समाचार
गरिमा विकास बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
गरिमा विकास बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन् ।
यस सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंकको शाखा पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।
अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सकिने छ । हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरू मार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका निम्ति कनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ ।
अनलाइनबाटै सेल्फ भेरिफाई गरिएका खाताहरूका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रति महिना १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंक मार्फत बुझाएर एक पटक भेरिफाई गराउनु पर्ने बैंकले जनाएको छ ।
यसरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्ने सुविधा हाल १५ बढी वाणिज्य बैंकहरू, ६ विकास बैंकहरु र १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तिय संस्थाहरुमा पनि आवश्यक पहल भइरहेको बैंकले जनाएको छ ।
बैंक खाता लिंक गरी यसरी गर्नुहोस् सेल्फ भेरिफाई
शुरूमा कनेक्ट आईपीएसको आफ्नो अकाउन्ट लगइन गर्नुहोस् । त्यसपछि कनेक्ट आईपीएसमा लिंक अकाउन्ट अप्सन भित्र आवश्यक विवरण भरी गरी खाता लिन्क गर्नुहोस् ।
अनि म्यानेज अकाउन्टभित्र लिंक गरिएको खातामा सेल्फ भेरिफाई एकाउन्टमा क्लिक गर्नुहोस् र रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त ओटीपी कोड राख्नुहोस् ।
यति गरेपछि अनलाइन लिंक गर्न खोजिएको खातामा जम्मा भएको दुईवटा रकमहरु दाखिला गरी प्रकृया पूरा गर्नुहोस् । अब लिंक गरिएको खाता मार्फत मोबाइल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।
अनलाइन सेल्फ भेरिफाई प्रकृयाको लागि भने ग्राहकले कनेक्ट आईपीएसमा रजिष्टर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर भने एउटै हुनु पर्ने छ ।
समाचार
एनआईसी एशिया बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनला…
उज्वल थापा जसले सुरु गरेका थिए ‘आन्टरपेनर फर नेपाल’
विवेकशिल पार्टी निर्माण गरेपछि उज्वल थापा युवाहरुबीच लोकप्रिय बने । जब उनले मुलुकको राजनीतिको आमूल परिवर्तन गर्नुप…
सूचना प्रविधि उद्यमी उज्वल थापाको निधन
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थाप…
जेनेस र युकेएड सीपको सहकार्यमा आईओईमा शुरू भयो अमेजन वेब सर्भिसेज एकेडेमी
अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठा…
अनलाइनबाटै निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउँदै फेस्ट, यसरी हुनुहोस् सहभागी
कोरोना महामारिका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एज…
राष्ट्रिय आविष्कार केन्द्र र टेलिमेडिसन सेन्टरलाई डिशहोमको निःशुल्क इन्टरनेट
राष्ट्रिय आविष्कार केन्द्रमा डिशहोमले निःशुल्क इन्टनेट जडान गरी दिएको छ । डिशहोमले आ…
के तपाईले कोभिड १९ विरूद्धको खोप लगाउनु भएको छैन् ? अनलाइनबाटै यसरी भर्नुहोस् फारम
कोरोना भाइरसको खोप नलगाएका व्यक्तिहरूले अब अनलाइनबाटै फारम भर्न सक्ने भएका छन् । स्…
चन्द्रमामा परिवर्तन हुने खालको रोबोट बल पठाउँदै जापान
जापानले चन्द्रमामा परिवर्तन हुने खालको रोबोट बल पठाउने भएको छ । जापानको एरोस्पेस …
बिद्यालयमा ब्रोडव्यान्ड इन्टरनेटः स्थानीय तहलाई १५ दिनभित्र सम्पर्क गर्न प्राधिकरणको अनुरोध
सरकारले मुलुकभरका आधारभूत बिद्यालयहरुमा ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने योजनालाई अगाडि बढाएको छ ।
…
मेरो डाक्टरबाट स्वास्थ्य सम्बन्धि अनलाइन भिडियो परामर्श लिन सकिने, यसरी लिनुहोस् सेवा
कोभिड–१९ महामारीको समयमा स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन…
विश्वकै सबैभन्दा ठूलो थ्रीडी म्याप बनाउने एआई सुपरकम्प्युटर : पर्लम्युटर
नयाँ एआई सुपरकम्प्युटर पर्लम्युटरले विश्वकै सबैभन्दा ठूलो थ्रीडी म्याप बनाउन मद्दत पुर्…
अपरिचित व्यक्तिसँग भिडियो तथा भ्वाइस कल नगर्न साइबर ब्यूरोको आग्रह
नेपाल प्रहरीको साइबर ब्यूरोले अपरिचित व्यक्तिले भिडियो कल गरेमा सचेत रहन आग्रह गरे…
‘विश्व बैंक समुह युवा सम्मेलन २०२१’ मा युवा वैज्ञानिक बानियाँ नेपाली प्रतिनिधि
विश्व बैंक समुह युवा सम्मेलन २०२१ को नेपाली प्रतिनिधिमा युवा वैज्ञानिक निश्चल बानि…
बजेटमा सूचना तथा सञ्चार प्रविधि : यस्ता छन् समावेश भएका कार्यक्रम
सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको बजेट ल्याएको…