्त्री एवं महाधिवेशन तयारी मूल समितिका सदस्य बालकृष्ण खाणले नेपाली काँग्रेसलाई समयानुकूल रूपान्तरण गर्ने गृहकार्य पहिल्यै सुरु भइसकेको बताए।
उनले भने, ‘यस पटक क्रियाशील सदस्यता भर्ने र नवीकरण गर्न पनि प्रविधिको प्रयोग गरेका छौँ । पार्टीको आधिकारिक वेबसाइटमै क्रियाशील सदस्यको नामावली हेर्ने व्यवस्था गरिएको छ, महाधिवेशनलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ।’
केन्द्रीय सदस्य खाणले प्रविधिको प्रयोग गर्ने पार्टीका रूपमा नेपाली काँग्रेस अग्रसर भएको बताए। यसअघि क्रियाशील सदस्यता भर्न पनि फाराम भरेपछि तहगत रूपमा सिफारिस गर्ने र केन्द्रीय समितिले स्वीकृत गरेर नामावली जिल्लामा पठाउने गरिएको थियो।
नेपाली काँग्रेसका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित प्रचारप्रसार समितिले १४औँ महाधिवेशनको लोगो सार्वजनिक गर्ने बताए ।
प्रवक्ता शर्माले भने, ‘जिल्ला अधिवेशन र सातै प्रदेशको अधिवेशन सकिएपछि १४औँ महाधिवेशन सुरु हुन एक हप्ता बाँकी रहन्छ। सामाजिक सञ्जालसँगै विविध तरिकाले प्रचारप्रसारको काम व्यवस्थित रूपमा हुन्छ। हामी डिजिटल्ली जान्छौँ।’
प्रवक्ता शर्माले अहिले डिजिटल सामग्री उत्पादनको काम भइरहेको जानकारी दिए। सामग्री तयार भएपछि टेलिभिजन तथा सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिने उनले बताए।
काँग्रेस प्रचारप्रसार विभागका सचिव दिनेश थापामगरले १४औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने र काठमाडौँदेखि दूरदराजका नागरिकसम्म महाधिवेशनबारे जानकारी पुर्याउने गरी तयारी भइरहेको बताए।
सचिव थापा मगरले भने, ‘काँग्रेस पार्टीका नीति तथा कार्यक्रम नागरिकले बुझ्नुपर्छ। प्रचारप्रसार विभाग र १४औँ महाधिवेशनका लागि गठित प्रचारप्रसार समितिले पार्टीका नीति तथा कार्यक्रमलाई व्यापक जनमानसमा पुर्याउने गरी तयारी गरिरहेको छ।’
गोरखापत्र
समाचार
रोबोट र ड्रोन सम्बन्धि ५ दिने निःशुल्क वर्कशप आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
दूरशिक्षाले ५ दिने रोबोट तथा ड्रोन सम्बन्धि वर्कशप आयोजना गर्ने भएको छ । पछिल्लो समय…
अन्तरिक्ष सम्बन्धि नेपालको पहिलो ‘स्पेस टेक इनोभेसन’ प्रदर्शनी हुँदै
अन्तरिक्ष गतिविधि र नेपाली युवाहरुले गरेको सफलताको बारेमा जानकारी दिने उद्धेश्यले…
सिभिल मलमा सपिङ्ग गर्दा सुजन लामिछानेले जिते टिभिएस अपाचे आरटिआर बाइक
सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर घोषणा गरेको कार्यक्रम अन्…
अर्को हप्ताबाट स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइ शुरू हुने, तीन सिफ्टमा छाप्ने योजना
करिब छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुन…
नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसीप कार्यक्रम शुरु
नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम ‘नब…
माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था
माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालयलाई मोबाइल लकर प्रदान गरेको छ । संग्…
सार्वजनिक सवारीसाधनमा जीपीएस डिभाइस जडान गर्दै सरकार, पहिलो चरणमा सय सवारीलाई निःशुल्क
सरकारले सार्वजनिक सवारीसाधनमा जीपीएस डिभाइस जडान गर्ने भएको छ । यातायात व्यवस्था …
डिजिटल रूपान्तरण र प्रतिभा विकासमा सहकार्य गर्न थाइल्याण्डका प्रधानमन्त्रीको ह्वावेसँग भेटवार्ता
थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान–ओ–चाले ह्वावे टेकनोलोजिजका सिईओ रेन झेङ्फे…
अब अनलाइनबाटै लेखा परीक्षण
महालेखा परीक्षकको कार्यालयले यो वर्षदेखि विद्युतीय प्रणाली (अनलाइन) बाटै लेखा…
आईफोन १४ का लागि एप्पलले डिजाइन गर्यो फाइभजी मोडेम
आईफोन १४ का लागि एप्पलले फाइभजी मोडेम डिजाइन गरेको छ । सन् २०२३ मा सार्वजनिक हुन…
टेलिकमका प्रयोगकर्ताले ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एप अब निःशुल्क चलाउन सक्ने
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्म…
सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपबाट अब सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्न सकिने
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्ग मार्फत सीआरएन तथा डिम्याट नम्बर …
सामसङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्र सम्पन्न, २१ जना बने विजेता
सामसुङ मोबाइलको विन्टर स्किमको तेस्रो लक्की ड्र सम्पन्न भएको छ । बुधबार राजधानीमा सम्…
इस्लिङटन कलेजमा विद्यार्थीको शोकेसः कन्ट्याक्टलेश पेमेन्ट सिष्टम देखि थ्रिडी प्रिन्टरसम्म
इस्लिङटन कलेजले एफवाईपी शोकेस प्रदर्शनी आयोजना गरेको छ । उक्त पदर्शनीमा अन्तिम वर्षक…
सन् २०२२ मा सार्वजनिक हुँदै एप्पलको डिजिटल आईडी कार्ड, क्रेडिट वा डेबिटकार्ड जस्तै काम गर्ने
एप्पलले सन् २०२२ मा डिजिटल आईडी कार्ड सार्वजनिक गर्ने भएको छ । यो फिचर पहिले सन् २०…