समाचार
आधा करोड चिट्ठाको लोभमा यसरी ठगिइन नर्स
राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफर अन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ ।
ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा आमासँगै खुसी हुँदै फुरुङ्ग बन्छिन् । खुसीको खबर बुबासम्म पनि पुग्छ । नर्सका बुबा पनि आश्चार्य मान्दै भन्छन्, कसरी यस्तो अवसर मिल्यो ?
अब चिट्ठाबापतको करोड रकम छोरीकै खातामा ल्याउन परिवार नै लागि पर्छ । ह्वाट्सएपबाट सम्पर्कमा आएको अज्ञात व्यक्ति चिट्ठाबापतको रकम खातामा पठाउन केही शुल्क (कर) तिर्नुपर्ने भएकाले तत्काल आईएमईबाट एक लाख पठाउन भन्छ र रकम पठाइन्छ । छ घण्टामा उनीहरूले सात लाख रुपियाँ पठाए ।
“एक लाख कर तिर्दा करोड आउने प्रलोभनमा’ उनीहरूले बिहीबार सुवास रुम्बा, अमितकुमार, प्रिती तुम्बापो, भोला महतो र प्रदीपकुमारसहित पाँच जनाको नाममा बिहान ११ देखि ४ बजेसम्मको अवधिमा साढे सात लाख रकम आईएमई–पेबाट पठाए ।
यति पठाउँदा पनि ह्वाट्सएपमा प्रताप केबीसी नामको आईडी भएको अज्ञात व्यक्ति पुनः रकम माग गर्न छोड्दैन । खातामा पठाइदिन्छु भनेको चिट्ठा रकम नआएपछि मात्र आफूहरू अनलाइन ठगीमा परेको बल्ल नर्सलाई थाहा हुन्छ ।
अनलाइन ठगीसम्बन्धी उजुरी बोकेर महानगरीय प्रहरी अपराध महाशाखामा पुग्नुभएकी ती नर्स आफूजस्तै दर्जनौँ ठगिएको देख्दा अत्यास लागेको बताउँछन् । यस्तै प्रकृतिको अनलाइन ठगीबाट पीडित अर्की महिलाले पनि पाँच लाख गुमाएको दुःखेसो गरे ।
सुन्धारामा रेडिमेट पसल सञ्चालन गर्दै आएकी ती महिलाले पनि अनलाइन चिट्ठाको लोभमा एकै दिन पाँच लाख गुमाएको पीडा सुनाए। अनलाइन ठगीका कारण २५ हजारभन्दा माथि १० लाखसम्म गुमाएको उजुरी बोकेर महाशाखा पुग्ने पीडितको लर्को नै लाग्ने गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा साइबर पिलरका प्रहरी निरीक्षक राजेश महर्जन अनलाइन ठगी नेपालीका लागि ‘लोभले लाभ, लाभले विलाप भनेजस्तै’ भएको बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।
समाचार
सामसङले भविष्यको स्मार्टवाचमा एन्ड्रोइड प्रयोग गर्न सक्ने
सामसङले भविष्यको स्मार्टवाचहरुमा टाइजेन प्रयोग नगरेर एन्ड्रोइड प्रयोग गर्न सक्ने भएको …
एनआईसी एशिया बैंकले भित्र्याएको साइबरसोर्स प्रणाली अब आम व्यवसायीहरू माझ
एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाइन भुक्तानी ग…
आज भारतबाट १० लाख डोज खोप आउँदै
कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । …
सेनिटाइजरको अधिक प्रयोग खतरनाक
कोरोना महामारी (कोभिड–१९)ले 'ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयो…
सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मेसन’ प्रणालीमा लैजान माग
सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मेसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग …
सरकारले एक अर्ब खर्च गरेर इन्टरेनटमा आउने सामग्री फिल्टर गर्ने
सरकारले इन्टरेनटमा आउने सामग्रीलाई छानेर हटाउन वा नियन्त्रण गर्न सक्ने प्रविधि जडान …
ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने
फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभि…
एलजीको विभिन्न मोडेल र क्षमताको वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा
एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्सले विभिन्न मोडेल र क्षमताक…
नि:शुल्क सामान किनबेच गर्न मिल्ने प्लटेफर्म: इन्टरनेटपसल डटकम
सबै सामान किन्न र बेच्न मिल्ने प्लटेफर्म जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवान…
किसानको विवरण राख्न सफ्टवेयर तयार
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको वर्गीकरण तथा पहिचानका लागि वेबमा आ…
अष्ट्रेलियामा गरेको समाचार प्रतिबन्ध बारे फेसबुकले दियो यस्तो प्रतिक्रिया
सामाजिक सञ्जालमा गरिने समाचार सम्पे्रषण (न्युज फिड) र साझा गर्ने विषयलाई सम्बोधन गर्…
ह्वाटसएपले प्राइभेसी पोलिसीलाई परिमार्जित गरेर ल्याउने
ह्वाटसएपले केही दिन अघि ल्याउन लागेको प्राइभेसी पोलिसीलाई परिमार्जित गरेर सार्वजनि…
यस्तो छ एन्ड्रोइड १२ को पहिलो डेभलपर प्रिभ्यू
गूगलले एन्ड्रोइड १२ अपरेटिङ सिस्टम (ओएस) को पहिलो डेभलपर प्रिभ्यू सार्वजनिक गरेको छ…
आगामी बिहिबार डिजिटल लर्निङ डे मनाइँदै, यस्तो छ कार्यक्रम तालिका
सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी, २०१२ द…