कीवर्डहरू -

समाचार

वैकल्पिक विधि प्रभावकारी नबनेपछि विद्यालयबाटै पढाइ शुरु

कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै शैक्षिक सत्र शुरु भए पनि कोरोनाका कारण विद्यालय बन्द थिए । सरकारले विद्यालय शिक्षा निर्देशिका जारी गरे पनि विद्यालय खुल्न सकेका थिएनन् ।

सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गर्दै पाठ्यक्रम समायोजन भएको छ । अध्यापन र अध्ययन सहज भएकाले नियमति समयमै पाठ्यक्रम सक्ने उद्देश्य राखेर विद्यालय शुरु भएका हुन् ।

जिल्लामा तिहार लगत्तै केही विद्यालय खुले तर कोरोना महामारीको प्रभाव विद्यालयस्तरमै सर्ने अनुमानपछि बन्द भए । पछिल्लो समय भने स्थानीय तहको निर्देशनानुसार विद्यालय खुलेका हुन् ।

पठनपाठनका लागि विद्यालय शिक्षण पद्धतिको विकल्पका बारेमा प्रयोग गरियो । विद्यार्थीको पहुँच नपुगेकाले त्यस्ता विधि प्रभावकारी बन्न सकेनन् । त्यसैले पनि विद्यालय शिक्षण पद्धतिमा फर्किनु परेको जिल्ला शिक्षा तथा समन्वय एकाइ इलामका प्रमुख शम्भु थापा बताउनुहुन्छ ।

शिक्षणका लागि समन्वय एकाइ, स्थानीय तह र विद्यालयकै सहकार्यमा विभिन्न विधि प्रयोग गरियो तर कुनै विद्यालय शिक्षण पद्धतिको तुलनामा कम प्रभावकारी देखिए । विद्यालयहरूले टोल शिक्षण, एफएम÷रेडियो शिक्षण, भर्चुअल(जुम) शिक्षण पनि प्रयोग गरे तर परिमाण सन्तोषजनक आएन ।

एकाइका प्रमुख थापाका अनुसार एफएम रेडियो शिक्षण पद्धतिमा विद्यार्थीको सहज पहुँच पुगे पनि विद्यार्थी शिक्षणको निगरानीमा नआउने भएकाले अध्यापन प्रभावकारी देखिएन ।

“विद्यार्थीलाई एफएमबाट पढ्न अनुरोध गरियो तर विद्यालयमा जस्तो शिक्षकको निगरानीमा नभएकाले खासै उपलब्धिमूलक देखिएन”, थापाले भन्नुभयो ।

महामारीमा विद्यालय शिक्षण गर्न नसक्ने भन्दै दुई स्थानीय तह (इलाम नगरपालिका र सूर्योदय नगरपालिका) ले रेडियो शिक्षण पद्धति अपनाए । स्थानीय तीन रेडियोमार्फत शिक्षण गराउँदासमेत उपलब्धि हासिल नहुँदा बीचैमा बन्द गरियो ।

रेडियो शिक्षण प्रभावकारी नबन्दा बजेटसमेत खर्च नभई फर्किएको छ । “कार्यक्रम सञ्चालन गर्नुअघि विभिन्न वडामा माइकिङसमेत गरेका थियौँ”, सूर्योदय नगरपालिकाका शिक्षा अधिकृत योगनिधि भट्टराईले भन्नुभयो, “तर पनि प्रभावकारी नहुँदा बीचैमा रोक्नुपर्यो ।”

केही स्थानीय तहले घुम्ती शिक्षण पद्धतिसमेत चलाए । यो पद्धति पनि प्रभावकारी बनेन । त्यसपछि केही विद्यालयले जुम पद्धतिबाट अध्यापन गराउन थालेका छन् । विशेषगरी निजी विद्यालयहरूले यो पद्धति लागू गरे पनि प्रभावकारी नभएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इलामका अध्यक्ष विकास कर्मचार्य बताउनुहुन्छ ।

कर्मचार्यका अनुसार स्थानीय तहले सहजीकरण नगरिदिँदा प्रभावकारी नबनेको हो । “विद्यार्थीलाई मात्र होइन अभिभावकलाई समेत जानकारी गराउनु पर्दो रहेछ । समन्वय अभाव भयो”, कर्मचार्यले भन्नुभयो, “सबै क्षेत्रमा इन्टरनेटको उपभोग गर्न सकिएन । मुख्य कुरा चाहिँ स्थानीय तहले सहजीकरण गरिदिएनन् ।”

केही समयअघि विद्यालय खोल्ने क्रममा जिल्ला सुरक्षा समिति र स्थानीय तहको मापदण्ड पनि बाझिएको थियो । प्रशासनले बन्द गरेको र स्थानीय तहले खोल्न अपिल गरेकाले सरोकारवालासमेत अन्योलमा परेका थिए ।

पछिल्लो समय अन्योल त छैन तर वैकल्पिक माध्यमको फाइदा हुन नसक्नुमा चाहिँ स्थानीय तहको कमजोरी रहेको कर्मचार्यको तर्क छ । आउँदा दिनमा पनि कोरोना पुनः भयावह भएमा वैकल्पिक विधि नअपनाउँदा शैक्षिक क्षेत्र समस्याबाटै गुज्रिनु पर्ने अनुमान उहाँको छ ।

जिल्लामा विद्यालय खुले पनि विद्यार्थीको सहभागिता कम छ । कोरोनाका कारण अभिभावकले विद्यार्थी नपठाउँदा अझै पनि पठनपाठन ढिलो हुने सम्भावना छ । फाट्टफुट्ट कोरोना सङ्क्रमित भेटिँदै रहेकाले अभिभावकले विद्यार्थी नपठाएको शिक्षा समन्वय एकाइ बुझाइ छ । रासस

समाचार

विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाइने

वाणिज्य बैङ्कहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका ल…

नेपाल राष्ट्र बैंकको आवेदन शुल्क खल्ती मोवाइल वालेटबाट भुक्तानी गर्न सकिने

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क खल्ती डिजिटल वालेटब…

पाठशाला सियुजी सीम अब अभिभावकलाई पनि उपलब्ध हुने, ८ जीबी डेटा निःशूल्क

नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका …

फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरस जाँच गर्न थाल्यो दक्षिण कोरिया

दक्षिण कोरियाले फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरसको जाँच गर्न थ…

राइडरहरुद्वारा पठाओ कार्यालय तोडफोड

पठाओ‌ राइडरहरूले पठाओको कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो माग सम्बोधन नभएको भन्द…

आईसीटी अवार्डको इन्नोभेसन विधाका विजेतालाई एनसेलले दियो ३ लाख नगद

एनसेलले आईसीटी अवार्ड २०२० अन्तर्गतको इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्…

अब सफा टेम्पोमा यात्रा गर्दा क्युआर कोडबाटै पैसा तिर्न सकिने

प्रभु बैंकले मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौ उपत्यकामा चल्ने सफा टेम्पुम…

काठमाडौ­ तराई मधेश द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउन सम्झौता

नेपाल टेलिकम र काठमाडौ­ तराई मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झ…

प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपम…

सन्चै छौंले पायो राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड

‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ सन्चै छौंलाई प्रदान गरिएको छ । शनिबार सोल्टी …

पाइला इमरजेन्सी रिससीएटरले पायो एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड

‘एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२०’ पाइला इमरजेन्सी रिससी…

‘प्रोडक्ट आइसिटी अवार्ड २०२०’ सीपीएफडीएसलाई प्रदान

प्रोडक्ट आइसिटी अवार्ड २०२० सीपीएफडीएसलाई प्रदान गरिएको छ । शनिबार सोल्टी होटेलमा …

‘स्टार्टअप आइसिटी अवार्ड २०२०’ क्रिप्टोजेन नेपाललाई प्रदान

स्टार्टअप आइसिटी अवार्ड २०२० क्रिप्टोजेन नेपाललाई प्रदान गरिएको छ । शनिबार सोल्टी क्र…

एनएमबि बैंक र सेलपेबीच सहकार्य

एनएमबि बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका ला…

एनएमबि बैंक पनि ‘कर्पोरेट पे’ प्रणालीमा, नेपाल क्लियरीङ्ग हाउससँग भयो सम्झौता

एनएमबि बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी कर्पोरेट पे ल्याउन …