समाचार
कोभिडपछि आर्थिक रिकभरीको लागि आसियानले डिजिटल इन्टिग्रेसनको गति बढाउदैं
कोभिड–१९ महामारीको पृष्ठभूमिमा इन्डोनेसियाको विदेश नीति समुदाय (एफपीसीआई) ले ह्वावेको सहकार्यमा नीति निर्माणकर्ता, शिक्षाविद् र उद्योग विशेषज्ञहरु माझ डिजिटाइज आसियानको लागि डिजिटल कनेक्टिविटी, चुनौति र सम्भावितताको अवस्थाको बारेमा अन्तरकृया गरेको छ।
कोभिड–१९ युगमा क्षेत्रीय सुधारलाई प्रोत्साहित गर्न आसियानले आफ्नो डिजिटल इन्टिग्रेसनको गति बढाउनु पर्ने जसले २०२५ सम्ममा जीडीपीमा १ खर्ब अमेरिकी डलरको उत्थान गर्ने सम्भावना रहेको आसियान इकोनोमिक समुदायका उपमहासचिव डा. अलादीन डी. रिल्लाले बिहीबार एक अनलाइन प्यानलमा बताएका छन् ।
‘म डिजिटल कनेक्टिभिटी र रूपान्तरणलाई महत्वपूर्ण प्राथमिकता र क्रस–कटिंग मुद्दाहरूको रूपमा हेर्छु जसले अर्थव्यवस्थाको हरेक क्षेत्रलाई असर गर्दछ । त्यसकारण, यसलाई बहु–स्टेकहोल्डर दृष्टिकोण वा प्रतिक्रिया आवश्यक पर्दछ र यसका लागि निजी क्षेत्र लगायत ह्वावे जस्ता स्टेकहोल्डरको सहभागिता पनि आवश्यक छ,’ अलादिन डी. रिल्लोले भने।
उनले बताएअनुसार आसियानले यस क्षेत्रका धेरै प्राथमिकताहरूलाई सम्बोधन गर्न र डिजिटल रूपान्तरण चली रहने सुनिश्चितताका लागि देश, शिक्षाविद् तथा निजी क्षेत्र जस्तै ह्वावे कम्पनीका सबै स्टेकहोल्डरको योगदान आवश्यक छ ।
यसमा डिजिटल सीप सुधार गर्ने, डिजिटल डाटा शासन ब्यबस्था प्रवर्धन गर्ने, र साइबर सुरक्षा लाई सुदृढ पार्ने काम समावेश छ ।
यो दुई सम्भावनाहरू मार्फत पूरा गर्न सकिन्छ, पहिलो हो डाटाको प्रयोगले नीतिहरू मार्गदर्शन गर्नु र सार्वजनिक सेवा पुर्याउनु र दोस्रो लचिलोपन प्राप्त गर्नको लागि डिजिटल सोलुसनहरू प्रदान गर्नु ।
कोभिड–१९ महामारीको क्रममा आईसीटीले कोरोनाभाइरस बिरूद्ध लडाईमा मुख्य भूमिका खेल्दै आएको छ र यसको प्रतिकूल प्रभावहरू कम गर्न मद्दत गर्दैछ ।
आसियान क्षेत्रमा उद्योगहरूले अधिक विश्वास गर्न थालेका छन् कि महामारी पश्चातको रिकभरीलाई गति दिनको लागि आईसीटी एक प्रमुख कारक हुनेछ ।
डिजिटल प्रविधिको प्रयोग व्यवसाय, सरकार र ६५० करोड जनसंख्याको समाजलाई अगी बढाउनको लागि डिजिटल रूपान्तरणले आसियान देशका सदस्यहरूबीचको सम्पर्कलाई मजबुत बनाउँदछ ।
एफपीसीआईका संस्थापक र अध्यक्ष डा. डिनो पट्टी जालालले भने कि कोभिड–१९ महामारीले विश्वलाई असर पार्दै गर्दा डिजिटल कनेक्टिभिटी अझ सान्दर्भिक हुँदै गएको छ ।
अनुसन्धानले देखाएको छ कि मजबूत कनेक्टिभिटी पूर्वाधार भएका देशहरूले यसको प्रकोपबाट हुने नकारात्मक आर्थिक असरलाई आधासम्म कम गर्न सक्दछ ।
‘डिजिटलीकरणको सन्दर्भमा हामीसँग थप डिजिटल साक्षरता, डिजिटल पहुँच र डिजिटल पूर्वाधार हुनु आवश्यक छ । यदि हामीले यी चीजहरू पायौं भने हामी वास्तवमा शिक्षाको मुक्ति प्राप्ती को लक्ष्य प्राप्त गर्न सक्छौं । सबैभन्दा महत्वपूर्ण कुरा त १० आसियान देशहरू बीचको नियमनको तालमेल हो । हामीले आसियानलाई डिजिटलाइज गर्ने जुनसुकै लक्ष्य भए पनि मुख्य चुनौती नियममा नै रहनेछ । एकपटक हामीले यसलाई सुल्झाउने बित्तिकै छलांग प्रगति गर्न सकिन्छ,’ एफपीसीआईका अध्यक्षले भने ।
दीनोसँग यस्तै विचारहरू साझा गर्दै ह्वावे एशिया प्यासिफिक उपाध्यक्ष जे चेनलाई विश्वास छ कि ज्ञान, प्रविधि र डाटाको उपयोग गर्दा डिजिटल एकीकरणले क्षेत्रीय अर्थतन्त्र बृद्धि गर्न आसियान सदस्य देशहरूको प्रयासलाई समन्वय गर्न मद्दत पुर्याउँछ र आसियानको लागि नयाँ ग्लोबल डिजिटल अर्थव्यवस्थामा एक सहि र स्वायत्त आर्थिक शक्तिलाई आफ्नो स्थान अझ सुदृढ पार्न ढोका खोलिदिन्छ ।
‘सूचना र सञ्चार प्रविधि पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी वैश्विक प्रदायकको रूपमा ह्वावे क्षेत्रीय डिजिटल रूपान्तरण र एकीकरणको पहलमा आसियानलाई सहयोग गर्न हाम्रा वैश्विक साझेदारहरूसँग काम गर्न समर्पित छ,’ जे चेनले भने ।
‘अधिक डिजिटलाइज्ड आसियान तर्फः महामारीको समयमा प्रवाह, अवसर, र चुनौतीहरूको परिवर्तन’ थिममा प्यानलमा यस क्षेत्रका उच्चस्तरीय व्यक्तित्वहरु डा. रिजाल अफंदी लुकमान, अन्तर्राष्ट्रिय आर्थिक सहयोगका उपमन्त्री, आर्थिक मामिलासम्बन्धी इन्डोनेसियाली समन्वय मन्त्रालय, ओडो मनुहुतु, पर्यटन र रचनात्मक अर्थतन्त्रका उप समन्वय मन्त्री, समुद्री र लगानी मामिलाका लागि इन्डोनेसियाली समन्वय मन्त्री, डा. जयंत मेनन क्षेत्रीय आर्थिक अध्ययन कार्यक्रम (आइएसइएएस) को भिजिटिङ सिनियर फेलो–युसुफ इशाक संस्थान सिंगापुर र एडीबी का पूर्व प्रमुख अर्थशास्त्री, र ह्वावेको सार्वजनिक र सरकारी मामिला डिजिटल रूपान्तरणका प्रिंसिपल साम चेङ्ग किङ्जुन समावेश थिए ।
समाचार
क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन
सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा व…
इसेवा र भाइबरबीच साझेदारी, भाइबरबाटै रकम पठाउन र रिचार्ज गर्न सकिने
नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन…
म्युजिक मेमोज एप बन्द गर्दैं एप्पल
एप्पलले आफ्नो म्युजिक मेमोज रेकर्डिङ एपलाई बन्द गर्ने भएको छ । कम्पनीले यही हप्ता एपल…
नेपालको आफ्नै स्याटेलाइट राख्न नयाँ प्रक्रिया शुरू, प्राधिकरणले माग्यो आशयपत्र
नेपालको आफ्नै स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले पुनः नयाँ प्रक्रिया अगाडी…
ट्विटरले किन्यो स्क्रीन शेयर तथा भिडियो च्याट गर्न मिल्ने एप स्क्वाड
ट्वीटरले स्क्वाड एपलाई खरिद गरेको छ । यो एपमा स्क्रीन सेयरिङ र भिडियो च्याट गर्न मिल्…
अब दक्षिण कोरियाबाट अनलाइन मार्फत् रेमिट्यान्स पठाउन सकिने
दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त …
ओपोद्वारा नेन्डोका साथमा नयाँ कन्सेप्चुअल डिजाइन प्रदर्शित
स्मार्टफोन ब्राण्ड ओपोले चौँथौ चाईना इन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई)…
एनआईसी एशिया बैंकका संस्थागत ग्राहकले अनलाइनबाटै तलब तथा राजस्व भुक्तानी गर्न सक्ने
एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्यु…
गूगलका कर्मचारीले आगामी सेप्टेम्बरसम्म घरबाटै काम गर्न सक्ने
गूगलले सन् २०२१ को सेप्टेम्बर सम्म आफ्नो कर्मचारीलाई घरबाटै काम गर्न दिने भएको छ । ग…
टेलिकमको पोस्टपेड प्रयोगकर्ताले रेन्टल चार्ज वापतको रकम प्याक खरिदमा उपयोग गर्न सक्ने
पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेण्टल शुल्क तिर्न…
टिकटकको दुरूपयोग बढ्दैं
नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको…
सहुलियतको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने
कोभ्याक्स सुविधाअन्तरगत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हा…
इसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले शुरू गर्यो अनलाइन अपोइन्टमेन्ट सेवा
ईसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने सेवा सुरु ग…
सेलपेका ग्राहकले अब फोनपेको क्युआर मार्फत भुक्तानी गर्न सक्ने
भुक्तानी सेवा सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक संस्था सेलपेबीच सहकार्य भएको छ …
युट्युब तथा जिमेल लगायत गूगलका अन्य सेवा डाउन
विश्वभर गूगलका सम्पूर्ण सेवाहरु डाउन भएका छन् । डाउन डिटेक्टरका अनुसार युट्युब, जिम…