कीवर्डहरू -

समाचार

होटल याक एण्ड यतीमा आज आइटी कन्क्लेभ हुँदै, भविष्यका प्रविधि बारे छलफल गरिने

होटल याक एण्ड यतीमा आज दिउँसो १ बजेदेखि प्रेसिडेन्सियल आइटी कन्क्लेभ आयोजना हुने भएको छ । प्रेसिडेन्सियल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीले आयोजना गरेको उक्त कन्क्लेभमा ३ महत्वपूर्ण प्यानल सेसनहरु सञ्चालन हुनेछन् ।

दोस्रो संस्करणको रुपमा आयोजना हुन लागेको कन्क्लेभमा पछिल्लो समयका प्रविधिहरु र त्यसले ल्याएको व्यवसायिक परिवर्तन बारे छलफल गरिनेछ ।

कार्यक्रममा आइटी उद्योगको भविष्य र यसले आउँदा दिनमा समाज तथा कार्यक्षमतामा पार्ने प्रभाव जस्ता विषयवस्तुमा पनि प्यानल डिस्कसन सञ्चालन गरिने कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

त्यस्तैगरी कार्यक्रममा विभिन्न क्षेत्रको मानिसहरुलाई आईटी उद्योगको महत्व र यसले सिर्जना गर्ने रोजगारीको अवसरबारे जानकारी दिइनेछ ।

आइटी पढ्न खोज्ने तथा यस क्षेत्रमा करियर बनाउन खोजीरहेका र आइटीका इमर्जिङ ट्रेन्ड र रिसर्चमा चासो राख्नेहरुको लागि यो कार्यक्रम महत्वपूर्ण हुने कलेजका आइटी प्रोग्राम संयोजक सुरेश मानन्धरले बताए ।

तीन विभिन्न चरणमा हुने यस कार्यक्रममा पहिलो सेसनको छलफलमा एशोसिएट प्रोफेसर डा. बालकृष्ण बल, डा. विशेष खनाल, एसोसियट प्रोफेसर डा.सञ्जिब प्रसाद पाण्डे र प्रनिता कार्की रहेका छन् ।

दोस्रो सेसनमा दृष्टि कन्साकार, प्रकाश अर्याल, यास्मिन भट्टराई र राजन कोइराला रहेका छन् भने अन्तिम सेसनका लागि प्रमोद पराजुली, रुचिन सिहं, डा.भोगेन्द्र मिश्र र मोना न्याच्छ्योनको सहभागिता रहनेछ ।

कलेजले कार्यक्रममा प्यानल डिस्कसनसँगै क्यूएनए सेसन पनि समावेश गरेको छ । कार्यक्रममा कीनोट स्पीकरको रुपमा प्रोफेसर डा.शसिधर राम जोशी रहेका छन् ।

यस वर्षको आइटी कन्क्लेभले सूचना प्रविधि, यसको सम्भावना तथा अवसरको लागि छलफल गर्ने एउटा महत्वपूर्ण प्लाटफर्म हुने कलेजका कार्यकारी अध्यक्ष केसीले बताए ।


समाचार

बिटकोइन लामो समयसम्म नरहने एक विज्ञको चेतावनी

पछिल्लो समय बिटकोइनले बजार तताएको छ । विश्व २१ औं शताब्दीमा प्रवेश गर्दा क्रिप्टोकरे…

सन् २०२३ मा एम टू चिपसेट सार्वजनिक गर्दै एप्पल

एप्पलले अर्काे वर्ष एम टू चिपसेट सार्वजनिक गर्ने भएको छ । योसँगै एप्पलले एम टू प्रो …

इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स् भुक्तानी सम्झौता

देशभर तथा विश्वका दुई सय भन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स् कारोवारलाई प्राथमिक…

‘नबिल स्मार्टपोस’ का लागि बैंकले दराज तथा आइमार्कसँग गर्याे सहकार्य

नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को संचालनका लागि त्रिपक्षीय सम्झौत…

१९ नेपाली विद्यार्थीहरूद्वारा ह्वावेको ग्लोबल फ्ल्यागशिप सीड्स फर द फ्युचर कार्यक्रमको समापन 

ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर – ग्लोबल फ्ल्यागशिप सिएसआर कार्यक्रम– नेपालको स्ना…

नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी बैंकबीच डिजिटल इकोसिस्टम विस्तारका लागि सहकार्य

नेपाल पेमेन्ट सोलुसन्सले डिजिटल इकोसिस्टम विस्तार क्रममा लुम्बिनी विकास बैंक लिमिटे…

पुस ८ गते प्रेसिडेन्सियल आईटी कन्क्लेभ आयाेजना हुँदै

प्रेसिडेन्सियल बिजनेस स्कुलले प्रसिडेन्सियल आइटी कन्क्लेभ २०२१ आयोजना गर्ने भएको छ । …

\'हाम्रो नेपाली किबोर्ड’ एप एक करोड पटक डाउनलोड हुन सफल

हाम्रो नेपाली किबोर्ड गुगल प्ले स्टोरमा एक करोड पटक डाउनलोड भएको छ । फेसबुक र स्मा…

टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याकमा यस्ता छन् सुविधा

नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक…

ग्यापुले सम्पन्न गर्‍यो नेपालको पहिलो टिकटक अवार्ड

टिकटक क्रिएटरलाई सम्मान गर्ने उद्देश्यले नेपाली इकमर्स ग्यापु मार्केटप्लेसले चर्चित टिक…

डक टू बटम फिचरमा काम गर्दै गूगल म्याप, कस्तो हो यो फिचर ?

गूगल म्यापले डक टू बटम फिचर काम गरिरहेको एक रिपोर्टले देखाएको छ । सर्च इन्जिन राउ…

ह्याक्टिभिज्म भनेको के हो ? ह्याकिङभन्दा कसरी फरक छ ?

ह्याक्टिभिज्म शब्द ह्याकिङ र एक्टिभिज्मबाट आएको हो । सामान्यतयाः यसको अर्थ सामाजिक र र…

वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा विद्युतीय भुक्तानीको परीक्षण शुरू

नेपालकै एक मात्र वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा  पहिलो पटक विद्युतीय …

ड्राइभिङ लाइसेन्सको अवधि १० वर्ष पुर्‍याउन दबाब

सरकारले नयाँ तथा नवीकरणको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्ड वितरण गर्न वर्षौ …

साथीमार्टको ब्रान्ड एम्बेस्डरमा राजेश हमाल, अब मोबाईल एपबाट पनि सपिङ गर्न पाइने 

२०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर सुरु भएको  नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन…