समाचार
ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रमको उत्कृष्ट २० घोषणा, को को भए छनोट ?
ह्वावेले सिड्स फर द फ्युचर कार्यक्रमको उत्कृष्ट २० घोषणा गरेको छ । आएका आवेदन मध्येबाट ह्वावेले मसिंर ७ गते उत्कृष्ट २० विद्यार्थीको नाम सार्वजनिक गरेको हो ।
उत्कृष्ट २० मा एडभान्सड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका अंकित खनाल, केयु स्कुल अफ इन्जिनियरिङका अवन श्रेष्ठ, कान्तिपुर सिटी कलेजका भावुक गढतौला, मदन भण्डारी मेमोरियल कलेजका विवेक गुप्ता, एडभान्सड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका विशाल श्रेष्ठ, एडभान्सड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका दर्शन गौतम, एडभान्सड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका एल्बिना पौडेल छनौट भएका छन् ।
त्यस्तै नेशनल एकेडमी अफ साइन्स एण्ड टेकनोलोजीका ज्ञानु अवस्थी, हेराल्ड कलेजका जनक भट्ट, त्रिवि आईओई इस्टर्न रिजन क्याम्पसका कृतज्ञा रेग्मी, एलबिइएफ कलेजका लाल बहादुर बुढा, आईएसएमटी कलेजका निशान थापामगर, त्रिवि आईओईका प्रदीप बिसी, सेन्ट जेभियर कलेजका प्रशिद्ध कंशाकार, त्रिवि आईओई इस्टर्न रिजन क्याम्पसका रनिश देवकोटा, एलबिइएफ कलेजका सन्दिप कुमार झा, खोपा कलेज अफ इन्जिनियरिङका सन्देश आचार्य, हिमालय कलेज अफ इन्जिनियरिङकी सरला भण्डारी, इस्लिङकन कलेजका शिशिर पौडेल र त्रिवि आईओईकी युनिका बज्राचार्य समेत उत्कृष्ट २० मा पर्न सफल भएका छन् ।
ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम नेपालका सबै सूचना तथा सञ्चार प्रविधि विषयमा स्नातक पढिरहेका विद्यार्थीहरुका लागि केन्द्रित गरेर आयोजना गरिएको कार्यक्रम हो ।
यस कार्यक्रमले विद्यार्थीहरुलाई ८ दिने अन्तरक्रियात्मक अनलाइन अनुभव र नेपालमा आईसीटी उद्योगमा फर्स्ट ह्यान्ड एक्सपेरियन्स प्रदान गर्ने जनाइएको छ ।
अनलाइन कार्यक्रमको दौरान विद्यार्थीहरुले एन्ट्री लेभल र एड्भान्स्ड प्राविधिक कोर्सहरू पाउने छन्, जसमा क्लाउड कम्प्युटिंग र एआई भर्चुअल टुरको माध्यमबाट चीनको अनुभव, विशेषज्ञहरुबाट साइबरसुरक्षा देखि एयरोस्पेस उद्योग बारे विस्तृत दृष्टिकोण सुन्ने, देशहरुसंग क्रस–कल्चरल एक्सचेन्ज सम्भव हुने अन्र्तक्रियात्मक र गतिशील कक्षा कोठामा समावेश हुने टेक फोर गूड समूह परियोजनामा भाग लिने र ह्वावेको इतिहास र प्राविधिक विकासको एक झलक पाउने छन् ।
विद्यार्थीहरुले ह्वावे नेपाल कार्यालयको भ्रमणको माध्यमबाट नेपालको आईसिटी उद्योगमा फर्स्ट–ह्यान्ड एक्सपेरियन्स प्राप्त गर्ने छन्, जहाँ उनीहरुलाई नेपालको आईसिटी उद्योगमा ह्वावेको समृद्ध अनुभवसंग परिचय गराइनेछ भने उद्योग विशेषज्ञहरुद्वारा कक्षा र डिसेम्बरमा आयोजित एक रमणीय स्थानमा एक ह्वावे–निर्मित बेस स्टेशनको एक रातको यात्रा तय गरिने छ ।
कार्यक्रमको समापन तिर विद्यार्थीहरु अलुम्नाइ समुदायमा सम्मिलित हुनेछन् जहाँ आत्मियता गाढा गर्न एस्क्लुसिभ वेबिनार, राउन्ड टेबल संवाद, उत्सव कार्यक्रम आदि हरेक बर्ष आयोजना गरिनेछ ।
यो कार्यक्रम पहिलो पटक थाईल्याण्डमा २००८ बाट शुरू भएको थियो । त्यसबेला देखि १३० देश र क्षेत्रहरुबाट ९ हजार विद्यार्थीहरु ह्वावेको सिड्स फर फ्युचर कार्यक्रममा सहभागी भइसकेका छन् ।
समाचार
बिटक्वाइनको शहर बनाउँदै एल साल्भाडोर
मध्य अमेरिकाको एक देश एल साल्भाडोरले बिटकोइनमा आधारित शहर बनाउने योजना बनाएको छ…
महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको उद्घाटन
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक…
सूचना प्रविधि तथा मिडियालाई एकीकृत रुपमा नियमन गर्नुपर्ने प्रस्ताव, यस्तो छ अध्ययन प्रतिवेदन
दूरसञ्चार, सूचना प्रविधि तथा ब्रोडकास्टिङ सेवाहरुलाई एकीकृत रुपमा नियमन गर्नुपर्ने …
एनसेलको स्वास्थ्यसम्बन्धी पहललाई विट्सा र एसोसीओ अवार्ड
एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबा…
मिदास टेक्नोलोजीले ल्यायो मोबाइलबाटै अस्पतालमा चिकित्सकको समय लिन सकिने सुविधा
मिदास टेक्नोलोजीले मोबाइलबाटै अस्पतालमा दीर्घकालिन उपचार र चिकित्सकसँग टिकट लिन म…
ज्योति विकास बैंकले सुरु गर्यो ओम्नी च्यानल, मोबाइल एप र वेबसाइटबाट अब सबै डिजिटल बैंकिङ सेवा
ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात …
नेपालको आफ्नै स्याटेलाइट राख्न परामर्शका लागि ४ कम्पनी शर्टलिष्ट
अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात भू-उपग्रह राख्न ४ वटा अन्तर्राष्ट्रिय परामर्श…
नेपाल पेमेन्ट सोलुसनले शुरू गर्यो एउटै लिंकबाट पैसा तिर्न र पाउन सकिने ‘वान लिंक’ सेवा
नेपाल पेमेन्ट सोलुसन्स प्रालिको ‘वान लिंक’ नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ ब…
मेट्रो अनलाइन ट्याक्सीद्धारा ट्याक्सी चालकहरुलाई लागि निःशुल्क दन्त शिविर
काठमाडौंमा सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्यलाई ध्यान राख्दै मेट्रो अनलाइन …
मोबाइलबाटै बिग बिंगो गेम निःशुल्क खेल्न सकिने, हरेक हप्ता ५१ हजार जित्ने अवसर
नेपालीहरुले बनाएको बिग बिंगो नेपालमा निःशुल्क खेल्न सकिने भएको छ । नेपालमा निःश…
वेद स्कूल सफ्टवेयर निर्माण गर्ने कम्पनी इन्ग्रेल्सलाई विट्सा अवार्ड
वेद सफ्टवेयर निर्माण गर्ने कम्पनी इन्ग्रेल्स प्राइभेट लिमिटेडलाई वर्ल्ड इन्फरमेसन टेक्नोल…
एशियन लाइफको बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने
एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्ती एपबाटै तिर्न सकिने भएको छ । डिजि…
माछापुच्छ्रे बैंकले सुरु गर्यो सहकारी डेबिट कार्ड
माछापुच्छ्रे बैंकले सहकारी संस्थासँगको सहकार्यमा सहकारी डेबिड कार्डको सुरुवात गरेक…
क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू, प्रमुख अतिथि शेखर गोल्छा
क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघक…
६ महिनाभित्र ५० चार्जिङ स्टेसन, एपबाटै चार्ज गर्ने समय र स्थान बुक गर्न सकिने
नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभ…