समाचार
प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्याइने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेका छन् ।
मन्त्रालयद्वारा बिहीबार आयोजित पत्रकारसँगको अन्तक्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सुझावको माग गरेका थिए ।
उनले भने, ‘सञ्चार क्षेत्रमा नीतिगत सुधारसँगै थुप्रै सुधार गर्नुपर्ने छ, त्यसका लागि सञ्चार क्षेत्रका विज्ञहरुको सुझावको आवश्यकता छ ।’
सरकारका प्रवक्ता गुरुङले दूरसञ्चारमा देखिएका समस्याका कारण पनि दुर्गम जिल्लाका पत्रकारले समस्या भोग्नुपरेको विषयलाई जतिसक्दो चाँडो सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्याउने सरकारको योजना सुनाएका थिए ।
'सबैलाई एउटै डालोमा राखेर हेर्नु हुँदैन तर पत्रकारितामा अराजकता र विकृति मौलाउँदै गएको छ, विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ, यसको पनि गुणस्तर मापन गर्नुपर्ने बेला आएको छ ।'
सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले महासङ्घ सधैँभरि पत्रकारको अधिकारका निम्ति लड्दै आएको र आगामी दिनमा पनि लडिरहने प्रतिबद्वता व्यक्त गरेका थिए ।
विज्ञापन बोर्डका सदस्य बलराम थापाले प्रत्येक जिल्लाको सुझावका आधारमा लोककल्याणकारी विज्ञापनमा देखिएको समस्या समाधान गरिने बताए ।
महासङ्घ सप्तरीका अध्यक्ष जीतेन्द्र खड्गाले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेवापत पाइने रकम जिल्लाबाटै भुक्तानी हुने व्यवस्था मिलाउनुपर्ने माग गरे ।
महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले सङ्घ, प्रदेश र स्थानीय सबै निकायमा सञ्चारमाध्यम दर्ता गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
महासङ्घ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले पत्रकारिता अध्ययन गर्न चाहने पत्रकारका लागि छात्रवृत्तिको माग गरे ।
महासङ्घका सचिव शीतलप्रसाद महतोले आमसञ्चारमाध्यम विषयवस्तु र सहभागिताको हिसाबले समावेशी हुनुपर्नेमा जोड दिए ।
रासस
समाचार
पारमाणविक अनुसन्धान केन्द्र स्थापना हुने
मुलुकको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउन छवटा कम्पनीका आशयपत्र छानिएका छन् । पार…
क्रोम ओएसमा बिल्ट इन स्क्रीन रेकडर आउँदै
गूगलले क्रोम ओएसमा बिल्ट इन स्क्रीन रेकडर ल्याउने भएको छ । गूगलले क्रोमबुकलाई विद्या…
एप्पलको एम वान प्रयोग भएको म्याकलाई ह्याक गर्ने प्रयास गर्दै ह्याकर
ह्याकरहरुले एप्पलको एम वान प्रोसेसर भएको म्याकलाई ह्याक गर्ने प्रयास गरिरहेका छन् । …
हेल्थ अथोरिटीबाट प्रमाणित कोभिड–१९ भ्याक्सिन एपलाई मात्रै एप्पलले अप्रुभ गर्ने
अहिले पुरै संसारमानै बिस्तारै कोरोनाको खोप लगाउने प्रक्रिया सुरु भएको छ । तर मौख…
‘क्यान इन्फोटेक २०२१’ आयोजना हुने, सरोकारवाला र प्रायोजकसँग क्यान महासंघको छलफल
क्यान महासंघले वर्षेनी आयोजना गर्दै आएको सूचना प्रविधि क्षेत्रको एक मेघा इभेन्ट ‘क्या…
प्लस टु पास गरेका गर्ल्सलाई रोबोटिक्स र एआई विषयमा निःशुल्क वर्कशप, यसरी हुनुहोस् सहभागी
रोबोटिक्स एशोसिएसन नेपाल र एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको सहकार्यमा…
कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य
कोभिड महामारीले प्रभावित पर्यटन व्यावसा…
बुटवलमा अनलाइन फुड डेलिभरी सेवा दिदै मजुर एप
नेपालमा पछिल्लो समय स्टार्टअपकाे प्रभाव विस्तारै देशका अन्य शहरहरूमा पनि देखिन थाले…
महंगियो डाक्टरको जाँच्ने शुल्क
डाक्टरहरूले परामर्श तथा जाँच्ने शुल्क बढाएका छन् । अबदेखि चिकित्सकले परामर्श दिएबापत…
सरकारले धेरै कर लगाउँदा इन्टरनेट महंगो
सरकारले धेरै कर लगाउँदा इन्टरनेट महंगो भएको गुनासो व्यवसायीले गरेका छन् ।
सोलुखुम्बुको विकट गाउँमा फोरजी सेवा
हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हु…
बिटकोइनको मूल्य ५८ लाख रुपैँया भन्दा बढि
बिटकोइनको मूल्य बढेर ५० हजार डलर भन्दा बढि पुगेको छ । नेपालको आजको विनिमय दर अन…
उत्कृष्ट ५ ग्लोबल स्मार्टफोनको सूचीमा रियलमी
स्मार्टफोन ब्राण्ड रियलमी विश्वका उत्कृष्ट ५ स्मार्टफोनको सूचीमा परेको छ । स्मार्टफोनको …
जीमेलमा अब मेल खोज्न सहज हुने
अब जीमेलमा मेल खोज्न सहज हुने भएको छ । जीमेलमा आएको नयाँ फिचरले जीमेलमा रहको क…
वर्ल्डलिंकको नयाँ ग्राहक सेवा केन्द्र अब विराटनगरमा
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले विराटनगरको पुषपलालल चोकमा …