कीवर्डहरू -

समाचार

एनसेलले थप्यो २७ अर्ब लगानी

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले करिब २७ अर्ब रुपियाँ लगानी थपेको छ । कम्पनीले हालै सार्वजनिक गरेको राष्ट्रिय योगदान प्रतिवेदन

(२०१९/२०) अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै उपकरण खरिद, सेवा विस्तारलगायत गतिविधिमा २६ अर्ब ७७ करोड लगानी भएको छ ।

यो लगानी आर्थिक वर्ष २०७५/७६ को तुलनामा दोब्बरभन्दा बढी भएको पनि कम्पनीले जनाएको छ । उक्त आवमा कम्पनीले ११ अर्ब ९७ करोड रुपियाँ विकास खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार गत आवमा एनसेलले सरकारलाई मूल्य अभिवृद्धि कर, आयकरसहित दूरसञ्चार कम्पनीलाई अनिवार्य गरिएका शुल्कसमेत गरेर ३२ अर्ब ६२ करोड रुपियाँ करका रूपमा बुझाएको छ । त्यसअघिको आवमा कम्पनीले ३४ अर्ब ५५ करोड रुपियाँ कर बुझाएको थियो ।

कोभिड सङ्क्रमणका कारण आम्दानी प्रभावित भएपछि करको मात्रा केही घटेको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले आफ्नो विकास तथा सञ्चालन खर्चबाट प्रत्यक्ष वा परोक्ष रूपमा नेपालको अर्थतन्त्रलाई गत आवमा ६० अर्ब ५१ करोड रुपियाँ बराबरको योगदान पु¥याएको पनि दाबी गरेको छ । त्यस्तै एनसेल व्यवसायबाट करिब ५७ हजारलाई अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

एनसेलका अनुसार हाल कम्पनीका एक करोड ५७ लाख प्रयोगकर्ता छन् । ग्रामीण क्षेत्रमा ५९ प्रतिशत बीटीएस टावर स्थापना गरेको कम्पनीले ५८ प्रतिशत जनसङ्ख्यामा फोरजी पहुँच पु¥याएको दाबी गरेको छ । त्यस्तै एनसेलका ग्राहकमध्ये ६४ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने प्रतिवेदनमा उल्लेख छ ।

गोरखापत्र अनलाइन बाट

समाचार

संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाइने

नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि स…

नेपालमै पहिलोपटक मेगा बैंकले ल्यायो भिडियो कलबाट खाता खोल्ने सुविधा, यसरी गर्नुहोस् प्रयोग

मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक ‘भिडियो कल’ बाट खाता खोल्ने सुविधा …

पठाओले ल्यायो आफ्ना ग्राहक तथा राइडरको लागि ५ लाखसम्मको बीमा सुविधा

राइड शेयरिङ कम्पनी पठाओ नेपालले आफ्ना ग्राहक तथा राइडरको बिमा गरिदिने भएको छ । य…

कोरोनाको परिवर्तित रुपबारे अध्ययन गरिने

सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरे…

डेक्स्टपबाट भ्वाइस तथा भिडियो कल गर्न सकिने फिचर ल्याउँदैं ह्वाट्सएप

चर्चित मेसेज गर्न मिल्ने एप ह्वाट्सएपले डेक्स्टप र वेबमा पनि भ्वाइस तथा भिडियो कलको फ…

रिचार्जरको क्रिसमस अफर,गिफ्टमा ७० प्रतिशत छुटसँगै १२ रुपैयाँमा आइफोन १२ जित्ने मौका

मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ । यसका साथै …

गूगल क्यामेरा गो एपमा अब एचडिआर सपोर्ट

गूगलले गूगल क्यामेरा गो एपका लागी नयाँ फिचर ल्याएको छ । गूगलले यो क्यामेरा एप इन्…

लाओसमा पहिलो स्मार्ट एक्सप्रेसवे निर्माण गर्न ह्वावेको सहयोग 

लाओस सरकारको सहयोगमा युन्नान कन्स्ट्रक्शन एण्ड इन्वेस्टमेन्ट होल्डिंग ग्रुपले संयुक्त रूप…

साइबरपङ्क २०७७ को मोबाइल भर्सनमा र्‍यान्समवेयर 

साइबरपङ्क २०७७ थुप्रै प्लेटफर्महरुमा उपलब्ध छ । यो गूगल स्टाडियामा पनि उपलब्ध छ । तर…

स्काइपले एआई प्रयोग गरेर ग्रुप कललाई अझै वास्तविक बनाउँदैं

स्काइपले एआई प्रयोग गरेर ग्रुप कलहरुलाई अझै वास्तविक बनाउन खोजेको छ । यो माइक्रोसफ्…

बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय …

गूगल मिटमा अब थप चार भाषामा लाइभ क्याप्सन उपलब्ध हुने

गूगलले गूगल मीटमा चार ओटा भाषामा लाइभ क्याप्सन दिने भएको छ । यी भाषहरु फ्रेन्च, ज…

घट्यो कात्तिकमा वालेट मार्फत हुने कारोबार रकम

कात्तिक महिनामा नेपालमा वालेटबाट हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकले हाल…